मुख्य समाचार
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताए
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताए

। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताएका छन् । शनिबार रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अब पुराना गलत राजनीतिक शैली दोहोर्‍याउने छुट सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नरहेको बताएका छन् ।

‘देशमा नयाँ राजनीतिक संस्कारको सुरुवात भएको छ । हिजो जुन राजनीतिक शैलीलाई गलत भनेर प्रश्न गर्‍यौं, त्यही शैलीमा राजनीति गर्ने छुट हामीलाई छैन,’ मन्त्री तिमिल्सिनाले भने, ‘राजनीति बारेको बुझाइ र संस्कार दुवै बदल्न जरुरी छ ।’

उनले रास्वपाका हरेक सदस्यले आफूलाई नयाँ राजनीतिक संस्कारको संवाहकका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

‘पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने, बिचौलियातन्त्रलाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न हुँदैन,’ उनले भने । –रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपाका नेता तथा सांसद सागर ढकालले पुरानो पार्टीजस्तो हुने प्रवृत्तिबाट जोगाउने मुख्य शक्ति (जेनजी) भएको टिप्पणी गरेका छन् । पार्टीको गुल्मी अधिवेशनको अवरमा आयोजित कार्यक्रममा उनले पछिल्लो राजनीतिक परिवर्तन र सरकार गठनसम्म आइपुग्न जेनजीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । ढकालले आफूहरूलाई निरन्तर प्रश्न गर्न र खबरदारी गर्न युवापुस्तालाई आग्रह गर्दै त्यसले सही बाटोमा अघि ...
। ताराखोला गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनामा काम गरिरहेका एक मजदुरको फलामे पाइपले च्यापिएर मृत्यु भएको छ । ताराखोला गाउँपालिका–५ धस्मरस्थित निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत रोल्पाको सुनछहारी गाउँपालिका–३ निवासी २० वर्षीय दिलबहादुर विकको मृत्यु भएको हो । डोजरबाट खसेको पाइपमा च्यापिँदा गम्भीर घाइते भएका विकको उपचारका क्रममा गलकोट नगरपालिका–३ हटियास्थित इमर्जेन्सी अस्पतालमा शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी ...
। सुनसरी कोशी गाउँपालिका-८ भाण्टाबारीमा शुक्रबार राति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । त्रियुगा गरपालिका-२ घर भएका प्रहरी जवान ३२ वर्षीय रन्दीप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । प्रहरी जवान पौडेलले चलाएको स११प २५०० नम्बरको मोटरसाइकल प्र १-०२-००३ ह १०५२ नम्बरको सिटी सफारीसँग ठोक्किँदा गम्भीर ...
। उत्तरी धादिङस्थित रुवीभ्याली गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य ‘कालो दह, सेतो दह’ जाने पदमार्ग निर्माण गरिएको छ । रुवीभ्याली गाउँपालिकाकै आकर्षक पदमार्ग तथा पर्यटकीय गन्तव्यको रूपमा परिचित कालो दह र सेतो दह हुँदै नेपाल-चीन सिमाना नजिकको हर्ची पाससम्मको पदमार्ग निर्माण कार्य सकिएको स्थानीय पथपदर्शक मार्कुस तामाङले जानकारी दिए । रुवीभ्याली गाउँपालिका-१ को १५ लाख रुपैयाँ आर्थिक सहयोग ...
। रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टी अस्थिरताको पक्षमा नभएको बताएका छन् । पाँच दिने भारत भ्रमण सकेर फर्किएका लामिछानेलाई विमानस्थलमा सञ्चारकर्मीले ‘अब तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भनेर प्रश्न गरेका थिए । उक्त विषयमा सञ्चारकर्मीले जवाफ खोजेका थिए । लामिछानेले यसबारे जवाफ दिँदै भने, ‘म केही भन्न चाहन्नँ । निर्वाचन अगाडि हामीले लेखेको कागज एकपटक ...