मुख्य समाचार
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन स्वीट्जरल्याण्डको जेनेभा जाने
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन स्वीट्जरल्याण्डको जेनेभा जाने

: संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन स्वीट्जरल्याण्डको जेनेभा जाने भएको छ । जेटियुसिसीले शुक्रबार काठमाडौंमा आयोजना गरेका पत्रकार सम्मेलनमा अध्यक्ष विनोद श्रेष्ठले लोकतन्त्र र ट्रेड युनियन अधिकारमाथि सरकारले गरेको हस्तक्षेपको जेनेभामा जोडदार कुरा उठाउने जानकारी दिए ।

श्रेष्ठले २९ गतेसम्म हुने ‘अन्तर्राष्ट्रिय श्रमिक सम्मेलनको ११४औं सत्र’ मा जेटियुसिसी अध्यक्ष, महासचिव तथा अबद्ध महासंघका अध्यक्षहरुको टोली शनिबार जेठ २३ गते जेनेभा प्रस्थान गर्ने जानकारी दिए । श्रेष्ठले नेपाली श्रम बजारको अवस्था, श्रमिकको लोकतान्त्रिक अधिकार र ट्रेड युनियनमाथिको सरकारी हस्तक्षेपका विषयमा अन्तराष्ट्रिय माञ्चमा जोडदार आवाज उठाउने बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनलाई लत्याउँदै ट्रेड युनियनमाथि हस्तक्षेप लगायतका विषयमा अन्तर्राष्ट्रिय जगतलाई ध्यानाकर्षण गराउने उनको भनाइ छ । पत्रकार सम्मेलन एनटियुसिका अध्यक्ष योगेन्द्रकुमार कुँवरले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिमाथि आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जिल्ला प्रहरी कार्यालय खोटाङले आत्महत्या दुरुत्साहन मुद्दाका एक प्रतिवादीलाई पक्राउ गरेको छ। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी सेम्माकी ३२ वर्षीय देबी बिष्ट (कार्की)लाई मानसिक यातना दिएर मर्न बाध्य बनाएको अभियोगमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका ४९ वर्षीय कुमार थापालाई पक्राउ गरिएको हो । देवी गत जेठ २० गते घर नजिकै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री धवलशमशेर राणाको पार्टी परित्यागले राप्रपालाई फाइदा पुगेको बताएका छन् । राणालाई पार्टीको ऐंजेरुको संज्ञा दिँदै उनले अब राप्रपा बन्ने बाटो खुला भएको अभिव्यक्ति दिए । शुक्रबार पार्टीको गोरखा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘खुट्टामा पलाएको ऐंजेरु जुत्ता लगाउन पनि अप्ठ्यारो, हिँड्न पनि अप्ठ्यारो ...
। सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्यहरू छनोट प्रक्रिया अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले पर्यटन मन्त्रालय, नेपाल वायुसेवा निगमले गठन गरेको छनौट समितिलाई कामकाज अघि नबढाउन भनी अन्तरिम आदेश दिएको हो । प्रतिस्पर्धाबाट छानिएर आफू सूचीमा परेपनि अन्यायपूर्वक छनौट नभएको भन्दै उपेन्द्रबहादुर कार्कीले ...
: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन बनेका निजामति कर्मचारीको खोजी थालेको छ । मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही निजामती कर्मचारीहरू बिदा अवधि सकिँदा पनि सम्बन्धित कार्यालयमा नियमित रूपमा हाजिर नभएको, लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेको तथा राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण अद्यावधिक नभएको सम्बन्धमा जानकारी तथा ...
। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षलाई निमिट्यान्न पार्छु भन्नेतिर लाग्न नहुने बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै निमिटयान्न गराउनेतिर सरकार लाग्न नहुने बताएकी हुन् । पूर्वप्रधानमन्त्री कार्कीले प्रधानमन्त्री बालेन साह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई विगतलाई हेरेर अघि बढ्न सुझाव समेत दिइन् । सरकारमा आएका नवयुवाहरूले ...