मुख्य समाचार
निजी विद्यालयको शुल्क विवादको विषयमा सोधपुछका लागि इलाका प्रहरी कार्यालय बोलाइएका एक सर्वसाधारणमाथि कुटपिट
निजी विद्यालयको शुल्क विवादको विषयमा सोधपुछका लागि इलाका प्रहरी कार्यालय बोलाइएका एक सर्वसाधारणमाथि कुटपिट

। निजी विद्यालयको शुल्क विवादको विषयमा सोधपुछका लागि इलाका प्रहरी कार्यालय बोलाइएका एक सर्वसाधारणमाथि कुटपिट भएको छ ।

धनकौल गाउँपालिका–५ मा रहेको इलाका प्रहरी कार्यालय हरकठवामा स्थानीय फेकु दासमाथि प्रहरीद्वारा कुटपिट भएको हो । प्रहरीले भने मादक पदार्थ सेवन गरेर प्रहरीमाथि आक्रमण गर्न खोजेपछि आत्मरक्षामा लाठी चार्ज भएको दाबी गरेको छ ।

के हो घटना ?

दासका दुई छोरा अघिल्लो शैक्षिक सत्रमा स्थानीय साइनिङ स्टार एकेडेमी बोर्डिङ स्कुलमा अध्ययन गर्नेगरेका थिए । अहिले उनले दुवै छोरालाई अर्कै विद्यालयमा भर्ना गरेका थिए ।

त्यसपछि आफ्नो विद्यालयमा १३ हजार ६०० शुल्क नतिरेको भन्दै विद्यालय सञ्चालक सञ्जय साहले जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा निवेदन दिएका थिए । सोही निवेदनमाथि छलफल गर्न जिल्ला प्रशासन कार्यालयबाट जिल्ला प्रहरी कार्यालय हुँदै इलाका प्रहरी कार्यालय हरकठवालाई पत्राचार गरेको थियो ।

इलाका प्रहरी कार्यालयबाट बोलावट आएपछि बुधबार उनी पत्नीसहित पुगेका थिए । त्यहाँ प्रहरीले बोर्डिङ स्कुलको सबै शुल्क तिरिसकेको उनले दाबी गरेका थिए । प्रहरीले केही कागजातमा हस्ताक्षर गर्न भनेपछि आफूले सबै शुल्क तिरिसकेकाले हस्ताक्षर गर्न अस्वीकार गरेको उनले बताए ।

आफूले हस्ताक्षर गर्न अस्वीकार गरेपछि प्रहरी जवान रामजीवन पासवानले आफूलाई अर्को कोठाभित्र लगेर बाँसको भाटा र बुटले कुटपिट गरेको दासको भनाइ छ ।

कुटपिटबाट आफ्नो बायाँ हात, तिघ्रा र पिठ्युँमा गम्भीर चोट लागेको दासका दाइ इन्दल दासले बताए । कुटपिटपछि उनलाई उपचारका लागि बरहथवास्थित हनुमन्त अस्पताल लगिएको थियो ।

इन्दलले आफ्ना भाइमाथि प्रहरीले कुनै कानुनी प्रक्रिया नअपनाएर अमानवीय रूपमा शारीरिक यातना दिएको आरोप लगाए ।

उता इलाका प्रहरी कार्यालय हरकठवाका प्रमुख प्रहरी नायब निरीक्षक(सई) पदम खड्काले दासमाथि कुटपिट भएको स्वीकार गरे । उनले कार्यालयभित्र दास र प्रहरी जवानबीच विवाद हुँदा प्रतिरक्षामा जवानले लाठी चलाउनुपरेको बताए ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक(एसपी) रविन्द्रनाथ पौडेलले दासले मदिरा सेवन गरेर आएको र प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रतिरक्षामा लाठी चलाएको बताए ।

