। स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्य गर्न लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–२ सानेपा अरूणथापा चोकस्थित शुकल्प स्पा एण्ड थेरापीकी सञ्चालिका गोरखा सिरानचोक गाउँपालिका–३ घर भएकी सुमन थापा मगर भन्ने सुमन कुमाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, सुमनले स्पा सेन्टरमा स्टाफको रूपमा कार्यरत एक बालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी स्पामा सेवा लिन आउने ग्राहकहरूको इच्छा अनुसार जबरजस्ती अनैतिक कार्य गराइरहेको भन्ने खबरका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।