मुख्य समाचार
सभामुख डोलप्रसाद अर्यालले जातीय भेदभाव तथा छुवाछूत उन्मूलनका लागि सङ्घीय संसद् पूर्ण रूपमा प्रतिवद्ध रहेको बताए
सभामुख डोलप्रसाद अर्यालले जातीय भेदभाव तथा छुवाछूत उन्मूलनका लागि सङ्घीय संसद् पूर्ण रूपमा प्रतिवद्ध रहेको बताए

। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले जातीय भेदभाव तथा छुवाछूत उन्मूलनका लागि सङ्घीय संसद् पूर्ण रूपमा प्रतिवद्ध रहेको बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा बिहीबार ललितपुरमा राष्ट्रिय दलित आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभामुख अर्यालले दलित समुदायले लामो समयदेखि भोग्दै आएका समस्या, पीडा र चुनौतीप्रति संसद् सचेत रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि सदनले गम्भीरतापूर्वक काम गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘प्रतिनिधिसभाको सभामुखको हैसियतले म संघीय संसद्को तर्फबाट स्पष्ट रूपमा भन्न चाहन्छु कि हामी दलित समुदायले भोग्दै आएका समस्या, पीडा र चुनौतीहरूप्रति पूर्ण रूपमा सचेत छौँ । यी समस्याको गम्भीरतालाई महसुस गर्दै संसद् यसको समाधानका लागि प्रतिबद्ध छ ।’

उनले अगाडि भने, ‘हाम्रो दलित समुदायको सम्मान, सुरक्षा, समान अवसर र न्याय सुनिश्चित गर्ने स्पष्ट प्रतिवद्धता छ । यो सुनिश्चितता बिना नेपाली समाज साँचो अर्थमा न्यायपूर्ण र समतामूलक हुन सक्दैन। जातीय विभेद र छुवाछुतको अन्त्य केवल सरकार, आयोग वा कुनै एक निकायको जिम्मेवारी मात्र होइन। यो राज्य, राजनीतिक दल, नागरिक समाज, सञ्चार क्षेत्र, शैक्षिक संस्था तथा सम्पूर्ण नेपाली समाजको साझा दायित्व हो ।’

दलित समुदायको सम्मान, सुरक्षा, समान अवसर र न्याय सुनिश्चित नगरेसम्म नेपाली समाज साँचो अर्थमा न्यायपूर्ण र समतामूलक हुन नसक्ने उनको भनाइ छ ।

जातीय विभेदको अन्त्य केवल सरकार वा कुनै एक निकायको मात्र नभई राज्य, राजनीतिक दल, नागरिक समाज, सञ्चार क्षेत्र र सम्पूर्ण नेपालीको साझा दायित्व भएको उनले प्रस्ट पारे ।

उनले विभेद उन्मूलनका लागि सामाजिक चेतना, कानूनी कार्यान्वयन र आर्थिक सशक्तीकरणलाई तीन मुख्य स्तम्भका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

दलित समुदाय आर्थिक रूपमा सशक्त नभएसम्म सामाजिक चेतनाले मात्र पूर्ण परिवर्तन ल्याउन कठिन हुने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिएर काममा नफर्किएका ४४ जना प्राध्यापकले ११ करोड रकम फिर्ता गरेका छन् । अध्ययन बिदामा गएका प्राध्यापक काममा नफर्किंदा २ अर्ब रुपैयाँ बढी नोक्सानी भएको समाचार अनलाइनखरबमा प्रकाशित भएपछि त्रिविले छानबिन समिति बनाएको थियो । डा. जीवन काफ्लेको संयोजकत्त्वमा गठित समितिले ३९८ जना प्राध्यापकले बिदा दुरुपयोग गरेको प्रतिवेदन तयार पारेको छ । ...
: सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका ७७४ वटा सवारी साधन नियन्त्रणमा लिएको छ। भन्सार छलीको आशंकामा सशस्त्रले मुस्ताङको कोरला नाकाबाट भित्रिएका गाडीहरू नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका अधिकांश गाडीहरू बीवाईडी रहेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णु प्रसाद भट्टले ती गाडीको कागजात शंकास्पद देखिएपछि नियन्त्रणमा लिएको बताए। उनले अन्नपूर्णसँग भने,'भन्सार पार गरिसकेका गाडीको ...
। रोल्पामा भएको सवारी दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ । माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान एमएच १४ टीसीजे ४७१ अस्थायी नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार एक महिला र दुई पुरुषको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा चालक दाङको घोराही उपमहानगरपालिका-७ ...
: सभामुख डोलप्रसाद (डीपी) अर्यालले जातीय विभेद र छुवाछुतविहीन समाज निर्माण गर्दै हरेक नेपालीको मर्यादा, स्वाभिमान र समान अधिकारको ग्यारेन्टी गर्नुपर्ने बताएका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा दलित आयोगले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख अर्यालले दलित समुदायको अधिकार संरक्षण र प्रवद्र्धनमा थप सक्रिय भूमिका निर्वाह गर्दै जातीय विभेद र छुवाछुतविहीन ...
। ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने स्कर्पियो नै चोरी भएको छ । मध्यराति ठेचोबाट उक्त स्कर्पियो चोरी भएको पाइएको छ । स्कर्पियो हराएपछि प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले स्कर्पियोको खोजी भइरहेको बताए । ‘हामीले विभिन्न प्राविधिक पक्षको विश्लेषण गरेर खोजी गरिरहेका छौं । अहिलेसम्म स्कर्पियो भेटिएको छैन,’ ...