मुख्य समाचार
वर्तमान सरकारले जनताको म्याण्डेड बिपरितको काम गरे प्रतिवाद गर्ने
वर्तमान सरकारले जनताको म्याण्डेड बिपरितको काम गरे प्रतिवाद गर्ने

: उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनताको म्याण्डेड बिपरितको काम गरे प्रतिवाद गर्ने बताएका छन् ।

उज्यालो नेपाल केन्द्रीय युवा तथा विद्यार्थी विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले परिवर्तनको लागि जनताबाट दुई तिहाई मत पाएर बनेको सरकार सफल हुनुपर्ने भन्दै सरकारले जनता निरास हुने काम गरे प्रतिवाद गर्ने बताएका हुन् । उनले करसम्बन्धी सरकारको नयाँ व्यवस्था अव्यहारिक भएको बताएका छन् । सरकारले जनतालाई राहत दिनुपर्नेमा विद्युतमा कर लगाउने निर्णयले उपभोग्य बस्तुको समेत मूल्यबृद्धि हुन सक्ने उनले बताए ।

अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी सधैँ जनताको माझमा रहेर जनताको समस्याहरू बोकेर नेपालको सशक्त पार्टीको रूपमा स्थापित हुने दावी गरे । अब नयाँको विकल्प फेरि पनि पुरानो हुन नसक्ने भन्दै उनले नयाँको विकल्प नयाँ उज्यालो नेपाल पार्टी मात्रै भएको जिकिर गरे ।

आगामी प्रदेश र स्थानीय निकायको चुनावमा उज्यालो पार्टीले देशभर जरा गाड्ने उनको भनाइ छ । अध्यक्ष घिसिङले रास्वपाको निलो क्रान्ति धेरै नटिक्ने समेत बताए । दिगो रूपमा नेपाललाई संस्थागत गर्न अन्तिम बिकल्प हरित क्रान्ति भएकाले हरित क्रान्तिको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्यहरू छनोट प्रक्रिया अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले पर्यटन मन्त्रालय, नेपाल वायुसेवा निगमले गठन गरेको छनौट समितिलाई कामकाज अघि नबढाउन भनी अन्तरिम आदेश दिएको हो । प्रतिस्पर्धाबाट छानिएर आफू सूचीमा परेपनि अन्यायपूर्वक छनौट नभएको भन्दै उपेन्द्रबहादुर कार्कीले ...
: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन बनेका निजामति कर्मचारीको खोजी थालेको छ । मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही निजामती कर्मचारीहरू बिदा अवधि सकिँदा पनि सम्बन्धित कार्यालयमा नियमित रूपमा हाजिर नभएको, लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेको तथा राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण अद्यावधिक नभएको सम्बन्धमा जानकारी तथा ...
। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षलाई निमिट्यान्न पार्छु भन्नेतिर लाग्न नहुने बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै निमिटयान्न गराउनेतिर सरकार लाग्न नहुने बताएकी हुन् । पूर्वप्रधानमन्त्री कार्कीले प्रधानमन्त्री बालेन साह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई विगतलाई हेरेर अघि बढ्न सुझाव समेत दिइन् । सरकारमा आएका नवयुवाहरूले ...
: पछिल्लो २४ घण्टामा २ हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख ८४ हजार राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४,नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०५ जनालाई कारबाही गरिएको हो ...
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले युवावर्गलाई प्राथमिकतामा राखेको बताएका छन् । उनले आज लुम्बिनी प्रदेशस्तरीय युवा सम्मेलन २०८३ को प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा उद्घाटन गर्दा बताएका हुन् । उनले नीति तथा कार्यक्रमका आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवामैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने ...