मुख्य समाचार
परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता

। परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्री खनाल औपचारिक भ्रमणका लागि हिजो (शुक्रबार) भारत गएका थिए । उनीहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको हो ।

भेटवार्ताका् क्रममा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी–पार्टी संलग्नतालाई गहिरो बनाउने र जनता–जनता सम्बन्ध विस्तार गर्ने लगायतका विषयमा छलफल भएको चौथाइवालेले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल २२ देखि २४ जेठसम्म भारत भ्रमणमा गएका हुन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची छ ।

उक्त बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विशेषगरी दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), ऊर्जा क्षेत्र र जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विस्तृत विचार–विमर्श हुने कार्यसूची रहेको छ ।

नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको रूपमा हुन लागेको यस भ्रमणले नेपाल र भारतबीचको कूटनीतिक, ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउने विश्वास परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ ।

भ्रमण तालिकाअनुसार परराष्ट्रमन्त्री खनाल २४ जेठमा स्वदेश फिर्ता फर्कने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित बिपरित रहको भन्दै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंको माइतिघरमा खवरदारी सभासहित विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तथ्यहीन रहेकाले फिर्ता गर्नुपर्ने माग गरेका थिए । साथै उनीहरूले ‘नेपाली माटोको ...
। सरकारले अनुदानको रासायनिक मल वितरणमा हुने अनियमितता र किसानका गुनासो तत्काल सम्बोधन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयमा ‘सम्पर्क व्यक्ति’ (फोकल पर्सन) तोक्न निर्देशन दिएको छ । कृषि, वन तथा वातावरण मन्त्रालयले एक परिपत्र जारी गर्दै सातै प्रदेशका कृषि तथा सहकारी क्षेत्र हेर्ने मन्त्रालयहरूलाई यस्तो व्यवस्था गर्न आग्रह गरेको हो । सरकारको किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध ...
। पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्षका लागि प्रश्तुत गरेको २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट स्रोत सुनिश्चितताको दृष्टिले कमजोर रहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले विगतमा पनि उपलब्ध स्रोतभन्दा केही बढी आकारको बजेट ल्याउने परम्परा रहे पनि यसपटक बजेटले त्यसलाई समेत पार गर्दै ठूलो छलाङ मारेको बताए । ‘‘अर्थमन्त्रीले आगामी वर्षका ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्त्वपूर्ण अवसर र स्रोत भएको बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा शुक्रबार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको प्रचुर सम्भावना भएकाले नेपाल ग्रीन हाइड्रोजन उत्पादनका लागि अत्यन्त सम्भावनायुक्त मुलुक रहेको बताएका हुन् । उद्योग, यातायात ...
। दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो जिप एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धारा ढोला स्थित दक्षिणकाली सडकखण्डमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा बोलेरोका चालकसहित दुवै सवारी साधनमा सवार १४ जना घाइते भएका छन् ...