मुख्य समाचार
डिजिटल भुक्तानीदेखि पुनर्निर्माण परियोजना हस्तान्तरणसम्मका तीन निर्णय
डिजिटल भुक्तानीदेखि पुनर्निर्माण परियोजना हस्तान्तरणसम्मका तीन निर्णय

। परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच शनिबार नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ ।

नेपाल–भारत सम्बन्धका विविध आयाममा केन्द्रित उक्त वार्तामा व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावास, नयाँदिल्लीले जनाएको छ ।

राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार दुवैदेशका मन्त्रीले नेपाल–भारत सम्बन्धको समग्र अवस्थाबारे समीक्षा गर्दै दुई देशबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वार्तामा खेलकुदमार्फत जनस्तरको सम्बन्ध प्रवर्द्धन गर्ने विषयसमेत उठाइएको थियो।

भेटवार्ताका क्रममा दुई देशबीच सञ्चालनमा रहेका विभिन्न द्विपक्षीय परियोजना तथा सहकार्य कार्यक्रमहरूको प्रगतिबारे समीक्षा गरिएको छ ।

परियोजनाहरूको कार्यान्वयनलाई थप तीव्रता दिने उपायबारे दुवै पक्षबीच विचार आदानप्रदान भएको जनाइएको छ । यसका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सरोकारका विषयमा समेत छलफल भएको छ ।

बहुपक्षीय मञ्चहरूमा सहकार्यलाई अझ प्रभावकारी बनाउने विषय पनि वार्ताको एजेन्डामा परेको थियो।

वार्तापछि दुवै पक्षले विकास साझेदारी, पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तार र आपसी हितका क्षेत्रमा सहकार्यलाई अझ गहिरो तथा फराकिलो बनाउने सहमति गरेका छन्।
विज्ञप्तिमा नेपाल–भारत सम्बन्धलाई नयाँ आयाम दिने गरी केही महत्त्वपूर्ण संयुक्त घोषणा गरिएको उल्लेख छ।

तीन संयुक्त घोषणा
१.सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा दुवै देशले नेपाल र भारतबीच व्यक्ति–व्यक्तिबीच हुने सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने घोषणा गरेका छन्।

यो व्यवस्था सन् २०२३ जुनमा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेसनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया बीच भएको समझदारीपत्र अन्तर्गत कार्यान्वयनमा आएको हो।

यसले भविष्यमा नेपाल र भारतबीच डिजिटल कारोबारलाई थप सहज, छिटो र औपचारिक बनाउने अपेक्षा गरिएको छ ।

२.भूकम्पपछिका ८४ पुनर्निर्माण परियोजना हस्तान्तरण भारत सरकारको विकास सहयोगमा नेपालमा निर्माण गरिएका ७२ वटा स्वास्थ्य क्षेत्रका तथा १२ वटा सांस्कृतिक क्षेत्रका गरी कुल ८४ पुनर्निर्माण परियोजना नेपाललाई हस्तान्तरण गर्ने घोषणा गरिएको छ।

यी परियोजनाहरू भूकम्पपछिको पुनर्निर्माण कार्यक्रम अन्तर्गत निर्माण गरिएका हुन् । परियोजना हस्तान्तरणसँगै स्वास्थ्य सेवा तथा सांस्कृतिक सम्पदाको पुनःस्थापनामा भारतको सहयोगले औपचारिक पूर्णता पाउने भएको छ।

३. एआई र भाषा रुपान्तरण प्रविधिमा सहकार्यको सहमति भएको छ ।

काठमाडौं विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ अन्तर्गतको ‘सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिसियल इन्टेलिजेन्स’ र भारतको ‘डिजिटल इन्डिया भाषिणी डिभिजन’ बीच समझदारीपत्र आदानप्रदान गरिएको छ।

यो सहकार्य ‘भ्वाइस फर्स्ट’ भन्ने भाषा अनुवाद गर्ने प्लेटफर्म निर्माणका लागि राष्ट्रिय डिजिटल पूर्वाधार विकास गर्ने उद्देश्यले गरिएको हो । यसले नेपाली भाषासहित विभिन्न भाषामा एआईमा आधारित अनुवाद प्रणाली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शुक्रबार भारत भएका परराष्ट्रमन्त्री खनाल आइतबार काठमाडौं फर्किने कार्यक्रम रहेको राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश अन्तर्गतका ९ जिल्लामा सभापति चयन गरेको छ । जसमा कतै पनि महिलाले नेतृत्व प्राप्त गर्न सकेनन् । जिल्ला अधिवेशनबाट नेतृत्व चयन भएको हो । जस अन्तर्गत रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, सुनसरीमा सागर ...
। सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ । शनिबार बरहथवा नगरपालिका–१६, का खैरु पण्डितले चलाएको बयलगाडाले स्थानीय कृष्ण कुम्हालका नौ वर्षीय छोरा सुभास कुम्हाल घाइते भएका थिए। त्यसबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारको लागि बरहथवास्थित नगर अस्पताल पुर्‍याएको थियो । त्यहाँबाट थप उपचारका लागि वीरगञ्ज न्यूरो अस्पताल पुर्‍याएकामा बालकको आज बिहान ...
। सातै प्रदेश सभामा सङ्‍घ–प्रदेश समन्वय शाखा स्थापना गरिने भएको छ । सुदूरपश्चिम प्रदेशको टीकापुरमा सम्पन्न अन्तर व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलनले यस्तो नीति तय गरेको हो । सम्मेलन पछ्चात सन्देशपत्र जारी गरिएको छ । जसको बुँदा नम्बर २ मा तहगत संसद् र सभाहरूबी प्रभावकारी सहकार्य र अन्तर–आवद्धताको विषय छ । यस अन्तर्गत अगाडि भनिएको छ, ‘सङ्‍घीय संसद्सँग समन्वय ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपाल सरकारले खाद्य स्वच्छतालाई सुदृढ बनाउन खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको बताएकी छन्। विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै मन्त्री मेहताले उक्त कुरा बताएकी हुन्। यस वर्षको विश्व खाद्य स्वच्छता दिवस ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको ...
। पूर्वगृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिको छानबिनपछि सफाइ पाएर आफूले फेरि जिम्मेवारी पाउनेमा आशावादी देखिएका छन् । आइतबार रास्वपा गोरखाको अधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई फेरि त्यही (गृहमन्त्री)कै जिम्मेवारी दिइयो भने दुई महिनामा धेरै काम गरेर देखाउने बताएका हुन् । ‘मलाई फेरि त्यो जिम्मेवारीमा इच्छाउनुहुन्छ, काबिल देख्नुहुन्छ भने म त्यो पदमा गइहालेँ भने पनि मलाई अलिकति ...