मुख्य समाचार
पर्यटक भिसामा नेपाल आएर सामाजिक सञ्जालमार्फत व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
पर्यटक भिसामा नेपाल आएर सामाजिक सञ्जालमार्फत व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ

। पर्यटक भिसामा नेपाल आएर सामाजिक सञ्जालमार्फत व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पर्यटक भिसामा नेपालमा बसोबास गर्दै भिसाको उद्देश्य विपरीत व्यावसायिक गतिविधिमा संलग्न रहेको आरोपमा बिहीबार अध्यागन विभागले दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका दुवै जना पुरुष रहेका छन् ।

प्राप्त उजुरी तथा प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले सामाजिक सञ्जाल टिकटकमार्फत् प्रचारप्रसार गरी सम्पर्कका आधारमा विभिन्न खाद्य सामग्री बिक्री वितरण गर्दै आएको तथ्य खुलेको विभागका प्रवक्ता टिकाराम ढकालले बताए ।

उनीहरूले हिमाली क्षेत्रका स्याउ, ओखर, लसुन, किसमिसलगायत खाद्य सामग्री सस्तो मूल्यमा उपलब्ध गराउने भनी प्रचारप्रसार गरे तापनि बजार मूल्यभन्दा महँगो दरमा बिक्री गर्ने गरेको पाइएको छ ।

अनुसन्धानका क्रममा ती नागरिकहरूले दुई वर्षअघि विदेशी लगानी भिर्त्याइ होटल खोल्ने उद्देश्यले व्यवसायिक (बिजनेस) भिसा प्राप्त गरे पनि प्रतिबद्धताअनुसार लगानी भिर्त्याएको नदेखिएको तथा हाल पर्यटक भिसामा नेपालमा बसोबास गरिरहेको पाइएको अध्यागमनले बताएको छ ।

त्यसैगरी, उनीहरू सन् २०२४ मा चीनस्थित तिब्बत हुइद इन्टरनेशनल ट्रेड तथा सिन्हाङ साङ चेङ हेल्थ इन्ड्रस्ट्रिजका बजार विश्लेषकको रूपमा नेपाल प्रवेश गरेको अभिलेख रहेको छ । नेपालमा रहँदा गैरकानूनी रूपमा व्यावसायिक गतिविधि सञ्चालन गर्ने उद्देश्यले नेपाली नागरिकको नाममा नेपाल जाङ्नी ट्रेडिङ एण्ड इन्भेस्टमेन्ट नामक कम्पनी दर्ता गरी चिनियाँ कृषि फारामको नाममा व्यवसाय सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उक्त कम्पनीको प्रचारप्रसार समेत टिकटकमार्फत् गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र (रास्वपा) को सरकारबाट जनताले आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले दुई तिहाई मत दिएको उक्त पार्टीको हालसम्मको कामकारबाही हेर्दा उनीहरूले जनताको समस्या सम्बोधन गर्छ भन्ने विश्वास गर्न नसकिने जिकिर गरेका हुन् । ‘दुई महिनामा यो ...
। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २०८२ साल फागुन २१ को निर्वाचनमा नेपालको इतिहासमा विशेष रुपमा अंकित हुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उक्त निर्वाचन विद्रोहपछि निर्धारित ६ महिनाभित्र शान्तिपूर्ण रुपमा सम्पन्न हुनसक्नु चानचुने उपलब्धि भएको पनि उल्लेख गरे । नेपालको उक्त निर्वाचनलाई विश्वभरबाट सुक्ष्म ढंगले अध्ययन, ...
। विशेष अदालतले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नासु रेवन्त खड्कालाई थुनामा राख्न आदेश दिएको छ । सुटकेशमा विद्युतिय चुरोट(भेप)भित्र लुकाएर ल्याइएको सुन तस्करीका लागि भेप साटेको आरोपमा उनीमाथि मुद्दा चलेको थियो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले खड्कालाई थुनामा पठाउन आदेश दिएको हो । व्यवसायिक प्रयोजनमा सामान ल्याउनुपर्नेमा झिटिगुण्डामा ...
। जिल्ला प्रहरी कार्यालय खोटाङले आत्महत्या दुरुत्साहन मुद्दाका एक प्रतिवादीलाई पक्राउ गरेको छ। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी सेम्माकी ३२ वर्षीय देबी बिष्ट (कार्की)लाई मानसिक यातना दिएर मर्न बाध्य बनाएको अभियोगमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका ४९ वर्षीय कुमार थापालाई पक्राउ गरिएको हो । देवी गत जेठ २० गते घर नजिकै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री धवलशमशेर राणाको पार्टी परित्यागले राप्रपालाई फाइदा पुगेको बताएका छन् । राणालाई पार्टीको ऐंजेरुको संज्ञा दिँदै उनले अब राप्रपा बन्ने बाटो खुला भएको अभिव्यक्ति दिए । शुक्रबार पार्टीको गोरखा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘खुट्टामा पलाएको ऐंजेरु जुत्ता लगाउन पनि अप्ठ्यारो, हिँड्न पनि अप्ठ्यारो ...