मुख्य समाचार
पोर्चुगलमा गठन भएको तीन वटा गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्ये सुजन लामा नेतृत्वको कार्यसमितिले सरकारी मान्यता
पोर्चुगलमा गठन भएको तीन वटा गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्ये सुजन लामा नेतृत्वको कार्यसमितिले सरकारी मान्यता

। पोर्चुगलमा गठन भएको तीन वटा गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्ये सुजन लामा नेतृत्वको कार्यसमितिले सरकारी मान्यता पाएको छ । एक वर्ष अघि तीन वटा कार्य समिति गठन भई सबै एनआरएनएले समानान्तर गतिविधि गर्दै आएका थिए ।

एक वर्ष अघि सुजन लामाले आफ्नो नेतृत्वमा गठन भएको कार्यसमिति बैधानिक र कानूनसम्मत रहेकोले आधिकारिक मान्यता प्रदान गर्न पोर्चुगलको सरकारी निकायमा निवेदन दिएका थिए । एनआरएनए सचिव सुरज भण्डारीले शुक्रवार विज्ञप्ती जारी गर्दै लामा अध्यक्ष रहेको कार्य समितिलाई यहाँको सरकारी निकायले मान्यता दिएको उल्लेख गरेका छन् ।

सन् २०२५ अक्टोवरमा यहाँको न्याय मन्त्रालय अर्न्तगतको दर्ता र नोटरी संस्था (आइआरएन) मा लामाले आफुले नेतृत्व गर्दै आएको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् पोर्चुगललाई मान्यता दिन र यहाँको सरकारी अभिलेखमा अध्यावधिक गर्न निवेदन दिएका थिए ।

उक्त निवेदनको हिजो शुक्रवार निर्याण जारी गरेर आइआरएनले लामा नेतृत्वको कार्यसमितिलाई यहाँको सरकारी संरचनामा अध्यावधिक गर्दै प्रमाणपत्र प्रदान गरेको हो । योसंगै अब लामा नेतृत्वको एनआरएनएले पोर्चुगलमा आधिकारिकता र कानूनी मान्यता प्राप्त गरेको छ । ‘आइआरएनबाट न्यायपूर्ण निर्णय भएको छ, हामीले आधिकारिकता पाएका छौं’, लामाले भने, ‘हाम्रो मुख्य चासोको विषय भनेको मानव तस्कर र भ्रष्टचारीहरुले गैरआवासीय नेपाली संघको आबरणमा गलत क्रियाकलाप नगरुन् भन्ने हो ।’ पोर्चुगलको कानून अनुसार आफुहरुले मान्यता पाएकोले अब एनआरएनएको नाममा अन्य समुहले गतिविधि सञ्चालन गर्नु अवैध हुने लामाले बताए ।

यहाँको कम्पनी तथा संघसंस्था दर्ता गर्ने र त्यस विषयको विवाद टुङ्गाउने सरकारी निकाय आइआरएनले लामा नेत्वृत्वको कार्यसमितिलाई मान्यता दिएको विषयमा अन्य समुहले आश्चर्य ब्यक्त गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआएरएनए) पोर्चुगलमा लामा बाहेक बमबहादुर जिसी र दीपा काफ्लेको अध्यक्षतामा अर्को छुट्टाछुट्टै दुई वटा कार्यसमिति पनि छन् । अलग देखिएका यि दुवै समितिको आर्थिक लेखाजोखा गर्ने आधिकारिक कम्पनी (अकाउन्टेन्ट्) भने एउटै छ ।

सन् २०२३ देखिनै एनआरएनएको आधिकारिकताको विषयमा पोर्चुगलमा विवाद रहदै आएको छ । जसले गर्दा यहाँका सरकारी निकायमा नेपालीहरुको गैरआवासीय संघ अध्यावधिक समेत हुन सकेको थिएन ।

सन् २००६ मा पोर्चुगलमा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) २०२३ देखि विभाजित हो । रविन अधिकारीको नेतृत्वपछि सुरु भएको विवादले सन् २०२३ मा दुई वटा समिति जन्माएको थियो । २०२५ सम्मै विवादमा सकिएको दुई वटा कार्यसमितिले सन् २०२५ मा अर्को समानान्तर समिति समेत थपेर तीन वटा एनआरएनए भएका थिए ।

एकताको कुरा चलिरहँदा यो खबर आयो : काफ्ले

एनआरएनए पोर्चुगलका अर्का एक अध्यक्ष दीपा काफ्लेले आफुहरु एकता प्रक्रियामा गईरहेको समयमा यो खबर सार्वजनिक भएको र त्यसले आफूँलाई अचम्मित पारेको बताएकी छिन् ।

