मुख्य समाचार
प्रधानमन्त्रीले प्रचार गरेपछि डीडीसी उत्पादनको माग बढ्यो, मूल्य पनि बढाइयो
प्रधानमन्त्रीले प्रचार गरेपछि डीडीसी उत्पादनको माग बढ्यो, मूल्य पनि बढाइयो

। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले धारासायी बन्दै गएको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादनको प्रचार गरेपछि बजारमा माग बढेको छ ।

माग बढेसँगै डीडीसीले अत्याधिक खपत हुने केही उत्पादनको मूल्य सुटुक्क बढाएको छ । डीडीसीले दूध, दही, घिउ र पनिरको मूल्य वृद्धि गरेका हो । विक्रेताहरूका अनुसार डीडीसीका उत्पादनको भाउ २ रुपैयाँदेखि १०० रुपैयाँसम्म बढाइएको छ ।




दूधको मूल्य भने बुधबारबाट बढाइएको हो । पनिर, घिउ र दहीको मुल्य केहीदिनअघि बढाइएको थियो ।

विक्रेताहरूका अनुसार १५० रुपैयाँ प्रतिलिटरमा बिक्री हुने दहीको मूल्य १६० रुपैयाँ पुगेको छ । ४० रुपैयाँमा पाइने २०० ग्राम दहीको मुल्य ४५ रुपैयाँ पुगेको छ । आधा लिटर दहीको (बट्टावाला) मूल्य पहिले ८० रुपैयाँ थियो । अहिले बढेर ८५ रुपैयाँ पुगेको छ ।




दूधको प्रतिपोका आधा लिटरमा १ रुपैयाँ बढाइएको छ । कम फ्याट भएको स्ट्यान्डर्ड दूध आधा लिटरको ४९ रुपैयाँ थियो । वृद्धि गरेर ५० रुपैयाँ पुर्‍याइएको हो । फ्याट भएको दूधको मूल्य भने यथावत छ ।

विराटनगरको बजारमा खुला दूध ८० रुपैयाँ प्रतिलिटर बिक्री हुन्छ । डीडीसीले भने कम क्रिम भएको स्ट्यान्डर्ड दूध लिटरको एक सय रुपैयाँमा बिक्री गर्दै आएको छ । डीडीसीले क्रिम भएको दूध १२० रुपैयाँ लिटर बिक्री गर्छ ।

घिउको मूल्य १०० रुपैयाँ बढाइएको छ । प्रतिलिटर ११५० रुपैयाँ पर्ने घिउको मूल्यमा १०० रुपैयाँ वृद्धि गरी १२५० रुपैयाँ पुर्‍याइएको छ । पनिरको मूल्यमा प्रति किलो ५० रुपैयाँ बढाइएको छ । पहिले किलोको ८२५ रुपैयाँ पर्ने पनिरको मूल्य अहिले ८७५ रुपैयाँ पुगेको छ । विराटनगरका किराना पसल सञ्चालक अनिल बरालका अनुसार डीडीसीको पनिरको दुई सय ग्रामको १ पिसमा १० रुपैयाँ बढेको छ ।

माग पुर्‍याउन गाह्रो

प्रधानमन्त्री बालेनले केहीदिनअघि फेसबुकमार्फत डीडीसीका उत्पादनको प्रचार गरेका थिए । त्यसपछि यसप्रति आकर्षण बढेर माग पनि बढेको डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेको दाबी छ । उनकाअनुसार संस्थानका दुग्धजन्य पदार्थको माग ५० प्रतिशतको हाराहारीमा बढेको छ ।

माग बढ्दा संस्थानलाई सामग्रीको मौज्दात राख्नसमेत धौ–धौ परिरहेको उनले बताए । ‘प्रधानमन्त्री ज्युले डीडीसीका उत्पादन प्रयोग गरेपछि बजारमा सकारात्मक सन्देश गएको छ । अहिले माग यति धेरै छ कि हामी उत्पादन क्षमता बढाउनु पर्ने दबाबमा छौं,’ महाप्रबन्धक पाण्डेले भने ।

उनका अनुसार लेकाली र हिमाली क्षेत्रबाट आउने घिउ र चिजको माग अत्याधिक छ । डीडीसीका अन्य उत्पादनको माग पनि बढेको उनले बताए । ‘अहिले हाम्रो ध्यान उत्पादन क्षमता वृद्धि र संकलन केन्द्रहरूको सुदृढीकरणमा केन्द्रित गरेका छौं,’ उनले भने, ‘बजारमा माग अनुसारको आपूर्ति सुनिश्चित गर्न उत्पादन प्लान्टहरूको क्षमता बढाउने काम भइरहेको छ ।’

उनले मूल्यवृद्धि नभई केही उत्पादनमा मूल्य समायोजन मात्रै गरिएको दाबी गरे । निजी क्षेत्रका उत्पादनको तुलनामा डीडीसीको मूल्य अझै पनि सुलभ रहेको उनको भनाइ छ

अहिले किसानको बक्यौता रकम भुक्तानीलाई प्राथमिकतामा राखेर अघि बढाइएको महाप्रबन्धक पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वर्षा र पहिरोका कारण राजमार्गमा रोकिएका ग्यासका गाडी काठमाडौं आइपुगेका छन् । ग्यास उद्योगी तथा नेपाल एलपी ग्यास उद्योग संघ पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार हिजो सोमबार रातिदेखि बाटोमा अलपत्र ग्यासका गाडी आज दिउँसो राजधानी प्रवेश गरेका हुन् । ‘हिजोदेखि अड्किएर बसेका सुगम र एभरेस्ट ग्यासका १४ वटा गाडी आज दिउँसो २/३ बजेतिर काठमाडौं आइपुगेका छन्,’ पूर्वअध्यक्ष ...
। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका छन् । रावलले बिहीबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सरकारले बुधबार रावललाई रिक्त रहेको राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो अनुसार रावलले बिहीबारदेखि नै जिम्मेवारी सम्हालेका हुन्। २०८२ फागुनदेखि ...
— मुलुकको प्रमुख स्थल भन्सार वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राजस्व असुलीको लक्ष्य भेट्न सकेन। कार्यालयले साउनमा तोकिएको लक्ष्यको ९० दशमलव ९७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालयले साउनमा २० अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो। तर लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्दा कार्यालयले १८ ...
। भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो । उत्पादन बिक्रीका लागि बजार खोज्दै जानुपर्ने र ढुवानीको समस्या व्यहोर्नुपर्ने बाध्यता हटेपछि किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित ...
। विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस भएको छ । कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले गोरखाका कृष्ण सिंह बस्नेत, दैलेखका बखत बहादुर शाही र काठमाडौंका बुद्धकाजी श्रेष्ठको नाम सिफारिस गरेको हो । कुल ९ जनाको आवेदन ...