मुख्य समाचार
म्याद नाघेको खाद्यवस्तु बेचेपछि काठमाडौं फनपार्क लगायतलाई सवा ३ लाख जरिबाना
म्याद नाघेको खाद्यवस्तु बेचेपछि काठमाडौं फनपार्क लगायतलाई सवा ३ लाख जरिबाना

। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा कैफियत भेटिएका ६ वटा व्यावसायिक फर्मलाई जरिबाना तिराएको छ ।

बिहीबार गरिएको अनुगमन क्रममा उपभोक्ता हित विपरीत कार्य गर्ने ती फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम ३ लाख २६ हजार रुपैयाँ जरिबाना गरिएको हो ।




सबैभन्दा बढी जरिबाना भृकुटीमण्डपस्थित काठमाडौं फन पार्कलाई गरिएको छ । फन पार्कले म्याद नाघेका (डेट एक्स्पायर्ड) खाद्य सामग्री बिक्रीका लागि राखेको भेटिएपछि विभागले २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको हो ।

विभागका सूचना अधिकारी निर्माणकुमार कार्कीले फनपार्कमा ठूलो परिमाणमा म्याद नाघेका खाद्यवस्तु बिक्री गरिरहेको फेला परेको जानकारी दिए ।




त्यस्तै नयाँ बानेश्वरमा रहेको रेडोलेन्स नेपाल प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना गरिएको छ । उक्त फर्मले आवश्यक अनुमति नै नलिई आफैं अत्तर (सेन्ट) हरूको लेबलिङ र बोटलिङ गर्ने गरेको पाइएकाले कारबाही गरिएको कार्कीले बताए ।

अनुगमनकै क्रममा शंखमुलस्थित इलाभेन इलाभेन ग्रुप प्रालिलाई ५१ हजार रुपैयाँ जरिबाना गरिएको छ ।

यस्तै काठमाडौं पञ्चकुमारीस्थित पूर्वेली सेकुवा कर्नरले उपभोक्तालाई बिल नदिई कारोबार गरेको भेटिएपछि १० हजार रुपैयाँ जरिबाना गरिएको छ ।

यसका साथै चाबहिलको मोबडिल्ज र बुद्धनगरको गणेश मोटर बाइक वर्कसपलाई जनही ५ हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ ।

जरिबानाका अतिरिक्त विभागले भीमसेनगोलाको गर्ल्स क्लोजेट प्रालि चाबहिलको रुम्बा कलेक्सन र नाचघर गल्लीको डेलिसियस मम पसललाई भने सामान्य निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सहमतिमा मात्रै संविधान संशोधनको कार्यलाई सहज रुपमा अघि बढ्न सक्ने सुझाव दिएकी छिन् । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वराष्ट्रपति भण्डारीसँग निवासमै पुगेर भेट गरेको थियो । भेटमा राष्ट्रिय हित र प्रणालीगत सुधारका विषयमा केन्द्रित भई महत्वपूर्ण छलफल भएको ...
। प्रहरीले सचिव कृष्णहरि पुष्करसँग सोधपुछ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई बिहीबार केहीबेर नियन्त्रणमा लिएर केरकार गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आदेशमा उनलाई प्रहरीले नियन्त्रणमा लिएर केरकार गरेको हो । यद्यपि उनीमाथि कुन कसूरमा प्रहरीले सोधपुछ गरेको भन्नेबारे प्रहरी अधिकारीहरूले खुलाएका छैनन् । उनलाई मुद्दा ...
। ओखलढुंगामा एक पुरुषको शव फेला परेको छ । सिद्धिचरण नगरपालिका–४ टारीखेतस्थित कुलोमा खोटाङ हलेसीतुवाचुङ नगरपालिका–९ हलेसी सल्ले घर भएका ५५ वर्षीय रत्न बहादुर मोहोराको शव भेटिएको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
। रास्वपा सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार साँझ दिल्लीमा भेटवार्ता भएको हो । रास्वपा सभापति लामिछाने पाँच दिने भ्रमणका लागि गत १८ गते नयाँ दिल्ली गएका थिए । भाजपाको निमन्त्रणामा दिल्ली गएका उनी त्यसयता थुप्रै राजनीतिक भेटघाट गरिसकेका छन् ...
। रोल्पामा पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । बिहीबार रुन्टीगढी गाउँपालिका–९ सखीका ४४ वर्षीय रेशम नेपालीको पोखरीमा डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार नेपालीको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा फेला परेका हुन् । मृतक नेपाली क्षयरोगका बिरामी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता इन्स्पेक्टर कृष्ण श्रेष्ठले ...