मुख्य समाचार
नरेन्द्र मोदीले नेपाल-भारतबीचका विभिन्न विषयको सूची तयार पारेर काम गर्न आफू तयार रहेको बताए
नरेन्द्र मोदीले नेपाल-भारतबीचका विभिन्न विषयको सूची तयार पारेर काम गर्न आफू तयार रहेको बताए

। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल-भारतबीचका विभिन्न विषयको सूची तयार पारेर काम गर्न आफू तयार रहेको बताएका छन् । भारत भ्रमणमा रहेका सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेसँगको भेटमा मोदीले दुई देशबीचका विषयलाई प्राथमिकता दिएर काम गर्न प्रतिवद्ध रहेको जनाएका हुन् ।

‘आज पार्टी सभापतिसहित हामीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्यौं । हिजो भारतका गृहमन्त्री, परराष्ट्रमन्त्री भेट्यौँ । भाजपाको निमन्त्रणमामा रास्वपाका सभापतिसहित हामी भारत आएका हौं,’ मोदीलाई उदृत गर्दैं रास्वपा विदेश विभाग प्रमुख दीपक बोहोराले भने, ‘छलफलमा नेपाल भारतसँग भएका विषयहरूको लिस्ट बनाऔं, त्यसको प्राथमिकता दिऔं टाइमलाइन दिऔं । हामी काम गरौँ हामी काम गर्छौं भनेर प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनु भयो ।’

रास्वपा सभापति ५ दिने भ्रमणको क्रममा भारतमा छन् । जेठ १८ गते भारत प्रस्थान गरेका लामिछाने नेतृत्वको भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुखसमेत रहेका सचिवालय सदस्य बोहोरा र प्रदीप आचार्य छन्।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाले नेपाल र भारतबीच विगतका अप्ठ्याराहरूलाई नाघेर नयाँ विकास कूटनीतिको युगलाई अगाडि बढाउने विषयमा गहन छलफल भएको बताएका छन् । बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि सामाजिक सञ्जाल एक्समा उनले यस्तो बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीसँग झन्डै एक घण्टा लामो फलदायी संवाद भएको उनले उल्लेख गरेका छन् । लामिछानेका ...
। कुश्मा नगरपालिका–२ स्थित अर्मादीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध २ प ३८०५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको ज्यान गएको छ । दुर्घटनामा मोटरसाइकल चालक जलजला गाउँपालिका–९ बनौ निवासी करिब ४० वर्षीय हिरा गर्बुजा ...
। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनबाट नौ, झापा र मोरङबाट चार/चार, भक्तपुर र नवलपरासीबाट तीन/तीन, काठमाडौँ र रुपन्देही दुई/दुई, तनहुँ, रसुवा, दाङ, सिन्धुली र सिरहाबाट एक/एक जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट अवैध लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको ...
। नेपाली कांग्रेसको सदस्यताको अद्यावधिक एकैदिनमा ६२ हजारले गरेका छन् । वैशाख १ गतेबाट सुरु भएको सदस्यताको अद्यावधिकमा हालसम्म एकैदिनमा अद्यावधिक हुने संख्यामा हिजो सर्वाधिक भएको जानकारी गराइएको छ । सदस्यता अद्यावधिकका लागि जेठ २१ को मध्यरातसम्म अवधि छ । कार्यवाहक मुख्य सचिव कृष्ण दुलालका अनुसार जेठ १९ गते (हिजो) एक दिनमा ६१ हजार ८२५ जनाले ...
। विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका पेजहरू हटाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गम्भीर भूल गरेको आरोप लगाएको छ । बुधबार संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त पार्टीका सांसद रमेशकुमार मल्लले संसदको पुँजीको रुपमा दर्ज भइसकेको आर्थिक विधेयकमा आफूखुशी गरेको भन्दै आपत्ति जनाए । वर्तमान सरकारले एक पछि अर्को ...