मुख्य समाचार
फिफाले सन् २०२६ को विश्वकपका लागि खेलअघिको औपचारिक कार्यक्रममा ठूलो परिवर्तन
फिफाले सन् २०२६ को विश्वकपका लागि खेलअघिको औपचारिक कार्यक्रममा ठूलो परिवर्तन

। फिफाले सन् २०२६ को विश्वकपका लागि खेलअघिको औपचारिक कार्यक्रममा ठूलो परिवर्तन गरेको छ । अब प्रत्येक खेलको टोलीमा रहेका सबै २६ खेलाडी राष्ट्रिय गान बज्ने क्रममा मैदानमा उपस्थित हुनेछन् ।

यसअघि राष्ट्रिय गानका बेला केवल सुरुआती ११ खेलाडी मात्र मैदानमा उभिन्थे भने बेन्चमा रहेका खेलाडीहरू प्रशिक्षक र अफिसियलसँग डगआउट नजिकै बस्ने गर्थे । तर अमेरिका, क्यानडा र मेक्सिकोमा हुने २०२६ विश्वकपदेखि भने टोलीमा रहेका सबै खेलाडी मैदानमा रहनेछन् ।

नयाँ व्यवस्थाअनुसार खेलअघि सबै खेलाडी सेन्टर सर्कल वरिपरि भेला हुनेछन् । सुरुआती ११ सँगै वैकल्पिक खेलाडीहरू पनि राष्ट्रिय गान समारोहमा सहभागी हुनेछन् ।

फिफाले टोलीहरूको उभिने शैलीमा पनि परिवर्तन गरेको छ। अब खेलाडी र म्याच अफिसियलहरू दर्शकतर्फ फर्किने छैनन् । उनीहरू सेन्टर सर्कल वरिपरि एकअर्कातर्फ फर्किएर उभिनेछन्, जसले खेलअघि थप एकता, भावनात्मकता र विशेष माहोल सिर्जना गर्ने विश्वास फिफाको छ ।

फिफा अध्यक्ष जियानी इन्फाटपनोले यो परिवर्तन खेलाडी र समर्थक दुवैको अनुभवलाई अझ विशेष बनाउने प्रयासको हिस्सा भएको बताए ।

उनले भने, ‘विश्वकप विस्तार हुँदै जाँदा हामी प्रतियोगिता अनुभव गर्ने तरिकामा पनि नयाँपन ल्याइरहेका छौं । राष्ट्रिय गानका बेला सबै खेलाडी र रेफ्रीहरू सेन्टर सर्कलमा एकअर्कातर्फ फर्किएर उभिँदा एकता, गर्व र भावनाको विशेष क्षण सिर्जना हुनेछ ।’

इन्फान्टिनोका अनुसार विश्वकप प्रत्येक खेलाडी र समर्थकको प्रतियोगिता भएकाले नयाँ समारोहले त्यसैको प्रतिबिम्ब प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम