। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा उपभोक्ता ठगी गर्ने तथा नियम उल्लंघन गर्ने चार वटा व्यावसायिक फर्मलाई ८५ हजार रुपैयाँ नगद जरिबाना तिराएको छ ।
विभागले बुधबार गरेको बजार अनुगमनमा ती फर्मले उपभोक्ता संरक्षण ऐन प्रतिकूल कार्य गरेको भेटिएपछि उक्त जरिबाना तिराइएको हो ।
अनुगमन क्रममा ललितपुर धोबीघाटस्थित टाउन ब्वाइज एन्ड गर्ल्स होस्टललाई ५० हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ ।
यसैगरी ललितपुर जावलाखेलमा रहेको ब्लु फक्स रेस्टुरेन्टलाई २० हजार, काठमाडौं बौद्ध क्षेत्रमा सञ्चालित शाम्भाला होम प्रालिलाई १० हजार र कोल्ड एन्ड हट स्पाइसी नुडल्सलाई ५ हजार रुपैयाँ जरिबाना तिराइएको छ ।
यी फर्मले ऐनको दफा १५ बमोजिमको निर्देशन पालना नगरेको र दफा ३८ (छ) बमोजिमको कसुर गरेको विभागको ठहर छ ।
जरिबाना बाहेक विभागले अन्य ५ व्यावसायिक फर्मलाई सामान्य निर्देशन दिएको छ ।