मुख्य समाचार
आर्थिक वर्ष २०८३/०८४ का लागि धनकुटा नगरपालिकाले वडास्तरको बजेट १० लाख रुपैयाँमा सीमित गर्ने निर्णय गरेपछि स्थानीय तहमा बहस सुरु
आर्थिक वर्ष २०८३/०८४ का लागि धनकुटा नगरपालिकाले वडास्तरको बजेट १० लाख रुपैयाँमा सीमित गर्ने निर्णय गरेपछि स्थानीय तहमा बहस सुरु

। आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि धनकुटा नगरपालिकाले वडास्तरको बजेट १० लाख रुपैयाँमा सीमित गर्ने निर्णय गरेपछि स्थानीय तहमा बहस सुरु भएको छ ।

अघिल्ला वर्षहरुमा करिब ५५ लाख रुपैयाँसम्मको बजेट सिलिङमा योजना बनाउँदै आएका वडाहरु यस वर्ष ४५ लाख रुपैयाँ घटाइएपछि दबाबमा परेका हुन् ।


नगरपालिकाले हालै १० वटै वडामा बजेट सिलिङ र मार्गदर्शन पत्र पठाउँदै आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार, सुशासन, अन्तरसम्बन्धित क्षेत्र तथा वन–वातावरण संरक्षणका क्षेत्रमा खर्च गर्न सकिने व्यवस्था गरेको जनाएको छ । वडाहरुलाई १० लाख रुपैयाँको सीमाभित्र रहेर सहभागितामूलक योजना तर्जुमा गर्न निर्देशन दिइएको छ ।

नगरपालिकाका अनुसार संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय हस्तान्तरणमा कमी आएको, विगत वर्षको स्रोत परिचालन अवस्था कमजोर देखिएको र दायित्वहरू बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै बजेट सिलिङ घटाइएको हो ।

आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाले १ अर्ब १२ करोड २५ लाख २२ हजार ७३० रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । तर आगामी आर्थिक वर्ष अनुदान रकम घटेकाले केही योजनाको रकम ‘दायित्व’ मा सर्ने सम्भावना रहेको जनाइएको छ ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले अघिल्ला वर्षदेखि नै दायित्व बढ्दै आएको उल्लेख गर्दै स्रोत सुनिश्चित नभई ठूलो बजेट तोक्दा कार्यान्वयनमा समस्या आउने बताए । उनले जनतालाई दीर्घकालीन असर नपरोस् भन्ने हेतुले यथार्थपरक सिलिङ निर्धारण गरिएको जानकारी दिए ।

तर, वडाध्यक्षहरु भने नयाँ सिलिङप्रति असन्तुष्ट देखिएका छन् । धनकुटा नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष मिलन खड्गीले जनताको अपेक्षा र आवश्यकतासँग तुलना गर्दा १० लाख रुपैयाँ अत्यन्त न्यून हो । वडाको समस्या र जनताको माग धेरै भएकाले यसरी सीमित बजेटले प्राथमिकतासमेत पूरा गर्न गाह्रो हुने खड्गीले बताए ।

त्यस्तै धनकुटा नगरपालिका वडा नं. १० का वडाअध्यक्ष नगेन्द्र पाण्डेले सीमित बजेटका कारण वडास्तरका आवश्यक विकास कार्यक्रम सञ्चालन गर्न नसकिने अवस्था आएको बताए । उनले १० लाखमा वडाको आधारभूत पूर्वाधारसमेत धान्न गाह्रो हुने भएकाले विकास कार्यक्रम प्रभावित हुने निश्चित भएको बताए ।

नगरपालिकाले वडास्तरमा संचालन तथा विविध खर्चका लागि ४ लाख ६८ हजार रुपैयाँ छुट्याउने व्यवस्था गरेको छ । सामाजिक विकास अन्तर्गतका कार्यक्रम कम्तीमा ५० हजार रुपैयाँको हुनुपर्ने र सडक योजनामा नयाँ र्ट्याक खोल्नेभन्दा स्तरोन्नतिलाई प्राथमिकता दिनुपर्ने प्रावधान राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ताराखोला गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनामा काम गरिरहेका एक मजदुरको फलामे पाइपले च्यापिएर मृत्यु भएको छ । ताराखोला गाउँपालिका–५ धस्मरस्थित निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत रोल्पाको सुनछहारी गाउँपालिका–३ निवासी २० वर्षीय दिलबहादुर विकको मृत्यु भएको हो । डोजरबाट खसेको पाइपमा च्यापिँदा गम्भीर घाइते भएका विकको उपचारका क्रममा गलकोट नगरपालिका–३ हटियास्थित इमर्जेन्सी अस्पतालमा शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी ...
। सुनसरी कोशी गाउँपालिका-८ भाण्टाबारीमा शुक्रबार राति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । त्रियुगा गरपालिका-२ घर भएका प्रहरी जवान ३२ वर्षीय रन्दीप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । प्रहरी जवान पौडेलले चलाएको स११प २५०० नम्बरको मोटरसाइकल प्र १-०२-००३ ह १०५२ नम्बरको सिटी सफारीसँग ठोक्किँदा गम्भीर ...
। उत्तरी धादिङस्थित रुवीभ्याली गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य ‘कालो दह, सेतो दह’ जाने पदमार्ग निर्माण गरिएको छ । रुवीभ्याली गाउँपालिकाकै आकर्षक पदमार्ग तथा पर्यटकीय गन्तव्यको रूपमा परिचित कालो दह र सेतो दह हुँदै नेपाल-चीन सिमाना नजिकको हर्ची पाससम्मको पदमार्ग निर्माण कार्य सकिएको स्थानीय पथपदर्शक मार्कुस तामाङले जानकारी दिए । रुवीभ्याली गाउँपालिका-१ को १५ लाख रुपैयाँ आर्थिक सहयोग ...
। रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टी अस्थिरताको पक्षमा नभएको बताएका छन् । पाँच दिने भारत भ्रमण सकेर फर्किएका लामिछानेलाई विमानस्थलमा सञ्चारकर्मीले ‘अब तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भनेर प्रश्न गरेका थिए । उक्त विषयमा सञ्चारकर्मीले जवाफ खोजेका थिए । लामिछानेले यसबारे जवाफ दिँदै भने, ‘म केही भन्न चाहन्नँ । निर्वाचन अगाडि हामीले लेखेको कागज एकपटक ...
। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ । आगामी असार १ देखि ९ गतेसम्म पूरक परीक्षा हुँदैछ । यसअघि, एसईई– २०८२ को परीक्षाफल एक महिनामा प्रकाशन गरिएको थियो । परीक्षा नियन्त्रक टुकराज अधिकारीले आगामी असार २५ गतेभित्र पूरक ...