। प्रहरीले सचिव कृष्णहरि पुष्करसँग सोधपुछ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई बिहीबार केहीबेर नियन्त्रणमा लिएर केरकार गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आदेशमा उनलाई प्रहरीले नियन्त्रणमा लिएर केरकार गरेको हो ।
यद्यपि उनीमाथि कुन कसूरमा प्रहरीले सोधपुछ गरेको भन्नेबारे प्रहरी अधिकारीहरूले खुलाएका छैनन् । उनलाई मुद्दा चलाउने किसिमको केही आधार नदेखिएपछि छोडिएको स्रोत बताउँछ ।
‘माथिकै आदेश थियो । केही विषयमा उहाँमाथि सोधपुछ गर्नुपर्ने भएर नियन्त्रणमा लिइएको थियो, केरकार गरेर छाडिएको छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो ।