मुख्य समाचार
सरकार सर्वसत्तावादी अभ्यासमा रहेकाले संसद् अवरोध गर्नुपरेको टिप्पणी
सरकार सर्वसत्तावादी अभ्यासमा रहेकाले संसद् अवरोध गर्नुपरेको टिप्पणी

। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकार सर्वसत्तावादी अभ्यासमा रहेकाले संसद् अवरोध गर्नुपरेको टिप्पणी गरेका छन् । बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूहरूलाई विरोध गर्ने रहर नहुँदानहुँदै सरकारले बाध्य पारेको बताएका हुन् ।

‘लड्ने, विरोध गर्ने रहर हुँदैन । हाम्रो रहर पटक्कै छैन । हामी रहरले रमाइलो मानेर त्यो गरिरहेका छैनौं,’ प्रमुख सचेतक महरले भने, ‘हामीलाई के थाहा छ भने, जनताका आवाज बुलन्द हुने, जनताका समस्या समाधान गर्ने, जनताका समस्या नै राख्ने ठाउँ हो संसद् । सार्वभौम थलो हो । त्यसकारण बन्धक बनाइनु हुँदैन, त्यसलाई अवरोध गरिनु हुँदैन ।’

संसद्लाई जति चलायो, त्यति जनताका समस्या त्यहाँ आउने र ऐन, कानुन बन्ने कुरामा आफू जानकार रहेको उनले बताए ।

‘संसद् सरकारलाई उत्तरदायी बनाउने थलो पनि हो, त्यसकारण त्यसलाई अवरोध गरेर, विरोध गर्नु राम्रो होइन, त्यसले देशलाई राम्रो गर्दैन भन्ने कुरामा हामी संवेदनशील पनि छौं, सचेत पनि छौं,’ उनले भने ।

तर, अहिले संसद् अवरोध गर्नु आफ्नो बाध्यता रहेको उनले बताए । उनले अगाडि भने, ‘यो परिस्थितिवस आइलागेको अवस्था हो, यसप्रति हामी दुखी छौं । हामी जिम्मेवार बन्न चाहन्छौं ।’

आफूहरू अराजक बनेर, अमर्यादित बनेर, संसद्को मर्यादा र गरिमामा आँच आउने काम गर्न नचाहने उनले बताए ।

‘तर, पछिल्लो समय सरकार र सभामुख जसरी प्रस्तुत भइराख्नुभएको छ, त्यो विचार गर्नुपर्ने कुरा छ, बडो ध्यान दिनुपर्ने कुरा छ,’ महरले भने, ‘सरकारलाई सर्वसत्तावाद हाबी भएको छ ।’

सत्ता पक्षलाई ‘हामीले संसार जितेका छौं, संविधान पनि केही होइन, संसद् पनि केही होइन, ऐनकानुन केही होइनन्’ भन्ने परेको उनले दाबी गरे ।

‘हाम्रो १८२ को संख्या अल इन अल हो । हामी यसका माध्यमबाट जे पनि गर्नसक्छौं भन्दै, निरन्तरतामा क्रमभंगता भनेर उहाँले जानेर हो वा नजानेर एउटा भाष्य लाग्नुभएको छ’, उनले भने ।

त्यसका आधारमा प्रचलित कानुन, मूल्यमान्यता, अभ्यास नजरअन्दाज गरेर अगाडि बढ्न खोजेको उनले टिप्पणी गरे । उनले अगाडि भने, ‘जुन यी प्रवृत्ति छन्, यी लोकतन्त्रविरोधी प्रचलित अभ्यासविरोधी, कानुनविरोधी, जनता विरोधी र राष्ट्रविरोधी छन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भिरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी निवासी १७ वर्षीय अस्मित राना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार राति साथीहरूसँग बसेका बेला पिसाब फेर्न जाने क्रममा राना झरौटा खोला नजिक रहेको करिब ९० मिटर अग्लो भीरबाट लडेका थिए । गम्भीर घाइते भएका ...
। कीर्तिपुर होल्डिङ सेन्टरका सुकुमवासीले सरकारले भनेअनुसार बैंक खाता खोल्न अस्वीकार गरेका छन् । सरकारले घोषणा गरेअनुसार एकमुष्ट २५ हजार र पछि १५ हजार रुपैयाँ रकम उपलब्ध गराउने योजनाअनुरूप खाता खोल्न भनिए पनि उनीहरूले त्यो अस्वीकार गरेका हुन् । कीर्तिपुर होल्डिङ सेन्टरमा रहेका सुकुमवासी राजकुमार माझीका अनुसार बुधबार सरकारको तर्फबाट भन्दै प्रभु बैंकको टोली खाता खोलाउन कीर्तिपुर ...
। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा उपभोक्ता ठगी गर्ने तथा नियम उल्लंघन गर्ने चार वटा व्यावसायिक फर्मलाई ८५ हजार रुपैयाँ नगद जरिबाना तिराएको छ । विभागले बुधबार गरेको बजार अनुगमनमा ती फर्मले उपभोक्ता संरक्षण ऐन प्रतिकूल कार्य गरेको भेटिएपछि उक्त जरिबाना तिराइएको हो । अनुगमन क्रममा ललितपुर धोबीघाटस्थित टाउन ब्वाइज एन्ड गर्ल्स होस्टललाई ...
। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वश्नीय बनाउन सरकारले आवश्यक कानुन बनाउन खोजेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफलका क्रममा मन्त्री पोखरेलले मुलुकको राष्ट्रियस्तरको प्रयोगशालालाई नियमन गर्दै ...
। वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै सर्वसाधारणलाई ठगी गर्ने म्यानपावर सञ्चालक र कर्मचारीलाई प्रहरीले पक्राउ गरेकाे छ । मोरङको रतुवामाई नगरपालिका–८ घर भएका ३७ वर्षीय उद्धव पाठक र रतुवामाई ९ का २५ वर्षीय अभि भण्डारी पक्राउ परेका हुन् । भण्डारी रतुवामाई–८ दाम्राभिट्टामा पाठकले सञ्चालन गरेको के एस ए नामक म्यानपावरका लेखापाल र एजेन्ट हुन् । ठगीको ...