मुख्य समाचार
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

: संखुवासभाको पाँचखपन नगरपालिकाकी एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पाँचखपनका ३० वर्षीय अरुण राईलाई इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ परेका राईले बालिकालाई विभिन्न प्रलोभनमा पारी फकाई जबरजस्ती करणी गरेको खुलेको छ । घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ परेका राईविरुद्ध जबरजस्ती करणी मुद्दामा संखुवासभामा जिल्ला अदालत चैनपुरमा म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ । पीडित बालिकाको स्थास्थ्य संस्थामा उपचार भइरहेको छ ।

त्यसैगरी, जबरजस्ती करणी मुद्दामा १० वर्षदेखि फरार प्रतिवादीलाई पनि जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय सुनाइएका पाँचखपन– ५, खमारेका ५६ वर्षीय द्रोणप्रसाद पोखरेललाई पक्राउ गरिएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए । जिल्ला अदालत संखुवासभाले २०७१ साल चैत २९ गते १० वर्ष कैद सजाय सुनाएको थियो । पक्राउ परेका पोखरेललाई फैसला कार्यान्वयनका लागि बुधबार जिल्ला अदालत संखुवासभामा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रोल्पामा भएको सवारी दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ । माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान एमएच १४ टीसीजे ४७१ अस्थायी नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार एक महिला र दुई पुरुषको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा चालक दाङको घोराही उपमहानगरपालिका-७ ...
: सभामुख डोलप्रसाद (डीपी) अर्यालले जातीय विभेद र छुवाछुतविहीन समाज निर्माण गर्दै हरेक नेपालीको मर्यादा, स्वाभिमान र समान अधिकारको ग्यारेन्टी गर्नुपर्ने बताएका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा दलित आयोगले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख अर्यालले दलित समुदायको अधिकार संरक्षण र प्रवद्र्धनमा थप सक्रिय भूमिका निर्वाह गर्दै जातीय विभेद र छुवाछुतविहीन ...
। ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने स्कर्पियो नै चोरी भएको छ । मध्यराति ठेचोबाट उक्त स्कर्पियो चोरी भएको पाइएको छ । स्कर्पियो हराएपछि प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले स्कर्पियोको खोजी भइरहेको बताए । ‘हामीले विभिन्न प्राविधिक पक्षको विश्लेषण गरेर खोजी गरिरहेका छौं । अहिलेसम्म स्कर्पियो भेटिएको छैन,’ ...
: सुनसरी प्रहरीले इनरुवा नगरपालिका–६ स्थित शितल सेकुवा कर्नरबाट जुवा (तास) खेलिरहेको अवस्थामा १२ जनालाई खालबाटै पक्राउ गरेको छ । बुधबार राति उक्त स्थानमा मानिसहरू जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । प्रहरी पुग्दा जुवा खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी प्रमुख एसपी केशबकुमार थेबेले जानकारी दिएका छन् । प्रहरीले ...
: महामन्त्री डा. धवलशम्सेर राणासहित १८३ जनाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्यागेका छन् । काठमाडौँमा बिहीबार एक कार्यक्रम गर्दै उनीहरूले सामुहिक रुपमा राप्रपा त्यागेको घोषणा गरेका हुन् । पहिलो चरणमा डा. राणासहित उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केवशराज श्रेष्ठ, कार्य सम्पादन समितिका सदस्य नारायणप्रसाद कोइरालाले राप्रपा छोडेको घोषणा गरेका छन् । बिहीबार काठमाडौँमा ...