मुख्य समाचार
बेलायती राजा चार्ल्स तृतीयले नवगठित गोर्खा आर्टिलरी युनिटको प्रसंसा
बेलायती राजा चार्ल्स तृतीयले नवगठित गोर्खा आर्टिलरी युनिटको प्रसंसा

। बेलायती राजा चार्ल्स तृतीयले नवगठित गोर्खा आर्टिलरी युनिटको प्रसंसा गरेका छन् । विल्टसायरको लार्कहिल ब्यारेकमा सैनिकहरूको परेडमा भाग लिँदै राजा चार्ल्सले गोर्खा सैनिकको दृढता र प्रतिबद्धताको प्रसंसा गरेका हुन् ।

सो अवसरमा राजालाई २१ तोपको सलामीसहित स्वागत गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै राजा चार्ल्सले भने, ‘यसले बेलायत र नेपालबीचको स्थायी र मूल्यवान सम्बन्धको गहिराइ दर्शाउँछ ।’

उनले परेडमा गोर्खा सैनिक दैख्दा आफू निकै गौरम्वाम्वित हुने पनि बताए ।

यो युनिट सन् २०२५ मा गठन भएको हो ।

सो अवसरमा राजा चार्ल्सले यो युनिटको सुरुवातले नयाँ अध्यायमा अगाडि बढ्ने बताउँदै ब्रिटिस सेनाभित्र अब यसलाई पूर्ण क्षमताअनुसार विस्तार गर्न अनुमति दिएको पनि बताए ।

आगामी तीन वर्षमा ४०० गोर्खा सैनिक उक्त युनिटमा सामेल हुने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एकै वर्षमा कम्बोडियाबाट चार सय नेपालीको उद्धार गरिएको छ । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा मंगलबार भएको मानव बेचबिखनविरुद्धको एक कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी नकुल पोखरेलले एकै वर्षमा चार सय नेपालीको उद्धार गरिएको बताए । उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३८२ पुरुष र १८ महिला गरी चार सय नेपाली नागरिकलाई कम्बोडियाबाट उद्धार गरिएको हो ...
। मलेसियास्थित नेपाली दूतावासले नेपाली कामदारको नयाँ मागपत्र प्रमाणीकरण प्रक्रियामा कडाइ गर्न थालेको छ । श्रमिकको सेवा–सुविधा सुनिश्चित गर्न रोजगारदाताले आवश्यक कागजात र विवरण स्पष्ट रूपमा पेस गरेपछि मात्र मागपत्र प्रमाणीकरण गर्न थालिएको दूतावासले जनाएको छ । मलेसियास्थित नेपाली दूतावासका काउन्सिलर (श्रम) कृष्णप्रसाद भुसालका अनुसार रोजगारदाताले नेपाली श्रमिकको राहदानीको अवस्था, बैंकमार्फत तलब भुक्तानी भएको पे–स्लिप, साप्ताहिक ...
— अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आवेदन दिने नेपाली विद्यार्थीको भिसा अस्वीकृत हुने दर अहिलेसम्मकै उच्च भएको छ । सरकारी तथ्यांकअनुुुसार नेपालबाट यहाँका शैक्षिक संस्थामा आवेदन दिएकामध्ये करिब ६४ प्रतिशत विद्यार्थीको भिसा आवेदन अस्वीकृत भएको हो । पछिल्लो समयमा अस्ट्रेलियन सरकारले उच्च शिक्षा अध्ययनमा आउने विद्यार्थीको छनोट प्रक्रियामा अझ कडाइ गरेपछि भिसा अस्वीकृत हुने क्रम अत्यधिक ...
। दक्षिण–पूर्व एशियाली मुलुकहरूका अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका ८ सय ६० जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयकाअनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अवैध सेन्टरहरूबाट उनीहरूको उद्धार गरिएको हो । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उद्धार गरिएकामध्ये ७ सय ३३ जना कम्बोडियाबाट, १ सय १३ जना म्यानमारबाट, ८ ...
। विदेशमा रहेका नेपाली कामदारको पहिलो मासिक आम्दानी ५४ हजार ४०३ रुपैयाँ बराबर रहेको सरकारी सर्वेक्षणले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को प्राविधिक सहयोगमा नेपालमा पहिलो पटक आप्रवासी भर्ना लागत सर्वेक्षण २०२३ सञ्चालन गरेको हो । सो सर्वेक्षणको नतिजा कार्यालयले मंगलबार सार्वजनिक गरेको हो । सर्वेक्षणमा विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारसँग ...