मुख्य समाचार
विश्वभरका पासपोर्टहरूको शक्तिलाई मापन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स-२०२६ को नयाँ प्रतिवेदन सार्वजनिक
विश्वभरका पासपोर्टहरूको शक्तिलाई मापन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स-२०२६ को नयाँ प्रतिवेदन सार्वजनिक

। पासपोर्टले तपाईं विश्वका कति भागहरूमा पुग्न सक्नुहुन्छ र कति देशमा भिसाविना प्रवेश (भिसा-फ्री इन्ट्री) पाउन सक्नुहुन्छ भन्ने तय गर्छ । कुनै देशका नागरिकहरूले भिसाविना कतिवटा देशमा जान सक्छन् भन्ने आधारमा विश्वभरका पासपोर्टहरूको शक्तिलाई मापन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स-२०२६ को नयाँ प्रतिवेदन सार्वजनिक भएको छ।

गत वर्षको तुलनामा विश्वको पासपोर्ट र्‍यांकिङमा धेरै फेरबदलहरू देखिएका छन् । प्रतिवेदन अनुसार, गत वर्ष १०१ स्थानमा रहेको नेपाल ९७औं स्थानमा उक्लिएर केही सुधार गरेको छ ।

सन् २०२५ मा शीर्ष १० बाट बाहिरिएको अमेरिका फेरि शीर्ष १० भित्र पर्न सफल भएको छ ।

यस वर्षको प्रतिवेदनअनुसार सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ। सिंगापुरका नागरिकले विश्वका १९२ देशहरूमा पूर्वभिसाविना (भिसा-फ्री) पहुँच पाएका छन्।

त्यसैगरी, दोस्रो स्थानमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्। यी तीन देशका नागरिकले १८७ देशमा भिसाविना प्रवेश पाउँछन्।

तेस्रो स्थानमा १८६ स्कोरका साथ स्विडेन रहेको छ।

गत वर्ष (सन् २०२५ मा) ३६ देशमा पहुँचसहित १०१ औं स्थानमा रहेको नेपालले यस वर्षको सूचीमा केही सुधार गरेको हो। सन् २०२६ को इन्डेक्समा नेपाल ९७औं स्थानमा उक्लिएको छ।

नेपाल र उत्तर कोरिया दुवै देश ९७औं स्थानमा रहेका छन्, जसको भिसा-फ्री स्कोर ३५ रहेको छ।

यस वर्षको सूचीमा भारत ७८औं स्थानमा रहेको छ। भारत, बोलिभिया र सेनेगलका नागरिकले ५७ देशहरूमा भिसाविना पहुँच पाएका छन्। गत वर्ष भारत ७७औं स्थानमा रहेको थियो।

अर्को छिमेकी राष्ट्र चीन ८२ भिसा-फ्री स्कोरका साथ ५६औं स्थानमा रहेको छ। गत वर्ष चीन ६४औं स्थानमा थियो।

त्यस्तै, पाकिस्तान ३० स्कोरका साथ १००औं स्थानमा रहेको छ।

अमेरिका र बेलायतको पुनरागमन

धेरै देशहरूले अमेरिकी नागरिकहरूका लागि भिसा नियम कडा बनाएका कारण गत वर्ष २० वर्षको इतिहासमै पहिलो पटक अमेरिकी पासपोर्ट शीर्ष १० सूचीबाट बाहिरिएर १२औं स्थानमा पुगेको थियो।

तर, सन् २०२६ को सूचीमा अमेरिका पुनः शीर्ष १० मा प्रवेश गर्दै आइसल्यान्डसँगै १०औं स्थानमा रहेको छ। अमेरिकाको भिसा-फ्री स्कोर १७९ रहेको छ।

गत वर्ष कमजोर बन्दै आठौं स्थानमा पुगेको बेलायत (यूके) को पासपोर्ट यस वर्ष १८३ स्कोरसहित छैटौं स्थानमा उक्लिएको छ।

सबैभन्दा कमजोर कहाँको ?

विश्वकै सबैभन्दा कमजोर पासपोर्टको सूचीमा अफगानिस्तान सबैभन्दा पुछारमा अर्थात् १०३औं स्थानमा रहेको छ। अफगानिस्तानका नागरिकले जम्मा २३ देशमा मात्र भिसाविना प्रवेश पाउँछन्।

त्यसभन्दा एक स्थानमाथि सिरिया (१०२औं स्थान) रहेको छ, जसको स्कोर २६ छ। इराक २९ स्कोरसहित १०१औं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ । बैंकले ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्रमा आज असोज २९ गतेदेखि आवेदन दिन सकिने जनाएको छ । सात वर्ष अवधिको उक्त ऋणपत्रमा कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र रौतहटका उखु किसानलाई अनुदान बापत १० करोड ४३ लाख रुपैयाँ भुक्तानीका लागि निकासा गरेको छ । गत आर्थिक वर्षको उखु उत्पादनमा आधारित अनुदान बापत पाउनुपर्ने उक्त रकम मन्त्रालयले सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा निकासा गरेको हो । मन्त्रालयका अनुसार उक्त रकम बर्दिया र रौतहटका ४ ...
। अर्थ मन्त्रालयले भोटेकोशी बाढीले राजस्व संकलन प्रभावित हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक अर्थ बुलेटिन सार्वजनिक गर्दै अर्थले खर्चको दायित्व बढ्ने, नाका बन्द हुने र कर छुट लगायत प्रावधानले चालु आव २०८३/८४ मा स्रोतमा थप चाप पर्ने बताएको हो । मन्त्रालयले भोटेकोशी बाढीपछिको राहत तथा पुनर्निर्माण बजेटको एक तिहाइभन्दा बढी हुने ...
। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । त्यस्तै गत आव २०८२/८३ (सन् २०२७) मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित भएको प्रक्षेपण पनि आईएमएफले गरेको छ । आईएमएफले मंगलबार सार्वजनिक गरेको उसको फ्ल्यागसिप प्रकाशन ‘वर्ल्ड इकोनोमिक आउटलुक’ (डब्लूईओ) को अक्टोबर संस्करणले यस्तो प्रक्षेपण गरेको ...
: सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा करिब ६७ करोड रुपैयाँको धान खरिद गर्ने भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँ रकमबराबरको धान खरिद गर्ने भएको हो। धानको न्यूनतम समर्थन मूल्यमा १५ हजार टन धान खरिद गर्ने योजना बनाएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम