मुख्य समाचार
पार्टीका चुनौति सामना गर्दै समाधान गर्न सकिने
पार्टीका चुनौति सामना गर्दै समाधान गर्न सकिने

। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका चुनौति सामना गर्दै समाधान गर्न सकिने बताएका छन् । हाल जनतासँगको सम्बन्ध कमजोर भएको देखिए पनि पुन: बलियो बनाउन सकिनेमा उनी आशावादी देखिएका छन् ।

तर त्यसका लागि खुला आत्मसीक्षासहित एकता र अनुशासन अपरिहार्य रहेको उनको जोड छ ।

पार्टीभित्र नेतृत्व परिवर्तनको बहस भइरहेका बेला महासचिव पोखरेलले आज फेसबुकमा यी धारणा सार्वजनिक गरेका हुन् ।

उनले लेखेका छन्, ‘पार्टीका सामु चुनौती छन्, तर तिनको सामना गर्न सकिन्छ । समस्या छन्, समाधान गर्न सकिन्छ । निर्वाचन परिणामले जनतासँगको सम्बन्ध कमजोर भएको देखाएको छ, त्यसलाई पुन: मजबुत बनाउन पनि सकिन्छ ।’
‘तर त्यसका लागि खुला आत्मसमीक्षा, कमजोरीको स्विकारोक्ति, एकता र अनुशासन अपरिहार्य छन् । यी सबै काम संस्थागत र विधिसम्मत प्रक्रियाबाट मात्र सफल हुन सक्छन्,’ महासचिव पोखरेलले थप लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पर्यटक भिसामा नेपाल आएर सामाजिक सञ्जालमार्फत व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा नेपालमा बसोबास गर्दै भिसाको उद्देश्य विपरीत व्यावसायिक गतिविधिमा संलग्न रहेको आरोपमा बिहीबार अध्यागन विभागले दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका दुवै जना पुरुष रहेका छन् । प्राप्त उजुरी तथा प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले सामाजिक सञ्जाल ...
: सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विद्यार्थीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित बिपरित रहेकाले फिर्ता लिनुपर्ने भन्दै काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रिय अखण्डताको पक्षमा एकजुट बनौ, देशको सीमा र स्वाभीमान हाम्रो प्राण, हाम्रो भूमि हाम्रो शानलगायत लेखिएका प्लेकार्ड प्रदर्शन ...
। राष्ट्रिय सभामा एक सिट साढे चार महिनादेखि रिक्त छ । राष्ट्रपतिबाट मनोनीत सांसद वामदेव गौतमले गत ४ माघ २०८२ मै राजीनामा दिएका थिए । उक्त स्थान त्यसबेलादेखि नै रिक्त छ । रिक्त पदमा नियुक्तिका लागि पूर्वगृहमन्त्री ओम प्रकाश अर्याल सिफारिस भए पनि उनको नाम सदर भएन । ५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जना निर्वाचित भएर ...
: एसइई र कक्षा ११, १२ को परीक्षाहरुमा बरामद गरिएका ७ वटा आइफोनसहित ४९६ थान विभिन्न कम्पनीका मोबाइलहरु सिरहामा नष्ट गरिएपछि चौतर्फी आलोचना सुरु भएको छ । जरिवाना गरेर धनीलाई नै फिर्ता वा लिलामी गर्नुपर्ने कुरा उठेको छ । मोबाइलसहित पाँच वटा स्मार्ट वाच पनि बरामद गरिएको थियो । सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अलग ...
। नेपाल सरकारले प्रशासनिक खर्च कटौती गर्ने र सेवा प्रवाहलाई चुस्त बनाउने उद्देश्यसहित १८ वटा मन्त्रालयहरूको संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सर्वेक्षण आगामी २०८३ असार ७ गतेभित्र सम्पन्न गर्न सबै मन्त्रालयहरूलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १२ जेठमा सबै मन्त्रालयलाई परिपत्र गर्दै मन्त्रिपरिषद्बाट जेठ ५ गते स्वीकृत ‘संगठन तथा व्यवस्थापन सर्वेक्षणसम्बन्धी मार्गदर्शक सिद्धान्त’ ...