मुख्य समाचार
जुवा खालबाट १२ जना पक्राउ, एक लाख बढी नगद बरामद
जुवा खालबाट १२ जना पक्राउ, एक लाख बढी नगद बरामद

: सुनसरी प्रहरीले इनरुवा नगरपालिका–६ स्थित शितल सेकुवा कर्नरबाट जुवा (तास) खेलिरहेको अवस्थामा १२ जनालाई खालबाटै पक्राउ गरेको छ । बुधबार राति उक्त स्थानमा मानिसहरू जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । प्रहरी पुग्दा जुवा खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी प्रमुख एसपी केशबकुमार थेबेले जानकारी दिएका छन् ।

प्रहरीले घटनास्थलबाट नगद १ लाख १ हजार ७३५ र एक बुङ तास बरामद गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा इनरुवा नगरपालिका–६ का ४७ वर्षीय जुनलक राई, वडा–९ का २८ वर्षीय ताहिर साफी, वडा–६ का ६० वर्षीय रामप्रसाद चौलागाईं, वडा–८ का ३७ वर्षीय उमेश साह हलुवाई, वडा–६ का ४७ वर्षीय बिनोद बोगटी र घरधनी शितल सेकुवा कर्नरका सञ्चालक ५९ वर्षीय सुरबहादुर राउतलाई पक्राउ गरिएको एसपी थेबेले बताए ।

उनका अनुसार वडा–८ का २९ वर्षीय नजावुल मियाँ तथा २५ वर्षीय अमिर मिया, भोक्राहा नरसिंह गाउँपालिका–२ का २७ वर्षीय फारुक अन्सारी, २२ वर्षीय मफूज अन्सारी, रामधुनी नगरपालिका–९ का ३३ वर्षीय उमेश सदा तथा कोशी गाउँपालिका–१ का ३४ वर्षीय बैजनाथ यादव पनि पक्राउ परेका छन्। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको एसपी थेबेले जानकारी दिएका छन् । प्रहरीले जिल्लामा अवैध जुवा–तास तथा अन्य आपराधिक गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिएर काममा नफर्किएका ४४ जना प्राध्यापकले ११ करोड रकम फिर्ता गरेका छन् । अध्ययन बिदामा गएका प्राध्यापक काममा नफर्किंदा २ अर्ब रुपैयाँ बढी नोक्सानी भएको समाचार अनलाइनखरबमा प्रकाशित भएपछि त्रिविले छानबिन समिति बनाएको थियो । डा. जीवन काफ्लेको संयोजकत्त्वमा गठित समितिले ३९८ जना प्राध्यापकले बिदा दुरुपयोग गरेको प्रतिवेदन तयार पारेको छ । ...
: सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका ७७४ वटा सवारी साधन नियन्त्रणमा लिएको छ। भन्सार छलीको आशंकामा सशस्त्रले मुस्ताङको कोरला नाकाबाट भित्रिएका गाडीहरू नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका अधिकांश गाडीहरू बीवाईडी रहेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णु प्रसाद भट्टले ती गाडीको कागजात शंकास्पद देखिएपछि नियन्त्रणमा लिएको बताए। उनले अन्नपूर्णसँग भने,'भन्सार पार गरिसकेका गाडीको ...
। रोल्पामा भएको सवारी दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ । माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान एमएच १४ टीसीजे ४७१ अस्थायी नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार एक महिला र दुई पुरुषको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा चालक दाङको घोराही उपमहानगरपालिका-७ ...
: सभामुख डोलप्रसाद (डीपी) अर्यालले जातीय विभेद र छुवाछुतविहीन समाज निर्माण गर्दै हरेक नेपालीको मर्यादा, स्वाभिमान र समान अधिकारको ग्यारेन्टी गर्नुपर्ने बताएका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा दलित आयोगले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख अर्यालले दलित समुदायको अधिकार संरक्षण र प्रवद्र्धनमा थप सक्रिय भूमिका निर्वाह गर्दै जातीय विभेद र छुवाछुतविहीन ...
। ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने स्कर्पियो नै चोरी भएको छ । मध्यराति ठेचोबाट उक्त स्कर्पियो चोरी भएको पाइएको छ । स्कर्पियो हराएपछि प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले स्कर्पियोको खोजी भइरहेको बताए । ‘हामीले विभिन्न प्राविधिक पक्षको विश्लेषण गरेर खोजी गरिरहेका छौं । अहिलेसम्म स्कर्पियो भेटिएको छैन,’ ...