मुख्य समाचार
अयोध्या पुगेर राम मन्दिर दर्शन
अयोध्या पुगेर राम मन्दिर दर्शन

। भारत भ्रमण पूरा गरी स्वदेश फर्किनुअघि रास्वपा सभापति रवि लामिछाने अयोध्या पुगेर राम मन्दिर दर्शन गरेका छन् ।

उनी पत्नी निकिता, पार्टी सहमहामन्त्री विपिन कुमार आचार्य, प्रनिनिधि सभा सदस्य दीपक बोहोरासहित अयोध्या पुगेका हुन् ।

उनीहरुले राम मन्दिर दर्शन तथा पूजा गरेका छन् । रवि नेतृत्वको प्रतिनिधि मण्डल आजै काठमाडौं फर्किंदै छ ।

आजै रास्वपा नेता समेत रहेका परराष्ट्रमन्त्री शिशिर खनाल आजै भारत भ्रमणमा जाँदैछन् ।

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए ।

भारत बसाइको क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेटवार्ता गरेका थिए।

रवि नेतृत्वको भ्रमण टोलीमा रास्वपा सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य छन् । रास्वपा प्रवक्ता मनिष झाका अनुसार रवि नेतृत्वको रास्वपा टोली भारतबाट आज जेठ २२ गते स्वदेश फर्किंदै छ ।

रवि स्वदेश फर्किएलगत्तै समकक्षी एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री शिशिर खनाल नयाँदिल्ली जाँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार खनालले समकक्षी एस जयशंकरका साथै भारतका उच्चपदस्थ नेताहरुसँग दुई पक्षी हितका विषयमा कुराकानी गर्ने छन् । खनालको भारत भ्रमणको क्रममा सीमा समस्या लगायत नेपाल–भारतका सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल भारत प्रबुद्ध समूहका नेपालतर्फका संयोजक डा. भेषबहादुर थापाले इपिजीको प्रतिवेदन र त्यससँग सम्बन्धित कागजात राखिएको दराजको चाबी परराष्ट्र मन्त्रालयलाई नै जिम्मामा राख्न दिएका छन् । उमेरका कारण आफ्नो स्वास्थ अवस्थालाई कारण देखाउँदै उनले परराष्ट्र मन्त्री र परराष्ट्र सचिवको जिम्मामा चाबी हस्तान्तरण गरेका हुन् । नेपाल र भारतका समस्या र समाधानमा उपाहरू खोज्न दुवै देशले ...
। सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरमा ट्याक्टरको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अर्जुन साहकी छोरी अंकिताकुमारी साह छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले बिहीबार दिउँसो १२ बजे गडहियाबाट मिर्जापुरतर्फ जाँदै गरेको ना.४ त. ८८३४ नम्बरको ट्याक्टरले अंकितालाई ठक्कर दिएको थियो । उनी त्यो बेला विद्यालयबाट घर ...
। गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजको बसको ठक्करबाट भरतपुरमा एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार दिउँसो भरतपुर महानगरपालिका–१६ विजयनगर चोकमा कलेजको ना १ क ७४९४ नम्बरको बसले साइकलमा सवार भरतपुर–१७ का ७० वर्षीय सुकराम चौधरीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले चालकले मापसे ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका सिनियर नेताहरुलाई तथ्यमा आधारित कुरा बोल्न निर्देशन दिएका छन् । संगठन विभागले गरेको कार्यशालामा भाग लिन आएका सिनियर नेताहरुलाई यथार्थ कुरा नबोल्दा पार्टीले सही सूचना नपाउने महासचिव पोखरेलले बताए । ‘कार्यकर्तातिर जाँदा एउटा कुरा गर्ने, नेतासँग आउँदा अर्को कुरा गर्नुभयो भने पार्टीले सही कुरा प्राप्त गर्नै सक्दैन,’ पोखरेलले भने, ...
। अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएर व्यावसाय गरिरहेका दुई जना चिनियाँ नागरिक पक्राउ गरेको छ । पर्यटक भिसाको उद्देश्यविपरीत नेपाल बसेर व्यावसायिक गतिबिधिमा संलग्न चिनियाँ नागरिकलाई बिहीबार पक्राउ गरेको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए । विभागका अनुसार उनीहरू सन् २०२४ मा चीनस्थित तिब्बत हुइदा इन्टरनेसनल ट्रेड तथा जिजाङ साङ चेन्ग हेल्थ इन्डस्ट्रीका बजार विश्लेषकका ...