मुख्य समाचार
परीक्षाहरुमा बरामद गरिएका ७ वटा आइफोनसहित ४९६ थान विभिन्न कम्पनीका मोबाइलहरु सिरहामा नष्ट गरिएपछि चौतर्फी आलोचना
परीक्षाहरुमा बरामद गरिएका ७ वटा आइफोनसहित ४९६ थान विभिन्न कम्पनीका मोबाइलहरु सिरहामा नष्ट गरिएपछि चौतर्फी आलोचना

: एसइई र कक्षा ११, १२ को परीक्षाहरुमा बरामद गरिएका ७ वटा आइफोनसहित ४९६ थान विभिन्न कम्पनीका मोबाइलहरु सिरहामा नष्ट गरिएपछि चौतर्फी आलोचना सुरु भएको छ । जरिवाना गरेर धनीलाई नै फिर्ता वा लिलामी गर्नुपर्ने कुरा उठेको छ । मोबाइलसहित पाँच वटा स्मार्ट वाच पनि बरामद गरिएको थियो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अलग तरिकाले काम भएपछि प्रश्न उठ्न स्वभाविक रहेको बताएका छन् । ‘हामी बच्चालाई बढी ध्यानमा राख्यौ । उनीहरुलाई धेरै ठूलो सजाय दिन चाहेनौँ । परीक्षामा अनियमिता हुन्छ भनेर यो जिल्लाको पहिलेदेखि इतिहास जुन थियो । त्यो सन्दर्भमा हामीले अग्रिम व्यवस्था गर्दा गर्दै चिट चोरी भएको पाइयो,’ उनले भने, ‘परीक्षामा अर्मादित क्रियाकलाप गरे ६ महिनासम्म कैद र एक लाख जरिवाना हुने अभियोग हो । त्यसमा प्रयोग हुने सामग्री स्वतः जफत हुन्छ । जफत भइसकेको सामानहरु लिलाम गर्नुपथ्यो । त्यो सही हो ।’

nullव्यक्तिको गोपनियतालाई ध्यान राख्दै बरु राज्यको अलिकति राजश्व नआए पनि व्यक्तिको गोपनियता कायम रहोस् भने प्रयोजनाका लागि नष्ट गरिएको उनको तर्क छ । ‘व्यक्तिको गोपिनयतासँग घनिष्ठ सम्बन्ध राख्ने उपकरण मोबाइल हो । कदाचित अरु व्यक्तिको हातमा पुग्यो भने तिनले ल्याउने दुर्घटना, अभिरुचि ज्यादै हुन्छ भन्ने मनसाय राखेर नष्ट गर्‍यौं,’ उनले भने, ‘यो व्यक्तिको हितमा गरिएको निर्णय हो ।’ परीक्षा बोर्डको निर्देशन र प्रदेश समितिको निर्देशनलाई कानूनी आधारमा नष्ट गर्ने निर्णय लिएको सुनाए ।

nullजिल्ला परीक्षा समन्वय समिति सिरहाले उपसमिति गठन गरी बरामद गरिएका मोबाइल नष्ट गर्न निर्देशन दिएको थियो । शिक्षा विकास तथा समन्वय समितिका शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारीसहितको पाँच सदस्यीय समिति बनाइएको थियो ।

nullसो समितिले जिल्ला प्रहरी कार्यालयमा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट बरामद गरिएका मोबाइल पानीमा राखेर नष्ट गरेको उपसमिति संयोजक राजदेव यादवले बताए । २४ घण्टा पानीमा मोबाइलहरू राखिएको र २४ घण्टापछि फुटाउने निर्णय भएको उनले बताए । मधेश प्रदेशमा पहिलोपटक ठुलो परिमाणमा विद्यार्थीसँग बरामद गरिएका मोबाइल नष्ट गरिएको हो । सो मोबाइलको बजार मूल्य एक करोडभन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जिल्ला प्रहरी कार्यालय खोटाङले आत्महत्या दुरुत्साहन मुद्दाका एक प्रतिवादीलाई पक्राउ गरेको छ। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी सेम्माकी ३२ वर्षीय देबी बिष्ट (कार्की)लाई मानसिक यातना दिएर मर्न बाध्य बनाएको अभियोगमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका ४९ वर्षीय कुमार थापालाई पक्राउ गरिएको हो । देवी गत जेठ २० गते घर नजिकै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री धवलशमशेर राणाको पार्टी परित्यागले राप्रपालाई फाइदा पुगेको बताएका छन् । राणालाई पार्टीको ऐंजेरुको संज्ञा दिँदै उनले अब राप्रपा बन्ने बाटो खुला भएको अभिव्यक्ति दिए । शुक्रबार पार्टीको गोरखा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘खुट्टामा पलाएको ऐंजेरु जुत्ता लगाउन पनि अप्ठ्यारो, हिँड्न पनि अप्ठ्यारो ...
। सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्यहरू छनोट प्रक्रिया अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले पर्यटन मन्त्रालय, नेपाल वायुसेवा निगमले गठन गरेको छनौट समितिलाई कामकाज अघि नबढाउन भनी अन्तरिम आदेश दिएको हो । प्रतिस्पर्धाबाट छानिएर आफू सूचीमा परेपनि अन्यायपूर्वक छनौट नभएको भन्दै उपेन्द्रबहादुर कार्कीले ...
: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन बनेका निजामति कर्मचारीको खोजी थालेको छ । मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही निजामती कर्मचारीहरू बिदा अवधि सकिँदा पनि सम्बन्धित कार्यालयमा नियमित रूपमा हाजिर नभएको, लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेको तथा राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण अद्यावधिक नभएको सम्बन्धमा जानकारी तथा ...
। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षलाई निमिट्यान्न पार्छु भन्नेतिर लाग्न नहुने बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै निमिटयान्न गराउनेतिर सरकार लाग्न नहुने बताएकी हुन् । पूर्वप्रधानमन्त्री कार्कीले प्रधानमन्त्री बालेन साह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई विगतलाई हेरेर अघि बढ्न सुझाव समेत दिइन् । सरकारमा आएका नवयुवाहरूले ...