शुक्रवार दिउँसो उनले अनलाइन खबरसंग कुरा गर्दै सामाजिक सञ्जाल मार्फत् संस्थाको आधिकारिकता लामा नेतृत्वको समुहले लिएको जानकारी पाएको बताइन् । ‘बमबहादुर दाई र म दुई वटा कार्यसमितिलाई एकता गर्नका लागि लामो समयदेखि छलफलमा थियौं, अहिले यो खबरले कागज एक जनासंग संस्था अर्कोसंग हुने जस्तो भयो, यसलाई कसरी समाधान गर्ने भन्ने बारेमा अहिले पनि हामी छलफलमा नै छौं’, काफ्लेले भनिन्, ‘बमहादुर दाई र मेरो नेतृत्वको दुई वटै संस्थाको अकाउन्टेन्ट एकै जना छन्, हामीले साझा रुपमा एकै जनाबाट काम गराउदै आएका छौं, तर लामा नेतृत्वको समितिले कसरी कागजजात प्राप्त गर्यो र आइआरएनबाट मान्यता पायो भनेर अलमलमा परेका छौं ।’

जिसी र आफूँबीच सहमति भएपछि लामासँग एकताको लागि प्रस्ताव गर्ने तयारीमा आफूँ रहेको उनले सुनाइन् । काफ्लेले यहाँको कानूनी प्रक्रिया अनुसार सुजन लामामार्फत् संस्था अध्यावधिक भएको हुनसक्ने उल्लेख गर्दै हालसम्म कुनै पनि कार्यसमितिले आधिकारिकता प्राप्त गरेको दाबी गरेकी छिन् ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा अको समूहका अध्यक्ष बमबहादुर जिसी भने सम्पर्कमा आउन चाहेनन् ।

४६ लाख रुपैयाँ भन्दा बढी हिनामिनाको आरोप

एनआरएनए सचिव सुरज भण्डारीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँ ४६ लाख भन्दा बढी हिनामिना भएको पाइएको बताएका न् । सुजन लामा नेतृत्वको कार्यसमिलिाई यहाँको सरकारी निकायले आधिकारिकताको प्रमाणपत्र दिए लगत्तै उनीहरुले बैंक विवरण झिकाएका थिए । जसबाट अन्य समूहका पदाधिकारिले अनाधिकृत रुपमा २६ हजार ६५७ युरो हिनामिना रहेको आरोप रहेको छ ।

सचिव भण्डारीका अनुसार संस्थाको आधिकारिक रसिद प्रयोग गरी विभिन्न शिर्षकमा जम्मा भएको उक्त रकम खातामा नभेटिएको हो । अहिले संस्थाको बैंक खातामा ३२४ युरो मात्रै देखिएको भन्दै सचिव भण्डारीले संस्थाको नाममा संकलन भएको रकम संस्थाकै बैंक खातामा जम्मा गर्न आग्रह गरेका छन् ।

सबैलाई समेटेर अगाडी बढ्छौं : लामा

एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन लामाले एकता, पारदर्शिता र आपसी सम्मानका साथ आफुहरु अधि बढ्ने प्रतिक्रिया दिएका छन् । शुक्रबार साँझ अनलाइनखबरसँग कुराकानी गर्दै अध्यक्ष लामाले लहरो तान्दा पहरो खस्ने भएकोले विगतलाई थन्क्याउने र सबैसंगको सहकार्यमा अगाडी बढ्नका लागि आफु लागि परेको बताएका छन् ।

तीन वर्षदेखि यहाँको कानून अनुसार संस्थाले बैधानिकता प्राप्त नगरिरहेको र त्यसका कारण सृजना भएको अन्योल अन्त्य भएकोले आफुले जितेको भन्दा पनि गैरआवासीय नेपालीहरुको संस्था पनि विधान अनुसार कानूनी आधारमा दुरुस्त रहेको सन्देश सार्वजनिक भएको उनले बताए । ‘गैरआवासीय नेपालीको पक्षमा गर्नुपर्ने काम धेरै छन्, त्यसकारण सरकारी मान्यता पाएँ भनेर फुल्ने भन्दा पनि काम अझ गर्नु पर्ने जिम्मेवारीका लागि तयार भएको छु’, लामाले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालमा भोटेकोशी बाढीपीडितको सहयोगार्थ ३०० बढी नेपाली धावक लन्डनको प्रमुख हाफ म्याराथन ‘द बिग हाफ म्याराथन २०२६’ मा सहभागी भएका छन् । यस वर्ष दौड्ने नेपाल रन यूके आवद्ध हरेक नेपालीले म्याराथनलाई नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडित तथा उनीहरूका परिवारप्रति समर्पित गरे । हाफ म्याराथनलाई नेपाली धावकहरुले आफ्नो मातृभूमिप्रतिको ऐक्यबद्धता, सहानुभूति र सहयोगको एक सशक्त ...
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...