मुख्य समाचार
कम भोल्टेजको समस्याको निराकरण, सिचाई टान्सफर्मर जडानको माग गर्दै महोत्तरीको गौशालास्थित नेपाल विद्युत प्राधिकरणको प्रशाखा कार्यालयमा ज्ञापनपत्र बुझाए
कम भोल्टेजको समस्याको निराकरण, सिचाई टान्सफर्मर जडानको माग गर्दै महोत्तरीको गौशालास्थित नेपाल विद्युत प्राधिकरणको प्रशाखा कार्यालयमा ज्ञापनपत्र बुझाए

: कम भोल्टेजको समस्याको निराकरण, सिचाई टान्सफर्मर जडानको माग गर्दै महोत्तरीको गौशालास्थित नेपाल विद्युत प्राधिकरणको प्रशाखा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार विहान १० बजेको समयमा स्थानीय सेवाग्राहीहरुको एक समूहले विभिन्न माग राख्दै कार्यालय प्रमुख उपप्रवन्धक उमेशप्रसाद यादवलाई ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्रमा कम भोल्टेज र टान्सफर्मरको अभावमा किसानहरु खेतमा सिंचाइबाट बन्चित भएको, जडान गरिएको टान्सफर्मरहरु सुरक्षाको अभावका चोरी हुनेमा बढोत्तरी, खेतमा जडान गरिएको स्याल र टयुवेल कम भोल्टेजको कारण किसानहरु समस्यामा रहेको जनाइएको छ । यस्ता समस्याहरु समाधान समयमै गरी किसानहरुको पीरमार्कामा मल्हम दल्नका लागि सो ज्ञापनपत्रमार्फत कार्यालयलाई आग्रह गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै कार्यालय प्रमुख यादवले क्रमिक रुपमा समस्या समाधान गरिने बताएका छन् । माग अधिक रहेकोले ती समस्या निराकरण क्रमिक रुपमा गरिने यादवले प्रतिवद्धता जनाएका छन् । यता, सम्सी गाउँपालिका– २ स्थित सम्सी–गौशाला सडक खण्डको पर्सा देवाडमा स्थानीयहरूले विद्युत् समयमा मर्मत नगरेको भन्दै विरोधस्वरुप सडक अवरुद्ध गरेका छन् ।



विद्युत् प्राधिकरणले बिग्रेको लाइन मर्मत गर्न इन्जिनियरसहितको टोली खटाएर नयाँ तार ओछ्याउन थालेपछि स्थानीयले अवरुद्ध सडक खोलेका हुन् ।स्थानीयहरूले गर्मीको समयमा पटक पटक लाइन अवरुद्ध हुँदा बालबालिका तथा ज्येष्ठ नागरिक अति प्रभावित भएपछि आफूहरू बाध्य भएर सडकमा आउनु परेको प्रतिक्रिया दिए । उनीहरूले अब लाइन मर्मतपछि पुनः पटक–पटक अवरुद्ध नहुने अपेक्षासहित आफूहरू सडक खोल्न राजी भएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई राजनीतिक पूर्वाग्रह र बदनियतपूर्ण भनेको छ । महासचिव शंकर पोखरेलले आज वक्तव्य जारी गरेर जेनजी आन्दोलनमाथि आयोगले तयार पारेको प्रतिवेदनप्रति आपत्ति जनाएका छन् । ‘प्रतिवेदन घटनाको वस्तुगत अनुसन्धान भन्दा पनि पूर्वनिर्धारित निष्कर्षलाई पुष्टि गर्नेगरी प्रायोजित, नियोजित र निर्देशित रुपमा योजनाबद्ध ढंगले बदनियतपूर्ण दिशामा बढी केन्द्रीत भएको देखिएको छ,’ एमालेको ...
। सप्तरीमा मोटरसाइलक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिष्णुपुर गाउँपालिका–५ कट्टीस्थित सडकमा बीआर ५०–०६२८८ नम्बरको मोटरसाइकल र ना. २२ प ३२८५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना हुँदा ना. २२ प ३२८५ नम्बरको मोटरसाइकल चालक राजबिराज नगरपालिका–१२ सिंगियौन बस्ने २३ वर्षीय छोटेलाल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर ...
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र (रास्वपा) को सरकारबाट जनताले आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले दुई तिहाई मत दिएको उक्त पार्टीको हालसम्मको कामकारबाही हेर्दा उनीहरूले जनताको समस्या सम्बोधन गर्छ भन्ने विश्वास गर्न नसकिने जिकिर गरेका हुन् । ‘दुई महिनामा यो ...
। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २०८२ साल फागुन २१ को निर्वाचनमा नेपालको इतिहासमा विशेष रुपमा अंकित हुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उक्त निर्वाचन विद्रोहपछि निर्धारित ६ महिनाभित्र शान्तिपूर्ण रुपमा सम्पन्न हुनसक्नु चानचुने उपलब्धि भएको पनि उल्लेख गरे । नेपालको उक्त निर्वाचनलाई विश्वभरबाट सुक्ष्म ढंगले अध्ययन, ...
। विशेष अदालतले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नासु रेवन्त खड्कालाई थुनामा राख्न आदेश दिएको छ । सुटकेशमा विद्युतिय चुरोट(भेप)भित्र लुकाएर ल्याइएको सुन तस्करीका लागि भेप साटेको आरोपमा उनीमाथि मुद्दा चलेको थियो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले खड्कालाई थुनामा पठाउन आदेश दिएको हो । व्यवसायिक प्रयोजनमा सामान ल्याउनुपर्नेमा झिटिगुण्डामा ...