मुख्य समाचार
राजेन्द्र लिङ्देनले अर्काका गोटी हुनेहरु पार्टीभित्र बसिरहनु उचित नहुने बताए
राजेन्द्र लिङ्देनले अर्काका गोटी हुनेहरु पार्टीभित्र बसिरहनु उचित नहुने बताए

: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अर्काका गोटी हुनेहरु पार्टीभित्र बसिरहनु उचित नहुने बताएका छन् । राप्रपा गोरखाको जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै लिङ्देनले धवल शम्सेर नेतृत्वको एक समूहप्रति लक्षित गर्दै पार्टीको अहितमा खुलेर लागेकाहरुले अहिले पार्टी छोडेको घोषणा गरेको भन्दै त्यस्ता व्यक्तिहरु पार्टीभित्र बस्नु नहुने तर्क गरेका हुन् ।

‘पार्टीको नेता, कार्यकर्ता, पार्टीको समर्थक भनेको पार्टीका लागि काम गर्ने होइन ? चुनावमा चाहिने होइन ?’ उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘चुनावमा उम्मेद्वारी पनि नदिने, चुनावमा भोट हाल्न पनि नजाने, यो पार्टीलाई राष्ट्रिय पार्टी बन्न दिनु हुन्न भन्नेहरुले पार्टी छोडेर गए त के दुःख मान्नु ?’
उम्मेद्वारको आकांक्षीमा नाम लेखाएर टिकट लिने बेला भाग्नेहरुले अहिले पार्टी छोड्यौँ भन्नु हास्यास्पद भएको उनको भनाइ छ ।

‘गोरखाबाट एक जना युवाले उम्मेद्वार बन्छु भनेर पार्टीमा नाम पेश गरे । युवा उम्मेद्वार बन्ने भए भनेर खुशी लाग्यो, तर टिकट दिन बोलाउँदा मान्छे नै आएनन् । भोट दिन पनि आएनन् । त्यस्ता मान्छेले पार्टी छोड्यौँ भनेर ढोल पिटाउनुको कुनै अर्थ छैन’, लिङ्देनले भने, ‘८७ बर्षको आराम गर्नुपर्ने उमेरको मान्छेलाई संयोजक बनाउने हो भने बस्छौँ, नभए पार्टी छोड्छौँ भनेर उल्टो–उल्टो कुरा मात्र गरिरहने मान्छेलाई पार्टीमा राखेर काम छैन । कार्यक्रम के हो, यसपछि कहाँ जाने, के गर्ने भन्ने मेसोमेलो नपाउने मान्छेलाई नेतृत्व सुम्पिनु पर्छ भन्नु समय सुहाउँदो छैन ।’

अर्काका गोटी बनेर चल्नेहरु पार्टीमा बसिरहेर पार्टी कहिल्यै उँभो नलाग्ने भन्दै उनले त्यस्ता व्यक्तिहरु बसिरहनु भन्दा छाड्नु नै बेस हुने बताए । उनले देशभरका राष्ट्रवादी नेता, कार्यकर्ता र आफ्ना शुभेच्छुकहरुलाई विचलित नहुन आग्रह गरे । ‘निराश हुनु पर्दैन, राप्रपा कमजोर हुदैन’, उनले भने, ‘राप्रपा अझै बलियो बनेर आउँछ । हामी आउँछौँ । अहिले राष्ट्रवादी शक्तिको महत्व झन बढेर गइरहेको छ । त्यसैले कसैले बिचलित हुनु पर्दैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
काठमाडौं महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि महानगरपालिकाले इच्छुक सामुदायिक संघसंस्थाबाट प्रस्ताव आह्वान गरेको छ। महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले सूचना जारी गर्दै सामाजिक तथा सांस्कृतिक गतिविधिमा संलग्न गैरनाफामूलक संघसंस्था, युवा क्लब, सामुदायिक संस्था, टोल विकास समिति तथा सांस्कृतिक समूहलाई महोत्सव सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिन प्रस्ताव मागेको जनाएको ...
। पर्यटक भिसामा नेपाल आएर सामाजिक सञ्जालमार्फत व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा नेपालमा बसोबास गर्दै भिसाको उद्देश्य विपरीत व्यावसायिक गतिविधिमा संलग्न रहेको आरोपमा बिहीबार अध्यागन विभागले दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका दुवै जना पुरुष रहेका छन् । प्राप्त उजुरी तथा प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले सामाजिक सञ्जाल ...
: सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विद्यार्थीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित बिपरित रहेकाले फिर्ता लिनुपर्ने भन्दै काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रिय अखण्डताको पक्षमा एकजुट बनौ, देशको सीमा र स्वाभीमान हाम्रो प्राण, हाम्रो भूमि हाम्रो शानलगायत लेखिएका प्लेकार्ड प्रदर्शन ...
। राष्ट्रिय सभामा एक सिट साढे चार महिनादेखि रिक्त छ । राष्ट्रपतिबाट मनोनीत सांसद वामदेव गौतमले गत ४ माघ २०८२ मै राजीनामा दिएका थिए । उक्त स्थान त्यसबेलादेखि नै रिक्त छ । रिक्त पदमा नियुक्तिका लागि पूर्वगृहमन्त्री ओम प्रकाश अर्याल सिफारिस भए पनि उनको नाम सदर भएन । ५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जना निर्वाचित भएर ...
: एसइई र कक्षा ११, १२ को परीक्षाहरुमा बरामद गरिएका ७ वटा आइफोनसहित ४९६ थान विभिन्न कम्पनीका मोबाइलहरु सिरहामा नष्ट गरिएपछि चौतर्फी आलोचना सुरु भएको छ । जरिवाना गरेर धनीलाई नै फिर्ता वा लिलामी गर्नुपर्ने कुरा उठेको छ । मोबाइलसहित पाँच वटा स्मार्ट वाच पनि बरामद गरिएको थियो । सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अलग ...