मुख्य समाचार
इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले दुश्मन हारिसकेको टिप्पणी
इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले दुश्मन हारिसकेको टिप्पणी

: इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले दुश्मन हारिसकेको टिप्पणी गरेका छन् । खामेनीले एक लिखित सन्देश दिँदै यस्तो बताएका हुन् । इस्लामिक गणतन्त्र इरानका संस्थापक रुहोल्लाह खोमेनीको पुण्यतिथिका अवसरमा विगत छ वर्षदेखि तत्कालीन सर्वोच्च नेता अली खामेनीले सम्बोधन गर्दै आएका थिए । तर यस वर्ष भने इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको लिखित सन्देश सार्वजनिक रूपमा वाचन गरिएको हो ।

यो सन्देश तेहरानका अस्थायी इमाम–ए–जुमा मोहम्मद जवाद हाज–अली–अकबरीले पढेर सुनाएका थिए । बीबीसी फारसीका अनुसार सन्देशमा भनिएको छ, ‘हाम्रा सशस्त्र बलका बहादुर जवानहरूको सामना गर्दा दुश्मनले पराजय भोग्नु परेको छ । विशेष गरी सैन्य मोर्चा, मैदान र सडकहरूमा दिइएको कडा प्रतिकारका कारण दुश्मनले गहिरो र अपमानजनक हार बेहोरेको छ ।’

सन्देशमा भनिएको छ, ‘दुश्मनले आफ्नो संयुक्त रणनीति दुई कुरामा केन्द्रित गरेको छ । पहिलो, जनताको धैर्य र सहनशीलतालाई कमजोर बनाउने र दोस्रो, देशका अधिकारीहरूको सोच तथा निर्णय प्रक्रियामा गल्ती उत्पन्न गराउने ।’ मोज्तबा खामेनीका अनुसार दुश्मनको सबैभन्दा ठूलो हतियार जनताबीच शंका, अविश्वास र विभाजन सिर्जना गर्नु हो ।

उनले दुश्मनका योजनाहरू असफल बनाउन जनतालाई एकताबद्ध रहन, आपसी विश्वास कायम राख्न र दृढ रूपमा संगठित हुन आह्वान गरेका छन् । जारी सन्देशमा थप भनिएको छ, ‘यी मूल्यहरूलाई बलियो बनाउन सरकारी अधिकारीहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ । जनतामा निराशा, अविश्वास वा हतास पैदा गर्ने कुनै पनि कार्य देश र जनताका दुश्मनहरूलाई सहयोग गर्नु सरह मानिनेछ ।’

रिपोर्टका अनुसार अमेरिका र इजरायलका आक्रमणहरूपछि इरानका सर्वोच्च नेता सार्वजनिक रूपमा देखिएका छैनन् । उनको तर्फबाट केवल लिखित सन्देशहरू जारी गरिएका छन्, जसलाई अन्य व्यक्तिहरूले सार्वजनिक रूपमा पढेर सुनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध ‘इतिहासमै कहिल्यै नदेखिएका’ कडा आर्थिक र समुद्री कदमहरू चाल्न लागिरहेको चेतावनी दिएका छन्। एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा बोल्दै अर्थमन्त्री बेसेन्टले आउँदो हप्ता हुने नयाँ घोषणाप्रति ध्यान दिन आग्रह गरे। उनले भने, 'हामी कुनै पनि देशलाई आर्थिक रूपमा पूर्ण रूपमा अलग्याउने (इकोनोमिक आइसोलेसन) इतिहासकै सबैभन्दा कडा कदमहरू लागू ...
। चीनको एउटा प्रयोगात्मक बुलेट ट्रेनले करिब ५ सेकेन्डमै शून्यबाट ८०० किलोमिटर प्रतिघण्टाको गति लिएर प्रवेग (गति बढाउने) सम्भव गराएर आफ्नै विश्व कीर्तिमान तोडेको छ। यसले अति-उच्च गतिको यातायातको लागि बाटो खोल्ने सम्भावना देखाएको छ। हुबेई प्रान्तस्थित डोङ्हु प्रयोगशालाको १ किलोमिटर लामो परीक्षण ट्र्याकमा यो भारी म्याग्लेभ ट्रेनले स्थिर अवस्थाबाट मात्र ५.३ सेकेन्डमा ८०० किलोमिटर प्रतिघण्टाको ...
। पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २६५ पुगेको छ भने भग्नावशेषमा फसेका मानिसको खोजी जारी रहँदा करिब ५०० जना अझै बेपत्ता छन्। लगातार आइरहेका परकम्पले उद्धार तथा खोजी कार्यमा चुनौती थपिए पनि सुरक्षाकर्मी र उद्धारकर्मीले प्रभावित क्षेत्रमा अभियान जारी राखेका छन्। कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले राज्य टेलिभिजनमार्फत सम्बोधन गर्दै ...
: चीनका राजदूतसँग भेटवार्ता गरे लगत्तै इरानका नयाँ सुरक्षा प्रमुखले अमेरिकासँग करिब ६ महिनादेखि जारी युद्ध नरोकिने बताएका छन् । इरानको सन्देश स्पष्ट रहेको भन्दै मोहसेन रेजाइले मंगलबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य नगरेसम्म, इरानका रोक्का गरिएका सम्पत्ति फुकुवा नगरेसम्म र लेबनान तथा गाजासहित क्षेत्रव्यापी युद्धविराममा सहमत नभएसम्म होर्मुज जलडमरू ...
: हुथी विद्रोहीहरूले लाल सागर (रेड सी) मा एक व्यापारिक जहाजमाथि आक्रमण गरेका छन्। उक्त आक्रमणमा परी तीन जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ। पाकिस्तानका उपप्रधानमन्त्री इसहाक डारले बुधबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक पोस्ट गर्दै उक्त हमलाको कडा शब्दमा निन्दा गरेका छन्। उनका अनुसार आक्रमणमा तीन जना पाकिस्तानी नागरिकको ज्यान जानुका साथै एक जना ...