मुख्य समाचार
आपसी विवादका क्रममा एक युवकको हत्या
आपसी विवादका क्रममा एक युवकको हत्या

: बाजुराको बुढीनन्दा नगरपालिका–६ कोटिलामा आपसी विवादका क्रममा एक युवकको हत्या भएको छ। स्थानीय १९ वर्षीय टेकेन्द्र रावतको ढुंगा प्रहारबाट ३२ वर्षीय निर रावतको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुधबार राति दुई पक्षबीच सामान्य विवाद हुँदा टेकेन्द्रले निरमाथि ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहारबाट गम्भीर घाइते भएका निरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिए।

​घटनालगत्तै खटिएको इलाका प्रहरी कार्यालय बुढीनन्दाको टोलीले हत्यामा संलग्न आरोपी टेकेन्द्र रावतलाई राति नै नियन्त्रणमा लिएको छ।



​घटनाको थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक शाहीकै नेतृत्वमा विशेष टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। मृतकको शव हाल घटनास्थलमै सुरक्षित राखिएको र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाले नेपाल र भारतबीच विगतका अप्ठ्याराहरूलाई नाघेर नयाँ विकास कूटनीतिको युगलाई अगाडि बढाउने विषयमा गहन छलफल भएको बताएका छन् । बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि सामाजिक सञ्जाल एक्समा उनले यस्तो बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीसँग झन्डै एक घण्टा लामो फलदायी संवाद भएको उनले उल्लेख गरेका छन् । लामिछानेका ...
। कुश्मा नगरपालिका–२ स्थित अर्मादीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध २ प ३८०५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको ज्यान गएको छ । दुर्घटनामा मोटरसाइकल चालक जलजला गाउँपालिका–९ बनौ निवासी करिब ४० वर्षीय हिरा गर्बुजा ...
। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनबाट नौ, झापा र मोरङबाट चार/चार, भक्तपुर र नवलपरासीबाट तीन/तीन, काठमाडौँ र रुपन्देही दुई/दुई, तनहुँ, रसुवा, दाङ, सिन्धुली र सिरहाबाट एक/एक जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट अवैध लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको ...
। नेपाली कांग्रेसको सदस्यताको अद्यावधिक एकैदिनमा ६२ हजारले गरेका छन् । वैशाख १ गतेबाट सुरु भएको सदस्यताको अद्यावधिकमा हालसम्म एकैदिनमा अद्यावधिक हुने संख्यामा हिजो सर्वाधिक भएको जानकारी गराइएको छ । सदस्यता अद्यावधिकका लागि जेठ २१ को मध्यरातसम्म अवधि छ । कार्यवाहक मुख्य सचिव कृष्ण दुलालका अनुसार जेठ १९ गते (हिजो) एक दिनमा ६१ हजार ८२५ जनाले ...
। विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका पेजहरू हटाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गम्भीर भूल गरेको आरोप लगाएको छ । बुधबार संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त पार्टीका सांसद रमेशकुमार मल्लले संसदको पुँजीको रुपमा दर्ज भइसकेको आर्थिक विधेयकमा आफूखुशी गरेको भन्दै आपत्ति जनाए । वर्तमान सरकारले एक पछि अर्को ...