मुख्य समाचार
खेतमा खेलिरहेका बेला सर्पले डसेर १९ महिने बालकको मृत्यु
खेतमा खेलिरहेका बेला सर्पले डसेर १९ महिने बालकको मृत्यु

: बाराको पचरौता नगरपालिका–४ बेल्दारीमा सर्पले डसेर १९ महिने बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय संजय रामका छोरा धनजय रहेका छन् । आमासँगै खेतमा गएका बालकलाई सर्पले डसेको र उपचारका लागि अस्पताल ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

घलेका अनुसार स्थानीय रवीन्द्र यादवको खेतमा ज्यालादारी गर्न गएकी आमा सोनापती देवीले बालकलाई समेत लिएर गएकी थिइन् । सोनापती खेतमा काम गरिरहेका बेला खेलिरहेका बालकलाई सर्पले डसेको प्रहरीको भनाई छ । घटना लगत्तै बालकलाई प्रादेशिक अस्पताल कलैया ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । बालकको शव परिवारले बुझेका छन् ।

बाराका प्रहरी प्रवक्ता घलेले गर्मीको समयमा सर्पदंशका घटना बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले बालबालिका एक्लै नछोड्न, खेतबारी, झाडी भएको स्थानमा काम गर्दा सावधानी अपनाउन, झुल लगाएर सुत्न, घर वरपर सफा राख्न अनुरोध गरेका छन् । घलेले सर्पदंश भएको अवस्थामा झारफुकमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रोल्पामा भएको सवारी दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ । माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान एमएच १४ टीसीजे ४७१ अस्थायी नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार एक महिला र दुई पुरुषको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा चालक दाङको घोराही उपमहानगरपालिका-७ ...
: सभामुख डोलप्रसाद (डीपी) अर्यालले जातीय विभेद र छुवाछुतविहीन समाज निर्माण गर्दै हरेक नेपालीको मर्यादा, स्वाभिमान र समान अधिकारको ग्यारेन्टी गर्नुपर्ने बताएका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा दलित आयोगले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख अर्यालले दलित समुदायको अधिकार संरक्षण र प्रवद्र्धनमा थप सक्रिय भूमिका निर्वाह गर्दै जातीय विभेद र छुवाछुतविहीन ...
। ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने स्कर्पियो नै चोरी भएको छ । मध्यराति ठेचोबाट उक्त स्कर्पियो चोरी भएको पाइएको छ । स्कर्पियो हराएपछि प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले स्कर्पियोको खोजी भइरहेको बताए । ‘हामीले विभिन्न प्राविधिक पक्षको विश्लेषण गरेर खोजी गरिरहेका छौं । अहिलेसम्म स्कर्पियो भेटिएको छैन,’ ...
: सुनसरी प्रहरीले इनरुवा नगरपालिका–६ स्थित शितल सेकुवा कर्नरबाट जुवा (तास) खेलिरहेको अवस्थामा १२ जनालाई खालबाटै पक्राउ गरेको छ । बुधबार राति उक्त स्थानमा मानिसहरू जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । प्रहरी पुग्दा जुवा खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी प्रमुख एसपी केशबकुमार थेबेले जानकारी दिएका छन् । प्रहरीले ...
: महामन्त्री डा. धवलशम्सेर राणासहित १८३ जनाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्यागेका छन् । काठमाडौँमा बिहीबार एक कार्यक्रम गर्दै उनीहरूले सामुहिक रुपमा राप्रपा त्यागेको घोषणा गरेका हुन् । पहिलो चरणमा डा. राणासहित उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केवशराज श्रेष्ठ, कार्य सम्पादन समितिका सदस्य नारायणप्रसाद कोइरालाले राप्रपा छोडेको घोषणा गरेका छन् । बिहीबार काठमाडौँमा ...