मुख्य समाचार
संसदीय समितिका बैठक गोप्य बस्न सक्ने गरी धमाधम कार्यविधि बन्दै
संसदीय समितिका बैठक गोप्य बस्न सक्ने गरी धमाधम कार्यविधि बन्दै

। संसदीय समितिका बैठक गोप्य बस्न सक्ने गरी धमाधम कार्यविधि बन्दैछन् ।

संघीय संसद्अन्तर्गत १६ वटा विषयगत समिति छन् । यसमध्ये प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रियसभा अन्तर्गत ४ वटा समिति छन् । दुई वटा समिति संयुक्त समिति रहेका छन् ।




प्रतिनिधिसभा अन्तर्गतका समिति र संयुक्त समिति कार्यविधि बनाउने चरणमा छन् । केही समितिले कार्यविधि बनाइसकेका छन् भने अधिकांश समिति कार्यविधि बनाउने चरणमै छन् ।

कार्यविधि बनाइसकेका समितिले गोप्य बस्न सक्ने प्रावधान राखेको छ भने कार्यविधि बनाउँदै गरेका समिति सदस्यहरू पनि यो विषयमा छलफलमा छन् ।




संसदीय सुनुवाइ समितिको कार्यविधिको दफा १८ मा समितिको बैठक गोप्य हुनसक्ने व्यवस्था छ । जहाँ विषयवस्तुको संवेदनशीलता, आवश्यकता र औचित्यको आधारमा समितिका बैठक गोप्य हुन सक्ने भनिएको छ ।

उपदफा ३ मा अगाडि भनिएको छ, ‘गोप्य बैठकमा प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, संघीय संसद्‌को महासचिव, प्रतिनिधि सभाको सचिव, राष्ट्रिय सभाको सचिव, सचिवालय सचिव, संसदीय सुनुवाइ समितिको सचिव, संसदीय सुनुवाइ समितिको सचिवालयमा कार्यरत कर्मचारी र सुरक्षाका लागि खटिएका मर्यादापालक तथा आमन्त्रित व्यक्ति बाहेक अन्य कुनै पनि व्यक्तिलाई प्रवेश दिइने छैन ।’

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पनि कार्यविधि बनाएको छ । जसको दफा १५ मा गोप्य बैठकसम्बन्धी प्रावधान छ ।

‘समितिले उपयुक्त ठानेमा विषयको गाम्भीर्यतालाई हेरी गोप्य बैठक बस्न सक्नेछ’ दफा १५ को उपदफा १ मा उल्लेख छ ।

यस व्यवस्था अनुसार गोप्य बैठकमा संघीय संसदका सभामुख, उपसभामुख, महासचिव, प्रतिनिधि सभाका सचिव, समितिको सचिव, समिति सचिवालयमा कार्यरत कर्मचारी र सुरक्षाका लागि खटिएका मर्यादापालक तथा आमन्त्रित व्यक्तिबाहेक अन्य कुनै पनि व्यक्तिलाई प्रवेश गर्न अनुमति दिइने छैन ।

प्रतिनिधिसभा नियमावली प्रतिनिधिसभाबाट पारित भएसँगै संसदीय समितिहरूले आन्तरिक कार्यविधि बनाउन थालेका हुन् ।

प्रतिनिधिसभाकै बैठक समेत गोप्य हुन सक्ने प्रावधान नियमावलीमा छ । नियमावलीको नियम १७१ मा यस्तो व्यवस्था छ ।

‘राष्ट्रिय सुरक्षा र राष्ट्रिय संकटसम्बन्धी कुनै विषयको छलफल गोप्य बैठकमा गरियोस् भनी प्रधानमन्त्रीले अनुरोध गरेमा तथा त्यस्तो अनुरोध सभामुखलाई मनासिब लागेमा सो विषयको छलफल गोप्य बैठकमा गराउने निर्णय गर्न सक्नेछ’ उपनियम १ मा भनिएको छ ।

यसअनुसार सभाको गोप्य बैठक बसेको समयमा सभाका सदस्य बाहेक कुनै पनि व्यक्ति बैठक कक्षमा बस्न पाउने छैनन् । तर सभामुखले अनुमति दिएमा राष्ट्रिय सभाका सदस्य र सचिवालयका कर्मचारी, मर्यादापालक वा अन्य व्यक्ति बैठक कक्षमा उपस्थित हुन बाधा नपर्ने प्रावधान पनि साथमै राखिएको छ ।

गोप्य बैठकको कारबाही वा निर्णयको संक्षिप्त विवरणको अभिलेख सभामुखले उपयुक्त ठहर्‍याएको तरिकाले राख्न र प्रकाशन गराउन सक्नेछन् । सभामुख वा निजले अधिकृत गरेको व्यक्तिबाहेक अन्य कुनै पनि व्यक्तिले गोप्य बैठकको कारबाहीको कुनै अभिलेख राख्न वा कसैलाई त्यस्तो बैठकको कुनै कुरा भन्न वा प्रचार गर्ने अधिकार हुँदैन ।

गोप्य बैठकको कारबाही गोप्य राखिरहनु आवश्यक छैन भन्ने लागेमा भने सभामुखको अनुमतिले प्रधानमन्त्री वा निजद्वारा अधिकृत कुनै सदस्यले गोप्य बैठकको कारबाही गोप्य नराख्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्न सक्नेछन् । यस्तो प्रस्ताव स्वीकृत भएमा सचिवले गोप्य बैठकको कारबाही र निर्णयको विवरण तयार गरी प्रकाशन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजको बसको ठक्करबाट भरतपुरमा एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार दिउँसो भरतपुर महानगरपालिका–१६ विजयनगर चोकमा कलेजको ना १ क ७४९४ नम्बरको बसले साइकलमा सवार भरतपुर–१७ का ७० वर्षीय सुकराम चौधरीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले चालकले मापसे ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका सिनियर नेताहरुलाई तथ्यमा आधारित कुरा बोल्न निर्देशन दिएका छन् । संगठन विभागले गरेको कार्यशालामा भाग लिन आएका सिनियर नेताहरुलाई यथार्थ कुरा नबोल्दा पार्टीले सही सूचना नपाउने महासचिव पोखरेलले बताए । ‘कार्यकर्तातिर जाँदा एउटा कुरा गर्ने, नेतासँग आउँदा अर्को कुरा गर्नुभयो भने पार्टीले सही कुरा प्राप्त गर्नै सक्दैन,’ पोखरेलले भने, ...
। अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएर व्यावसाय गरिरहेका दुई जना चिनियाँ नागरिक पक्राउ गरेको छ । पर्यटक भिसाको उद्देश्यविपरीत नेपाल बसेर व्यावसायिक गतिबिधिमा संलग्न चिनियाँ नागरिकलाई बिहीबार पक्राउ गरेको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए । विभागका अनुसार उनीहरू सन् २०२४ मा चीनस्थित तिब्बत हुइदा इन्टरनेसनल ट्रेड तथा जिजाङ साङ चेन्ग हेल्थ इन्डस्ट्रीका बजार विश्लेषकका ...
। वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायी विरुद्ध परेका पुराना उजुरी तथा निवेदन चाँडो टुंग्याउ निर्देशन दिएको छ । श्रम स्वीकृति लिएर विदेश गएका तथा विभिन्न समस्यामा परेका वा विदेशबाट फर्किएका श्रमिकले दर्ता गराएका उजुरी तथा निवेदन चाँडो टुंग्याउन सम्बन्धित म्यानपावर व्यवसायीलाई विभागले निर्देशन दिएको हो । विभागले एक सूचना जारी गर्दै राहत तथा उद्धार शाखामा दर्ता भएका ...
। झापाको अर्जुनधारामा बिहीबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । अजुनधारा नगरपालिका–११ का ४४ वर्षीय सागर भनिने डम्बर हस्दाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन बानियाका अनुसार स्थानीय कालीमन्दिर नजिकै हिले खोलामा हस्दा करेन्ट लगाएर माछा मारिरहेका थिए । सोही क्रममा करेन्ट लागेर उनी ढलेका ...