मुख्य समाचार
इरानका सर्वोच्च नेता (सुप्रिम लिडर) अयातोल्लाह अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि आगामी जुन २१ को आसपासमा अन्तिम संस्कार गरिने
इरानका सर्वोच्च नेता (सुप्रिम लिडर) अयातोल्लाह अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि आगामी जुन २१ को आसपासमा अन्तिम संस्कार गरिने

: इरानका सर्वोच्च नेता (सुप्रिम लिडर) अयातोल्लाह अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि आगामी जुन २१ को आसपासमा अन्तिम संस्कार गरिने भएको छ। खामेनीलाई उनको अन्तिम इच्छा अनुसार इरानको मशहद सहरस्थित शिया इस्लामका चर्चित इमाम रजाको पवित्र दरगाह परिसर नजिकै दफन (सुपुर्द-ए-खाक) गरिने भएको इरानी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) का अनुसार गत फेब्रुअरी २८ मा तेहरानस्थित उनको निवासमा अमेरिका र इजरायलले गरेको संयुक्त हवाई आक्रमणमा खामेनीको मृत्यु भएको थियो। आक्रमणको समयमा बंकरमा रहेका खामेनी लगातारको मिसाइल र ड्रोन प्रहारबाट गम्भीर घाइते भएका थिए, जसको पछि इरानी सुरक्षा स्रोतहरूले मृत्युको पुष्टि गरेका थिए। उक्त आक्रमणमा उनीसँगै इरानका कयौँ वरिष्ठ सैन्य कमाण्डर, गुप्तचर अधिकारी र सुरक्षाकर्मीहरूको पनि ज्यान गएको थियो।

युद्धका कारण रोकिएको थियो राजकीय अन्तिम संस्कार

खामेनीको राजकीय अन्तिम संस्कार यसअघि मार्च ४ मा हुने तय गरिए पनि क्षेत्रमा चर्किएको युद्धका कारण स्थगित गरिएको थियो। अधिकारीहरूले तेहरान, कोम र मशहदमा हुने अन्तिम संस्कारका कार्यक्रमहरूमा करिब २ करोड मानिसहरू सहभागी हुन सक्ने अपेक्षा गरेका छन्। सर्वसाधारणलाई अन्तिम दर्शन तथा श्रद्धाञ्जली अर्पण गर्नका लागि पूरा तीन दिनको समय तोकिएको छ।

अन्तिम संस्कारको मुख्य समारोह राजधानी तेहरानमा हुनेछ, जुन कम्तिमा २४ घण्टासम्म चल्ने अनुमान गरिएको छ। त्यसपछि पार्थिव शरीरलाई धार्मिक सहर कोम र अन्तिममा मशहद पुर्‍याइनेछ। दफन गर्नुअघि खामेनीको पार्थिव शरीरलाई ती सहरका सडकहरूमा नगर परिक्रमा (अन्तिम यात्रा) गराइने जानकारी IRGC ले दिएको छ।

परम्पराभन्दा फरक र सुरक्षा चुनौती

अयातुल्ला अली खामेनीको अन्तिम संस्कारमा भएको यो ढिलाइलाई इस्लामिक परम्परा अनुसार असामान्य मानिएको छ। सामान्यतया इस्लाम धर्ममा मृत्यु भएको एक-दुई दिनभित्रै शव दफनाउने गरिन्छ। यद्यपि, अत्यधिक भीड व्यवस्थापन र युद्धको असाधारण परिस्थितिका कारण यो ढिलाइ भएको इरानी अधिकारीहरूको भनाइ छ।

तेहरान महानगरपालिकाको सामाजिक तथा सांस्कृतिक मामिलाका उपप्रमुख मोहम्मद अली तवक्कोलिजादेहले सरकारी टेलिभिजनमार्फत तीन दिनको सार्वजनिक जनाजा (अन्तिम यात्रा) आयोजना गरिने बताए। उनले स्पष्ट मिति नतोके पनि यो कार्यक्रम इस्लामिक क्यालेन्डरको पहिलो महिना 'मुहर्रम' को सुरुवाती समय (जुन २१ को आसपास) मा हुने संकेत गरे। यो सम्पूर्ण कार्यक्रमको व्यवस्थापन र सुरक्षाको जिम्मेवारी IRGC लाई सुम्पिएको छ।

खोमैनीको ३७ वर्ष पुरानो रेकर्ड तोडिने अनुमान

यदि खामेनीको जनाजामा अनुमान गरिए बमोजिम २ करोड मानिस पुगेमा, यो इस्लामिक गणतन्त्र इरानका संस्थापक अयातुल्ला रुहोल्लाह खोमैनीको सन् १९८९ को रेकर्डभन्दा धेरै ठूलो हुनेछ। सन् १९८९ जुन ६ मा खामेनीको जनाजामा करिब १ करोड मानिस सहभागी भएका थिए, जुन तत्कालीन इरानको कुल जनसंख्याको झण्डै छैटौं हिस्सा थियो।

त्यसबेलाको अत्यधिक भीडका कारण मच्चिएको भागदौडमा कम्तिमा ८ जनाको मृत्यु भएको थियो भने हजारौँ घाइते भएका थिए। यस पटक अधिकारीहरू त्योभन्दा पनि ठूलो भीडलाई व्यवस्थापन गर्न र सम्भावित दुर्घटना रोक्न प्रयासरत छन्। तर, युद्धको प्रभावबाट गुज्रिरहेको देशमा यति ठूलो आयोजना गराउनु इरानका लागि ठूलो सुरक्षा र व्यवस्थापकीय चुनौती मानिएको छ।

किन छानियो मशहद सहर ?

मशहद इरानको दोस्रो ठूलो र देशको उत्तर-पूर्वी भागमा अवस्थित सहर हो, जसलाई शिया मुसलमानहरूको सबैभन्दा महत्त्वपूर्ण धार्मिक केन्द्र मानिन्छ। यो सहरको मुख्य पहिचान त्यहाँ रहेको 'इमाम रजा' को दरगाह हो। उनी बाह्र इमाम (Twelve Imams) वाली शिया परम्पराका आठौँ इमाम थिए।

विश्वकै सबैभन्दा ठूला धार्मिक स्थलहरूमध्ये एक मानिने यस दरगाहमा हरेक वर्ष करोडौँ श्रद्धालुहरू पुग्ने गर्छन्। मशहदमा दफन गरिएसँगै खामेनको नाम शिया इस्लामका सबैभन्दा सम्मानित धार्मिक व्यक्तित्वहरूसँग जोडिने इरानी सञ्चार माध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम