मुख्य समाचार
संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका पेजहरू हटाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गम्भीर भूल गरेको आरोप
संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका पेजहरू हटाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गम्भीर भूल गरेको आरोप

। विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका पेजहरू हटाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गम्भीर भूल गरेको आरोप लगाएको छ ।

बुधबार संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त पार्टीका सांसद रमेशकुमार मल्लले संसदको पुँजीको रुपमा दर्ज भइसकेको आर्थिक विधेयकमा आफूखुशी गरेको भन्दै आपत्ति जनाए ।

वर्तमान सरकारले एक पछि अर्को विधि मिचिरहेको जिकिर गर्दै उनले संसदमा पेश भइसकेको उक्त विधेयक सरकारलाई फिर्ता पठाउने वा नपठाने भन्ने कुराको निर्णय संसदमा मात्रै गर्नसक्ने जिकिर गरे ।

‘दु:खद् कुरा के भयो भने माननीय अर्थमन्त्रीज्यूले जुन बजेट पेश गर्नुभयो । र बजेटको एउटा अंगको रुपमा नेपालको सरकारको जुन अर्थ सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक छ । त्यो विधेयक भनेको मुख्यगरी करको दरहरु हेरफेर गर्ने नै हो त्यो,’ मल्लले भने, ‘त्यो विधेयक अर्थमन्त्रीे संसदमा पेश गरिसकेपछि फेरि अर्थ मन्त्रालयले त्यसलाई संशोधन गरेर अपलोड गर्‍यो । जबकी संसदको पूँजी भइसकेपछि, कुनैपनि विधेयक संसदमा दर्ता भइसकेपछि संसदमा पेश भईसकेपछि संसदको पूँजी भईसकेपछि त्यो के गर्ने हो, संसदले नै गर्ने हो ।’

संसद् वा सत्तारुढ दलका सांसदले संशोधन हाले मात्रै त्यसलाई सच्याउन सक्ने उनको भनाइ छ ।

‘कि संसदले फिर्ता पठाउँछ र उहाँहरुले संशोधन गर्न पाउनुहुन्छ कि संसदमा सत्तारुढ दलका साथीहरुले पनि संशोधन हालेर त्यसलाई सच्याउन सक्नुहुन्छ । प्रतिपक्षले पनि संशोधन हाल्न सक्छ,’ उनले भने, ‘त्यो व्यवस्था हुँदाहुँदै सरकारले आफैले फेरी संसदमा पठाईसकेको विललाई उहाँहरु आफैंले सच्याएर अपलोड गरिएको छ । यो विधि शाष्त्रको हिसावले पनि सरकारको ठूलो मिस्टेक छ । सरकारले एक पछि अर्को विधि किन मिचिरहेको छ ? आज हाम्रो यो प्रश्न हो ।’

अर्थमन्त्री वाग्लेले गत जेठ १५ गते नै उक्त विधेयकमा संसदमा पेश गरेका थिए ।

संसदमा पेश भइसकेको कुनैपनि विधेयक संसद बाहेक अरु कुनैपनि निकायले फेरबदल गर्न नपाउने व्यवस्था रहेको पनि सांसद मल्लले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाले नेपाल र भारतबीच विगतका अप्ठ्याराहरूलाई नाघेर नयाँ विकास कूटनीतिको युगलाई अगाडि बढाउने विषयमा गहन छलफल भएको बताएका छन् । बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि सामाजिक सञ्जाल एक्समा उनले यस्तो बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीसँग झन्डै एक घण्टा लामो फलदायी संवाद भएको उनले उल्लेख गरेका छन् । लामिछानेका ...
। कुश्मा नगरपालिका–२ स्थित अर्मादीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध २ प ३८०५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको ज्यान गएको छ । दुर्घटनामा मोटरसाइकल चालक जलजला गाउँपालिका–९ बनौ निवासी करिब ४० वर्षीय हिरा गर्बुजा ...
। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनबाट नौ, झापा र मोरङबाट चार/चार, भक्तपुर र नवलपरासीबाट तीन/तीन, काठमाडौँ र रुपन्देही दुई/दुई, तनहुँ, रसुवा, दाङ, सिन्धुली र सिरहाबाट एक/एक जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट अवैध लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको ...
। नेपाली कांग्रेसको सदस्यताको अद्यावधिक एकैदिनमा ६२ हजारले गरेका छन् । वैशाख १ गतेबाट सुरु भएको सदस्यताको अद्यावधिकमा हालसम्म एकैदिनमा अद्यावधिक हुने संख्यामा हिजो सर्वाधिक भएको जानकारी गराइएको छ । सदस्यता अद्यावधिकका लागि जेठ २१ को मध्यरातसम्म अवधि छ । कार्यवाहक मुख्य सचिव कृष्ण दुलालका अनुसार जेठ १९ गते (हिजो) एक दिनमा ६१ हजार ८२५ जनाले ...
। गत २ जेठमा मधेश प्रदेशकी तत्कालीन शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी शर्माको क्वार्टरमा दुई कर्मचारीबीच योजना कार्यान्वयनबारे विवाद भयो । मन्त्री तिवारी र सचिव दिलिपकुमार ठाकुरकै अगाडि अश्लिल शब्दमा एकअर्काबीच गालीगलोज मात्र भएन, हात हालाहालकै स्थिति बन्यो । यो विवाद शिक्षा इकाइमा कार्यरत अधिकृत लक्ष्मण राम र मन्त्रालयका लेखा अधिकृत सुशीलकुमार यादवबीच भएको थियो ...