‘त्यो जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराउनुपर्ने घटना रहेछ । त्यहाँ प्रहरीले त्यही भनेको रहेछ । प्रहरीले जिप्रका जानुपर्छ भन्दा मापसे गरेर आउनुभएको र त्यहाँ रहेको प्रहरीमाथि हातपात भएपछि सेल्फ डिफेन्स लाठी हानेको हो,’ एसपी पौडेलले भने, ‘कानुनबमोजिम जहाँ हान्नुपर्ने हो, त्यही मात्र हानिएको छ ।’ उनले घुँडाभन्दा माथि प्रहरीबाट लाठी चार्ज नभएको दाबी गरे ।

यद्यपि, प्रहरी अनियन्त्रित नभइदिए हुन्थ्यो भन्ने लागेको उनले बताए । ‘तराईमा यस्तै समस्या छ । त्यही भएकाले हामी सकभर अनियन्त्रित नहुनु भन्दैआएका हुन्छौं । प्रहरी नियन्त्रित भइदिए हुन्थ्यो भन्ने हाम्रो धारणा हो,’ एसपी पौडेलले भने ।

घटनाबारे जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतमको नेतृत्वमा छानबिन समिति गठन भइसकेको पनि उनले बताए । उनले अगाडि भने, ‘घटनाबारे छानबिन सुरु भइसक्यो । प्रहरीबाट गलत भएको छ भने विभागीय कारबाही हुन्छ ।’

उता निजी विद्यालय सञ्चालक सञ्जय साहले पटक–पटक ताकेता गर्दा पनि तिर्न बाँकी शुल्क नतिरेकाले जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिनुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल भारत प्रबुद्ध समूहका नेपालतर्फका संयोजक डा. भेषबहादुर थापाले इपिजीको प्रतिवेदन र त्यससँग सम्बन्धित कागजात राखिएको दराजको चाबी परराष्ट्र मन्त्रालयलाई नै जिम्मामा राख्न दिएका छन् । उमेरका कारण आफ्नो स्वास्थ अवस्थालाई कारण देखाउँदै उनले परराष्ट्र मन्त्री र परराष्ट्र सचिवको जिम्मामा चाबी हस्तान्तरण गरेका हुन् । नेपाल र भारतका समस्या र समाधानमा उपाहरू खोज्न दुवै देशले ...
। सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरमा ट्याक्टरको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अर्जुन साहकी छोरी अंकिताकुमारी साह छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले बिहीबार दिउँसो १२ बजे गडहियाबाट मिर्जापुरतर्फ जाँदै गरेको ना.४ त. ८८३४ नम्बरको ट्याक्टरले अंकितालाई ठक्कर दिएको थियो । उनी त्यो बेला विद्यालयबाट घर ...
। गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजको बसको ठक्करबाट भरतपुरमा एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार दिउँसो भरतपुर महानगरपालिका–१६ विजयनगर चोकमा कलेजको ना १ क ७४९४ नम्बरको बसले साइकलमा सवार भरतपुर–१७ का ७० वर्षीय सुकराम चौधरीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले चालकले मापसे ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका सिनियर नेताहरुलाई तथ्यमा आधारित कुरा बोल्न निर्देशन दिएका छन् । संगठन विभागले गरेको कार्यशालामा भाग लिन आएका सिनियर नेताहरुलाई यथार्थ कुरा नबोल्दा पार्टीले सही सूचना नपाउने महासचिव पोखरेलले बताए । ‘कार्यकर्तातिर जाँदा एउटा कुरा गर्ने, नेतासँग आउँदा अर्को कुरा गर्नुभयो भने पार्टीले सही कुरा प्राप्त गर्नै सक्दैन,’ पोखरेलले भने, ...
। अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएर व्यावसाय गरिरहेका दुई जना चिनियाँ नागरिक पक्राउ गरेको छ । पर्यटक भिसाको उद्देश्यविपरीत नेपाल बसेर व्यावसायिक गतिबिधिमा संलग्न चिनियाँ नागरिकलाई बिहीबार पक्राउ गरेको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए । विभागका अनुसार उनीहरू सन् २०२४ मा चीनस्थित तिब्बत हुइदा इन्टरनेसनल ट्रेड तथा जिजाङ साङ चेन्ग हेल्थ इन्डस्ट्रीका बजार विश्लेषकका ...