मुख्य समाचार
फिफा विश्वकप २०२६ अघिको मैत्रीपूर्ण खेलमा आइभरी कोस्टले फ्रान्सलाई २-१ ले पराजित
फिफा विश्वकप २०२६ अघिको मैत्रीपूर्ण खेलमा आइभरी कोस्टले फ्रान्सलाई २-१ ले पराजित

। आइभरी कोस्टले फ्रान्समाथि ऐतिहासिक जित हासिल गरेको छ । फिफा विश्वकप २०२६ अघिको मैत्रीपूर्ण खेलमा आइभरी कोस्टले फ्रान्सलाई २-१ ले पराजित गरेको हो ।

आइभरी कोस्टले सनसनीपूर्ण पुनरागमन गर्दै २–१ को जित दर्ता गरेको हो । नान्टेसमा भएको खेलमा आइभरी कोस्टलाई जित दिलाउने मुख्य पात्र बने गुएला डुए, जसले एक गोल गरे र अर्को गोलको अवसर सिर्जना गरे ।

यो जित अझ विशेष बन्यो किनभने डोउए फ्रान्स तथा पीएसजी स्टार डिजायर डुएका जेठा दाजु हुन् । यस खेलमा उनले आफ्नै भाइको राष्ट्रिय टोलीविरुद्ध निर्णायक भूमिका निभाए ।

फ्रान्सले खेलको पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै अग्रता लिएको थियो । रायन चेर्कीले शानदार गोल गर्दै टोलीलाई अगाडि राखेका थिए ।

तर दोस्रो हाफमा खेलको दिशा परिवर्तन भयो । डुएले ५३औं मिनेटमा निकोलस पेपेको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि उनले दिएको क्रसमा अमाद डियालोले गोल गर्दै आइभरी कोस्टलाई ऐतिहासिक जित दिलाए ।

फ्रान्सका कप्तान किलियन एमबाप्पेले पहिलो हाफमा केही आक्रामक प्रयास गरे पनि दोस्रो हाफपछि परिवर्तन गरिए । फ्रान्सले पहिलो हाफमा खेल नियन्त्रणमा राखेको थियो । माइकल ओलिस र मार्कस थुरामले पनि अवसर बनाए तर गोलमा परिणत गर्न सकेनन् ।

विश्वकपअघि फ्रान्सविरुद्धको जितले आइभरी कोस्टको आत्मविश्वास बढाएको छ । आइभरी कोस्टले जुन १५ मा इक्वेडरसँग खेल्दै आविश्वकप यात्रा सुरु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...