मुख्य समाचार
खेती गरिएको चैते धान ‘गबारो’ र ‘नेक ब्लास्ट’ नामक रोगको प्रकोपले नष्ट
खेती गरिएको चैते धान ‘गबारो’ र ‘नेक ब्लास्ट’ नामक रोगको प्रकोपले नष्ट

। जिल्लामा खेती गरिएको चैते धान ‘गबारो’ र ‘नेक ब्लास्ट’ नामक रोगको प्रकोपले नष्ट गरेको छ । भित्र्याउने बेला भएको अधिकांश धानबालीमा क्षति पुगेको कृषि विकास कार्यालयले जनाएको छ ।

‘बाला झुलेर लगभग भित्र्याउने बेला भएको थियो,’ कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विवेक पौडेलले भने, ‘एक्कासी रोग लागेर सखाप बनायो ।’ पाँच दिनको अन्तरालमा करिव शतप्रतिशत बालीमा क्षति पुर्‍याएको उनले बताए ।

उनका अनुसार यो वर्ष गोरखा, सिरानचोक, पालुङटार लगायतका पालिकाका करिव तीन हजार रोपनी क्षेत्रफलमा चैते धान लगाइएको थियो । खेती भएका अधिकांश ठाउँमा यो रोग फैलिएको छ । भित्र्याउने बेला भएको धानवाली नष्ट भएपछि किसानहरू चिन्तित छन् ।

‘यो रोग लागेपछि धानको बालामा दानाको सट्टा भुस मात्र हुनेरहेछ । अधिकांश खेतीमा यही समस्या देखिएको छ,’ उनले भने । प्रदेश कृषि प्रयोगशाला पोखराबाट प्राविधिक टोलीले खेतीको स्थलगत अध्ययन समेत गरिसकेको उनले बताए ।

नेक ब्लास्ट र गबारो रोग रहेको प्रारम्भिक अनुमान टोलिले गरेको छ । परीक्षणको लागि नमुना संकलन गरेर प्रयोगशाला लगिएको छ ।

कार्यालयका अनुसार यसअघि गबारोले करिव २५ देखि ३० प्रतिशत खेति मात्र नोक्सान गर्थ्याे । तर यसपटक गबारोसँगै नेक ब्लास्ट रोगको प्रकोपले शतप्रतिशत बाली नष्ट गरेको पौडेलले बताए । रोकथामका लागि बिषादी वितरण गरेपनि नियन्त्रण नभएको उनले जानकारी दिए । ‘छोटो समयमा धेरै रोग फैलिएको छ, रोकथाम गर्न समस्या छ,’ उनले भने ।

विगत तीन वर्षदेखि गण्डकी प्रदेश सरकारले चैते धान खेतीलाई पाइलट प्रोजेक्टको रूपमा गोरखामा लागु गर्दै आएको छ ।

राष्ट्रिय कृषि आधुनिकिकरण परियोजनाको धान जोन क्षेत्रमा समेत पर्ने ठाउँहरूमा रोगको प्रकोप देखिएको हो ।

उक्त रोग बर्खे धानमा समेत फैलिने जोखिम रहेकाले समयमै त्यसको नियन्त्रण हुनुपर्ने कार्यालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ । बैंकले ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्रमा आज असोज २९ गतेदेखि आवेदन दिन सकिने जनाएको छ । सात वर्ष अवधिको उक्त ऋणपत्रमा कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र रौतहटका उखु किसानलाई अनुदान बापत १० करोड ४३ लाख रुपैयाँ भुक्तानीका लागि निकासा गरेको छ । गत आर्थिक वर्षको उखु उत्पादनमा आधारित अनुदान बापत पाउनुपर्ने उक्त रकम मन्त्रालयले सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा निकासा गरेको हो । मन्त्रालयका अनुसार उक्त रकम बर्दिया र रौतहटका ४ ...
। अर्थ मन्त्रालयले भोटेकोशी बाढीले राजस्व संकलन प्रभावित हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक अर्थ बुलेटिन सार्वजनिक गर्दै अर्थले खर्चको दायित्व बढ्ने, नाका बन्द हुने र कर छुट लगायत प्रावधानले चालु आव २०८३/८४ मा स्रोतमा थप चाप पर्ने बताएको हो । मन्त्रालयले भोटेकोशी बाढीपछिको राहत तथा पुनर्निर्माण बजेटको एक तिहाइभन्दा बढी हुने ...
। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । त्यस्तै गत आव २०८२/८३ (सन् २०२७) मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित भएको प्रक्षेपण पनि आईएमएफले गरेको छ । आईएमएफले मंगलबार सार्वजनिक गरेको उसको फ्ल्यागसिप प्रकाशन ‘वर्ल्ड इकोनोमिक आउटलुक’ (डब्लूईओ) को अक्टोबर संस्करणले यस्तो प्रक्षेपण गरेको ...
: सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा करिब ६७ करोड रुपैयाँको धान खरिद गर्ने भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँ रकमबराबरको धान खरिद गर्ने भएको हो। धानको न्यूनतम समर्थन मूल्यमा १५ हजार टन धान खरिद गर्ने योजना बनाएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम