मुख्य समाचार
साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि घरेलु टिम भारतले जितेको छ
साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि घरेलु टिम भारतले जितेको छ

: साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि घरेलु टिम भारतले जितेको छ। गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा भारतले साविक विजेता बंगलादेशलाई ३-१ ले पराजित गर्दै उपाधि जितेको हो।

भारतले ७ वर्षपछि साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो। सन् २०१०, २०१२, २०१४, २०१६ र २०१९ मा लगातार पाँच पटक उपाधि जितेको भारतले त्यसपछि भने उपाधि जित्न सकेको थिएन।

खेलको ४२ औं मिनेटमा पियारी छाछाले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन्। जवाफमा पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा रितु पूर्ना चक्माले बंगलादेशका लागि बराबरी गोल फर्काइन्।



पहिलो हाफ १-१ बराबरीमा सकिँदा दोस्रो हाफमा भारतले २ गोल थप्दै उपाधिमा आफ्नो नाम दर्ता गरेको हो। खेलको ४६ औं मिनेटमा सानफिदा नोङरुमले भारतका लागि दोस्रो गोल गरिन्। खेलको ८२ औं मिनेटमा लिन्डा कोमले गोल गर्दै भारतलाई ७ वर्षपछि साफ महिला च्याम्पियनसिपको उपाधि सुनिश्चित गराएकी हुन्।

भारतसँग फाइनलमा पराजित भएको बंगलादेशले सन् २०२२ र सन् २०२४ मा लगातार दुईपटक उपाधि जितेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...