। रास्वपाका सांसदहरू सवार गाडी गुल्मीमा दुर्घटनामा परेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–४ रैदीस्थित तम्घास–बुर्तिबाङ सडकखण्डमा शुक्रबार साँझ सांसदहरू सागर ढकाल, सुशान्त वैदिक सवार गाडी दुर्घटनामा परेको सांसद ढकालले जानकारी दिएका छन् ।
उनले आफू, वैदिक र आरपी महतो तीनै जना ठीक रहेको र गाडीमा सामान्य क्षति भएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बाग्लुङबाट तम्घासतर्फ आउँदै गरेको बा.प्र.-०१-०२९ च ७३४३ नम्बरको कार साँझ करिब ५ः४० बजे दुर्घटनामा परेको हो ।