मुख्य समाचार
कंगोमा विद्रोहीको आक्रमणमा ३० बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
कंगोमा विद्रोहीको आक्रमणमा ३० बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित

: पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कंगोको एक सहर वरिपरि भएका विद्रोही आक्रमणमा पछिल्ला केही दिनमा ३० बढी मानिस मारिएका छन् । जसले इबोला नियन्त्रण अभियानमा कठिन भएको छ ।

उत्तरी किभुको बेनी सहर वरिपरिका तीन गाउँमा बुधबार बिहानै गरिएको आक्रमणमा कम्तीमा १० जनाको हत्या गरिएको बताइएको छ । इस्लामिक स्टेटसँग सम्बन्धित मिलिसिया ‘अलाइड डेमोक्रेटिक फोर्सेस’ लाई यी आक्रमणका लागि दोषी ठहर गरिएको छ । उनीहरूले पूर्वी कंगोका मातेते, ममुली र किटोहो गाउँहरूमा आक्रमण गरेका थिए ।

क्षेत्रीय समुदाय नेता इसाक काभालामीले भने, ‘हामीले प्रारम्भिक रूपमा करिब १० जनाको मृत्यु दर्ता गरेका छौं । विद्रोहीहरूले मोटरसाइकल र घरहरू जलाइदिए । उनीहरूले नागरिकहरूलाई अपहरण पनि गरे, जसको संख्या अझै थाहा छैन ।’ बुधबारसम्म उत्तर किभु, दक्षिण किभु र इतुरी प्रान्तहरूमा फैलिएको इबोला प्रकोपमा ३४४ संक्रमित र ६० जनाको मृत्यु दर्ता गरिएको छ ।



शनिबार मध्यरातअघि मिलिसिया बेनी सहरभित्र प्रवेश गरेको थियो, जुन २०२१ देखि कंगो सेनाको प्रशासनिक नियन्त्रणमा रहेको क्षेत्र हो । आक्रमणमा मानिसहरूको टाउको काटिएको र गोली हानिएको बताइएको छ । सयौं मानिस भागेर जङ्गलतर्फ गएका थिए । प्रत्यक्षदर्शीका अनुसार २० भन्दा बढी महिला, पुरुष र बालबालिका मारिएका थिए र दर्जनौँ बेपत्ता छन् ।

स्थानीय बासिन्दा मुम्बेरे सिभ्याले भने, ‘हामी सुत्न तयारी गर्दै थियौँ, अचानक मद्दतको चिच्याहट सुनियो । विद्रोहीले आक्रमण गरेको थियो । हामी ज्यान बचाउन भाग्यौं । बिहान थाहा भयो कि हाम्रा छिमेकीहरूलाई टाउको काटेर मारिएको रहेछ ।’ विद्रोहीले बेनी क्षेत्रमा सर्वसाधारण र सरकारी सेनामाथि आक्रमण बढाएको छ । नागरिक समाजका अनुसार २०१४ यता करिब १०,००० नागरिक मारिएका छन् ।

यो समूह छिमेकी युगान्डामा पनि अत्याचारमा संलग्न भएको आरोप छ । उत्तर किभुका सैन्य गभर्नरले मंगलबार भने अनुसार शनिबारको आक्रमणपछि तीन जना इबोला बिरामी उपचार केन्द्रबाट भागेका छन् । हिंसा र त्रासका कारण इबोला नियन्त्रणका प्रयासहरू गम्भीर रूपमा प्रभावित भएका छन् । यो कंगोमा १९७६ मा पहिलो पटक पहिचान भएयता १७ औं इबोला महामारी हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम