मुख्य समाचार
लेबनानको सशस्त्र समूह हिजबुल्लाहले हालै इजरायल र लेबनान सरकारबीच भएको युद्धविराम सम्झौता नमान्ने घोषणा
लेबनानको सशस्त्र समूह हिजबुल्लाहले हालै इजरायल र लेबनान सरकारबीच भएको युद्धविराम सम्झौता नमान्ने घोषणा

। लेबनानको सशस्त्र समूह हिजबुल्लाहले हालै इजरायल र लेबनान सरकारबीच भएको युद्धविराम सम्झौता नमान्ने घोषणा गरेको छ । अमेरिकाको मध्यस्थकर्तामा भएको युद्धविराम सम्झौताका सर्त पूर्ण रूपमा इन्कार गर्दै त्यसलाई नमान्ने घोषणा गरेको हो ।

हिजबुल्लाहका नेता नइम कासिमले बिहीबार एक वक्तव्यमा दुई देशबीच भएको युद्धविराम सम्झौताबारे भएको वार्ता ‘बेकार’ रहेको बताउँदै त्यो लेबनानका लागि ‘अपमानजनक’ भएको टिप्पणी गरेका छन् ।
उनले लेबनानका बहुसंख्यक जनताले उक्त सम्झौता स्वीकार नगर्ने पनि दाबी गरेका छन् ।

अमेरिका, इजरायल र लेबनानले बुधबार मात्रै संयुक्त वक्तव्य जारी गरेर युद्धविराम सम्झौता भएको घोषणा गरेका थिए । उक्त घोषणामा हिजबुल्लाहले गोलीबारी बन्द गरेपछि मात्रै युद्धविराम लागु हुने भनिएको थियो ।

तर, हिजबुल्लाहका नेता कासिमले यस्तो जवाफ दिएपछि युद्धविराम सम्झौताको भविष्य जोखिममा परेको छ ।

‘यो युद्धविरामअनुसार हिजबुल्लाहले गोलीबारी रोक्नुपर्छ र इजरायलको सीमा नजिक दक्षिणी क्षेत्रबाट आफ्ना लडाकु हटाउनुपर्छ,’ हिजबुल्लाहका नेता कासिमले भनेका छन्, ‘यो कुरा आत्मसमर्पण बराबर हो र यसले इजरायलको लक्ष्य पूरा हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध ‘इतिहासमै कहिल्यै नदेखिएका’ कडा आर्थिक र समुद्री कदमहरू चाल्न लागिरहेको चेतावनी दिएका छन्। एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा बोल्दै अर्थमन्त्री बेसेन्टले आउँदो हप्ता हुने नयाँ घोषणाप्रति ध्यान दिन आग्रह गरे। उनले भने, 'हामी कुनै पनि देशलाई आर्थिक रूपमा पूर्ण रूपमा अलग्याउने (इकोनोमिक आइसोलेसन) इतिहासकै सबैभन्दा कडा कदमहरू लागू ...
। चीनको एउटा प्रयोगात्मक बुलेट ट्रेनले करिब ५ सेकेन्डमै शून्यबाट ८०० किलोमिटर प्रतिघण्टाको गति लिएर प्रवेग (गति बढाउने) सम्भव गराएर आफ्नै विश्व कीर्तिमान तोडेको छ। यसले अति-उच्च गतिको यातायातको लागि बाटो खोल्ने सम्भावना देखाएको छ। हुबेई प्रान्तस्थित डोङ्हु प्रयोगशालाको १ किलोमिटर लामो परीक्षण ट्र्याकमा यो भारी म्याग्लेभ ट्रेनले स्थिर अवस्थाबाट मात्र ५.३ सेकेन्डमा ८०० किलोमिटर प्रतिघण्टाको ...
। पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २६५ पुगेको छ भने भग्नावशेषमा फसेका मानिसको खोजी जारी रहँदा करिब ५०० जना अझै बेपत्ता छन्। लगातार आइरहेका परकम्पले उद्धार तथा खोजी कार्यमा चुनौती थपिए पनि सुरक्षाकर्मी र उद्धारकर्मीले प्रभावित क्षेत्रमा अभियान जारी राखेका छन्। कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले राज्य टेलिभिजनमार्फत सम्बोधन गर्दै ...
: चीनका राजदूतसँग भेटवार्ता गरे लगत्तै इरानका नयाँ सुरक्षा प्रमुखले अमेरिकासँग करिब ६ महिनादेखि जारी युद्ध नरोकिने बताएका छन् । इरानको सन्देश स्पष्ट रहेको भन्दै मोहसेन रेजाइले मंगलबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य नगरेसम्म, इरानका रोक्का गरिएका सम्पत्ति फुकुवा नगरेसम्म र लेबनान तथा गाजासहित क्षेत्रव्यापी युद्धविराममा सहमत नभएसम्म होर्मुज जलडमरू ...
: हुथी विद्रोहीहरूले लाल सागर (रेड सी) मा एक व्यापारिक जहाजमाथि आक्रमण गरेका छन्। उक्त आक्रमणमा परी तीन जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ। पाकिस्तानका उपप्रधानमन्त्री इसहाक डारले बुधबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक पोस्ट गर्दै उक्त हमलाको कडा शब्दमा निन्दा गरेका छन्। उनका अनुसार आक्रमणमा तीन जना पाकिस्तानी नागरिकको ज्यान जानुका साथै एक जना ...