मुख्य समाचार
विश्वभरका पासपोर्टहरूको शक्तिलाई मापन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स-२०२६ को नयाँ प्रतिवेदन सार्वजनिक
विश्वभरका पासपोर्टहरूको शक्तिलाई मापन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स-२०२६ को नयाँ प्रतिवेदन सार्वजनिक

। पासपोर्टले तपाईं विश्वका कति भागहरूमा पुग्न सक्नुहुन्छ र कति देशमा भिसाविना प्रवेश (भिसा-फ्री इन्ट्री) पाउन सक्नुहुन्छ भन्ने तय गर्छ । कुनै देशका नागरिकहरूले भिसाविना कतिवटा देशमा जान सक्छन् भन्ने आधारमा विश्वभरका पासपोर्टहरूको शक्तिलाई मापन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स-२०२६ को नयाँ प्रतिवेदन सार्वजनिक भएको छ।

गत वर्षको तुलनामा विश्वको पासपोर्ट र्‍यांकिङमा धेरै फेरबदलहरू देखिएका छन् । प्रतिवेदन अनुसार, गत वर्ष १०१ स्थानमा रहेको नेपाल ९७औं स्थानमा उक्लिएर केही सुधार गरेको छ ।

सन् २०२५ मा शीर्ष १० बाट बाहिरिएको अमेरिका फेरि शीर्ष १० भित्र पर्न सफल भएको छ ।

यस वर्षको प्रतिवेदनअनुसार सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ। सिंगापुरका नागरिकले विश्वका १९२ देशहरूमा पूर्वभिसाविना (भिसा-फ्री) पहुँच पाएका छन्।

त्यसैगरी, दोस्रो स्थानमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्। यी तीन देशका नागरिकले १८७ देशमा भिसाविना प्रवेश पाउँछन्।

तेस्रो स्थानमा १८६ स्कोरका साथ स्विडेन रहेको छ।

गत वर्ष (सन् २०२५ मा) ३६ देशमा पहुँचसहित १०१ औं स्थानमा रहेको नेपालले यस वर्षको सूचीमा केही सुधार गरेको हो। सन् २०२६ को इन्डेक्समा नेपाल ९७औं स्थानमा उक्लिएको छ।

नेपाल र उत्तर कोरिया दुवै देश ९७औं स्थानमा रहेका छन्, जसको भिसा-फ्री स्कोर ३५ रहेको छ।

यस वर्षको सूचीमा भारत ७८औं स्थानमा रहेको छ। भारत, बोलिभिया र सेनेगलका नागरिकले ५७ देशहरूमा भिसाविना पहुँच पाएका छन्। गत वर्ष भारत ७७औं स्थानमा रहेको थियो।

अर्को छिमेकी राष्ट्र चीन ८२ भिसा-फ्री स्कोरका साथ ५६औं स्थानमा रहेको छ। गत वर्ष चीन ६४औं स्थानमा थियो।

त्यस्तै, पाकिस्तान ३० स्कोरका साथ १००औं स्थानमा रहेको छ।

अमेरिका र बेलायतको पुनरागमन

धेरै देशहरूले अमेरिकी नागरिकहरूका लागि भिसा नियम कडा बनाएका कारण गत वर्ष २० वर्षको इतिहासमै पहिलो पटक अमेरिकी पासपोर्ट शीर्ष १० सूचीबाट बाहिरिएर १२औं स्थानमा पुगेको थियो।

तर, सन् २०२६ को सूचीमा अमेरिका पुनः शीर्ष १० मा प्रवेश गर्दै आइसल्यान्डसँगै १०औं स्थानमा रहेको छ। अमेरिकाको भिसा-फ्री स्कोर १७९ रहेको छ।

गत वर्ष कमजोर बन्दै आठौं स्थानमा पुगेको बेलायत (यूके) को पासपोर्ट यस वर्ष १८३ स्कोरसहित छैटौं स्थानमा उक्लिएको छ।

सबैभन्दा कमजोर कहाँको ?

विश्वकै सबैभन्दा कमजोर पासपोर्टको सूचीमा अफगानिस्तान सबैभन्दा पुछारमा अर्थात् १०३औं स्थानमा रहेको छ। अफगानिस्तानका नागरिकले जम्मा २३ देशमा मात्र भिसाविना प्रवेश पाउँछन्।

त्यसभन्दा एक स्थानमाथि सिरिया (१०२औं स्थान) रहेको छ, जसको स्कोर २६ छ। इराक २९ स्कोरसहित १०१औं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वर्षा र पहिरोका कारण राजमार्गमा रोकिएका ग्यासका गाडी काठमाडौं आइपुगेका छन् । ग्यास उद्योगी तथा नेपाल एलपी ग्यास उद्योग संघ पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार हिजो सोमबार रातिदेखि बाटोमा अलपत्र ग्यासका गाडी आज दिउँसो राजधानी प्रवेश गरेका हुन् । ‘हिजोदेखि अड्किएर बसेका सुगम र एभरेस्ट ग्यासका १४ वटा गाडी आज दिउँसो २/३ बजेतिर काठमाडौं आइपुगेका छन्,’ पूर्वअध्यक्ष ...
। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका छन् । रावलले बिहीबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सरकारले बुधबार रावललाई रिक्त रहेको राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो अनुसार रावलले बिहीबारदेखि नै जिम्मेवारी सम्हालेका हुन्। २०८२ फागुनदेखि ...
— मुलुकको प्रमुख स्थल भन्सार वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राजस्व असुलीको लक्ष्य भेट्न सकेन। कार्यालयले साउनमा तोकिएको लक्ष्यको ९० दशमलव ९७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालयले साउनमा २० अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो। तर लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्दा कार्यालयले १८ ...
। भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो । उत्पादन बिक्रीका लागि बजार खोज्दै जानुपर्ने र ढुवानीको समस्या व्यहोर्नुपर्ने बाध्यता हटेपछि किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित ...
। विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस भएको छ । कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले गोरखाका कृष्ण सिंह बस्नेत, दैलेखका बखत बहादुर शाही र काठमाडौंका बुद्धकाजी श्रेष्ठको नाम सिफारिस गरेको हो । कुल ९ जनाको आवेदन ...