मुख्य समाचार
प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहको राजीनामा माग गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौंमा प्रदर्शन
प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहको राजीनामा माग गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौंमा प्रदर्शन

: प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहको राजीनामा माग गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ । सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै नेकपा आवद्ध जनवर्गीय संगठन समन्वय मोर्चाले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने र राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै नारावाजी गरेका छन्। साथै प्रदर्शनकारीहरुले जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा, झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन, आत्मसमर्पणवादको विरोध गर्रौ, जिम्मेवार बोल, सत्य बोल, राष्ट्रको सम्मान जोगाऊ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सो क्रममा नेकपाका नेता राजेन्द्र पाण्डेले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त घृणित, गैरजिम्मेवारपूर्ण र राष्ट्रिय अखण्डताकोविरुद्ध भएकाले विरोध गरिएको जानकारी दिए । उनले देशको प्रधानमन्त्रीले यस्तो कुरा बोलिसकेपछि अन्य विकसित मुलकहरूमा संसदबाट बाहिर निस्कने बित्तिकै राजीनामा दिनुपर्ने परिस्थिति हुने भए पनि नेपालमा यसलाई सामान्यकरण गर्न खोजिएको भन्दै आपत्ति जनाए । नेता पाण्डेले यस बिषयमा प्रधानमन्त्रीले बोल्न नहुने कुरा बोलें भनेर माफी माग्नुपर्ने र त्यसो नगरे राजीनामा दिनुपर्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजको बसको ठक्करबाट भरतपुरमा एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार दिउँसो भरतपुर महानगरपालिका–१६ विजयनगर चोकमा कलेजको ना १ क ७४९४ नम्बरको बसले साइकलमा सवार भरतपुर–१७ का ७० वर्षीय सुकराम चौधरीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले चालकले मापसे ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका सिनियर नेताहरुलाई तथ्यमा आधारित कुरा बोल्न निर्देशन दिएका छन् । संगठन विभागले गरेको कार्यशालामा भाग लिन आएका सिनियर नेताहरुलाई यथार्थ कुरा नबोल्दा पार्टीले सही सूचना नपाउने महासचिव पोखरेलले बताए । ‘कार्यकर्तातिर जाँदा एउटा कुरा गर्ने, नेतासँग आउँदा अर्को कुरा गर्नुभयो भने पार्टीले सही कुरा प्राप्त गर्नै सक्दैन,’ पोखरेलले भने, ...
। अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएर व्यावसाय गरिरहेका दुई जना चिनियाँ नागरिक पक्राउ गरेको छ । पर्यटक भिसाको उद्देश्यविपरीत नेपाल बसेर व्यावसायिक गतिबिधिमा संलग्न चिनियाँ नागरिकलाई बिहीबार पक्राउ गरेको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए । विभागका अनुसार उनीहरू सन् २०२४ मा चीनस्थित तिब्बत हुइदा इन्टरनेसनल ट्रेड तथा जिजाङ साङ चेन्ग हेल्थ इन्डस्ट्रीका बजार विश्लेषकका ...
। वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायी विरुद्ध परेका पुराना उजुरी तथा निवेदन चाँडो टुंग्याउ निर्देशन दिएको छ । श्रम स्वीकृति लिएर विदेश गएका तथा विभिन्न समस्यामा परेका वा विदेशबाट फर्किएका श्रमिकले दर्ता गराएका उजुरी तथा निवेदन चाँडो टुंग्याउन सम्बन्धित म्यानपावर व्यवसायीलाई विभागले निर्देशन दिएको हो । विभागले एक सूचना जारी गर्दै राहत तथा उद्धार शाखामा दर्ता भएका ...
। झापाको अर्जुनधारामा बिहीबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । अजुनधारा नगरपालिका–११ का ४४ वर्षीय सागर भनिने डम्बर हस्दाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन बानियाका अनुसार स्थानीय कालीमन्दिर नजिकै हिले खोलामा हस्दा करेन्ट लगाएर माछा मारिरहेका थिए । सोही क्रममा करेन्ट लागेर उनी ढलेका ...