। रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टी अस्थिरताको पक्षमा नभएको बताएका छन् ।
पाँच दिने भारत भ्रमण सकेर फर्किएका लामिछानेलाई विमानस्थलमा सञ्चारकर्मीले ‘अब तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भनेर प्रश्न गरेका थिए ।
उक्त विषयमा सञ्चारकर्मीले जवाफ खोजेका थिए ।
लामिछानेले यसबारे जवाफ दिँदै भने, ‘म केही भन्न चाहन्नँ । निर्वाचन अगाडि हामीले लेखेको कागज एकपटक पढ्न आग्रह गर्न चाहन्छु ।’
उनले आफ्नो पार्टीलाई जनताले स्थिरताका लागि मतदान गरेको भन्दै उक्त सहमतिमा अडिग रहेको बताए ।
‘हामी अस्थिरताको पक्षमा छैनौं । हामी स्थिरताको पक्षमा छौं । नेपाली जनताले स्थिरताका लागि हामीलाई मतदान गरेका हुन् । हामीलाई गरेको वाचाप्रति अडिग छौं । रहिरन्छौं,’ उनले भने ।