मुख्य समाचार
१९ वर्षीया रुसी खेलाडी मिरा एन्ड्रिभाले फ्रेन्च ओपन टेनिसको उपाधि जित्दै करियरको पहिलो ग्रान्डस्लाम जिते
१९ वर्षीया रुसी खेलाडी मिरा एन्ड्रिभाले फ्रेन्च ओपन टेनिसको उपाधि जित्दै करियरको पहिलो ग्रान्डस्लाम जिते

। १९ वर्षीया रुसी खेलाडी मिरा एन्ड्रिभाले फ्रेन्च ओपन टेनिसको उपाधि जित्दै करियरको पहिलो ग्रान्डस्लाम जितेकी छन् ।

फ्रेन्च ओपनको महिला एकल फाइनलमा उनले पोल्याण्डकी माजा चालिन्सकालाई ६-३, ६-२ को सोझो सेटमा पराजित गरिन् ।

एन्ड्रिभा सन् १९९२ मा मोनिक सेलेसपछि फ्रेन्च ओपन जित्ने सबैभन्दा कान्छी महिला खेलाडी बनेकी छन् ।

विश्व वरियताको ११४औं स्थानमा रहेकी चालिन्स्का प्रतियोगिता सुरु हुनुअघि ५००-१ को बाहिरी दाबेदार मानिएकी थिइन् । तर उनले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरिन् ।

एक घण्टा २२ मिनेटमा जित सुनिश्चित गरेपछि एन्ड्रिभा भावुक हुँदै कोर्टमै लडेकी थिइन् । त्यसपछि उनी स्ट्यान्डमा पुगेर आफ्नी प्रशिक्षक कोन्चिता मार्टिनेजसँग अंकमाल गरेकी थिइन् । मार्टिनेजले सन् १९९४ मा विम्बल्डन उपाधि जितेकी थिइन् ।

‘सानैदेखि म रोलान्ड गारोस (फ्रेन्च ओपन) हेर्थें र यो ट्रफी जित्ने सपना देख्थें’ जितपछि एन्ड्रिभाले भनिन् ।

फाइनलको सुरुवात दुवै खेलाडीका लागि तनावपूर्ण रह्यो । हावाको प्रभाव र दबाबका कारण लगातार चार पटक सर्भ ब्रेक भएको थियो । सुरुवाती खेलमा अग्रता लिएकी चालिन्स्कालाई १५ हजार दर्शकले भरिएको कोर्टबाट उत्साहजनक समर्थन प्राप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका स्टार फुटबलर नेयमार जुनियरले सन् २०२६ को फिफा विश्वकप आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्तिम प्रतियोगिता हुन सक्ने संकेत दिएका छन् । उनले यसलाई ‘द लास्ट डान्स’ भन्दै उल्लेख गरेका हुन्। यो टिप्पणी उनले फिफाको सामाजिक सञ्जाल पोस्टको कमेन्टमा गरेका थिए, जहाँ उनको ब्राजिल टोलीसँगको यात्रा देखाउने तस्बिरहरू राखिएको थियो । सो पोस्टमा ‘वी ह्याभ वाच्ड ...
। इराकी फुटबलर अयमान हुसेनलाई अमेरिका पुग्दा शिकागोको ओ’हारे विमानस्थलमा करिब ७ घण्टासम्म रोकिएर सोधपुछ गरिएको छ । इराकी खेलकुद अधिकारीका अनुसार, हुसेनलाई लामो समय सोधपुछपछि अन्ततः देश प्रवेश गर्न अनुमति दिइयो । तर टोलीसँगै आएका फोटोग्राफरलाई भने अमेरिका प्रवेश गर्न दिइएन । अधिकारीका अनुसार, हुसेनको मोबाइल फोन पनि जाँच गरिएको थियो । त्यस्तै, टोलीका फोटोग्राफर तलाल ...
। फिफा विश्वकप २०२६ अघिको मैत्रीपूर्ण खेलमा विश्व विजेता अर्जेन्टिनाल र ब्राजिलले जित हात पारेको छ । स्टार खेलाडी लियोनल मेस्सीबिनै मैदानमा उत्रिएको विश्वकपको साविक विजेता अर्जेन्टिनाले आइतबार बिहान भएको खेलमा होन्डुरसलाई २-० ले हरायो । अर्जेन्टिनाका लाउतारो मार्टिनेजेल ३७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । जिउलियानो साइमोन ५५औं मिनेटमा अर्जेन्टिनाको लागि दोस्रो गोल गरे ...
। फिफा विश्वकप २०२६ अघिको मैत्रीपूर्ण खेलहरुमा उपाधि दाबेदार टिमहरुले जित हात पारेका छन् । युरोपियन राष्ट्रहरू जर्मनी, पोर्चुगल, इंग्ल्यान्ड र स्कटल्यान्डले जित हात पारेका हुन् । जर्मनीले विश्वकप सहआयोजक अमेरिकालाई २-१ ले पराजित गरेको हो । काइ हाभेर्ट्जले दोस्रो मिनेटमै गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । अमेरिकाको लागि एन्टोनी रोबिनसनले ३७औं मिनेटमा बराबरी गोल ...
। उत्तर अमेरिकाको तीन राष्ट्रमा हुने फिफा २०२६ अब निकै नजिक आइसकेको छ । अहिलेसम्मकै ठूलो र नयाँ नयाँ प्रयोग हुन लागेको फुटबलको महाकुम्भका लागि विश्वभरका फुटबल समर्थकहरू प्रतिक्षा गरिरहेका छन् । यस पटक विश्वकप कसले जित्ला भन्ने मुख्य जिज्ञासा सहित तीन राष्ट्रमा ४८ राष्ट्रले खेल्ने विश्वकप कस्तो होला? कुन टिमको प्रदर्शन कस्तो होला ? उत्तर ...