मुख्य समाचार
एसियन गेम्स छनोटअन्तर्गतको खेलमा नेपालले मलेसियालाई १६७ रनले पराजित
एसियन गेम्स छनोटअन्तर्गतको खेलमा नेपालले मलेसियालाई १६७ रनले पराजित

: एसियन गेम्स छनोटअन्तर्गतको खेलमा नेपालले मलेसियालाई १६७ रनले पराजित गरेको छ।

मलेसियालाई हराएसँगै नेपाल समूह एको विजेताको रूपमा सेमिफाइनल खेल्ने छ। एक खेल अगाडि नै मलेसियाले चीनलाई हराएपछि मलेसिया र नेपाल दुवै टिम एसियन गेम्समा छनोट भइसकेका थिए।

सिंगापुर नेसनल ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको थियो। नेपालले दिएको २७६ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रनमात्रै बनाउन सक्यो।



मलेसियाको लागि कप्तान साइद अजिजले सर्वाधिक ५४ रन बनाए। उनले ४५ बलमा ६ चौका र २ छक्का प्रहार गरे। ओपनर मोहम्मद हकिज एमनले १३ रन बनाउँदा सर्भिन मुनियान्दीले १८ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि शेर मल्लले सर्वाधिक ३ विकेट लिए। करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले १-१ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको नेपालको लागि ओपनर ब्याटर कुशल भुर्तेलले सर्वाधिक १२६ रन बनाए। उनले ५४ बलमा १४ चौका र ८ छक्का प्रहार गरे। उनले लगातार २ खेलमा शतकीय पारी खलेका हुन्।

ओपनरद्वय कुशल र आसिफ शेखले पहिलो विकेटका लागि १३४ रनको शतकीय साझेदारी गरेका थिए। आसिफ शेखले २४ बलमा ५ चौका र ७ छक्कासहित ६८ रनको पारी खेले। सन्दीप जोराले १५, कप्तान दीपेन्द्र सिंह ऐरीले ३१ रन बनाउँदा लोकेश बमले १० रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

मलेसियाका लागि बलिङतर्फ विरनदिप सिंहले सर्वाधिक ३ विकेट लिए। सइद अइज र विजय युनीले २-२ विकेट लिए। पहिलो खेलमा नेपालले चीनलाई २२१ रनले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...