मुख्य समाचार
लामिछानेले पार्टीभित्र पदोन्नतिको अपेक्षा राख्ने वा योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताए
लामिछानेले पार्टीभित्र पदोन्नतिको अपेक्षा राख्ने वा योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताए

। रास्वपा सभापति रवि लामिछानेले पार्टीभित्र पदोन्नतिको अपेक्षा राख्ने वा योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत लामिछानेले पार्टी स्थापनाको चार वर्षमै यस्ता प्रवृत्ति देखिनु चिन्ताको विषय भएको पनि बताएका छन् । उनले यस्ता प्रवृत्तिलाई समयमै सच्याउनुपर्ने बताएका छन् ।

रास्वपा पार्टी महाधिवेशनको संघारमा छ । आगामी असार दोस्रो साता केन्द्रीय महाधिवेशन गर्न लागेको रास्वपाले अहिले धमाधम वडा, पालिका हुँदै जिल्ला तहको अधिवेशन गरिरहेको छ ।

‘स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन,’ उनले भनेका छन्, ‘चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ ।’

विशेषगरी मधेश लगायतका केही जिल्लामा देखिएको विवादकाबीच उनले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति देखिएको भन्दै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने बताएका छन् ।

‘पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति पनि कहिलेकाहीँ देखिएको छ। यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो,’ लामिछानेले बताएका छन् ।

पार्टी अहिले जुन अवस्थामा पुगेको छ, त्यो कुनै व्यक्तिको मात्रै योगदानले नभएको भन्दै मतदाताको विवेक र पार्टी सदस्यहरूको समर्पणले सम्भव भएको बताएका छन् ।

‘आज हामी जहाँ छौं, त्यो केवल केही व्यक्तिको योगदानले होइन, सबैभन्दा माथि मतदाताको विवेक, त्यसपछि पार्टीका सम्पूर्ण सदस्यहरूको समर्पणले सम्भव भएको हो,’ उनले भनेका छन्, ‘पुराना साथीहरूले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले हाम्रो यात्रालाई यहाँसम्म ल्याएको हो ।’

अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभइ पार्टीको पार्टीको अनन्तकालीन जीवन, विधि–पद्धति, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर रहेको उनले बताएका छन् ।

‘पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक छ। सम्बाद सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिहरू अपनाएर नेतृत्व चयन गरिनु नै हाम्रो संस्कार हो । यही प्रक्रियाबाट पार्टी अझ बलियो र परिपक्व बन्दै जान्छ,’ लामिछानेले भनेका छन् ।

विचार मात्र होइन, शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्ने उनको भनाइ छ । जसका लागि पुरानै सोच, शैली र प्रवृत्ति बोकेर नयाँ र परिस्कृत जनमैत्री शक्ति बन्न नसक्नेतर्फ उनले सजग गराएका छन् ।

अबको लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने रहेको उनको भनाइ छ । ‘त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ। तर, संगठन विस्तार हुँदा ‘म रहन्न कि’ भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्छ । पार्टी ठूलो हुँदा हामी सबैको भूमिका अझ अर्थपूर्ण हुन्छ,’ उनले भनेका छन् ।

उनले नेता कार्यकर्ताहरूलाई अब ‘म’ बाट ‘हामी’ मा रुपान्तरण हुने बेला आएको पनि सम्झाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वगृहमन्त्री सुधन गुरुङले श्रीमती हत्याको आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापासहिलाई अनुसन्धान गरी कडा कारबाही गर्न माग गरेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा थापाले श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको आरोप छ । भुजेल नेपाली सेनामा कार्यरत थिइन् । उक्त विषयमा बालाजु प्रहरी कार्यालयबाट खटिएको ...
। सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित बिपरित रहको भन्दै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंको माइतिघरमा खवरदारी सभासहित विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तथ्यहीन रहेकाले फिर्ता गर्नुपर्ने माग गरेका थिए । साथै उनीहरूले ‘नेपाली माटोको ...
। सरकारले अनुदानको रासायनिक मल वितरणमा हुने अनियमितता र किसानका गुनासो तत्काल सम्बोधन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयमा ‘सम्पर्क व्यक्ति’ (फोकल पर्सन) तोक्न निर्देशन दिएको छ । कृषि, वन तथा वातावरण मन्त्रालयले एक परिपत्र जारी गर्दै सातै प्रदेशका कृषि तथा सहकारी क्षेत्र हेर्ने मन्त्रालयहरूलाई यस्तो व्यवस्था गर्न आग्रह गरेको हो । सरकारको किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध ...
। पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्षका लागि प्रश्तुत गरेको २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट स्रोत सुनिश्चितताको दृष्टिले कमजोर रहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले विगतमा पनि उपलब्ध स्रोतभन्दा केही बढी आकारको बजेट ल्याउने परम्परा रहे पनि यसपटक बजेटले त्यसलाई समेत पार गर्दै ठूलो छलाङ मारेको बताए । ‘‘अर्थमन्त्रीले आगामी वर्षका ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्त्वपूर्ण अवसर र स्रोत भएको बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा शुक्रबार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको प्रचुर सम्भावना भएकाले नेपाल ग्रीन हाइड्रोजन उत्पादनका लागि अत्यन्त सम्भावनायुक्त मुलुक रहेको बताएका हुन् । उद्योग, यातायात ...