मुख्य समाचार
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ

: वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बर्दिया मधुवन नगरपालिका-७ घर भएका ४२ वर्षीय राजेश क्षेत्री, मकवानपुर बकैया गाउँपालिका-२ घर भएका ३८ वर्षीय तिर्थमान भोलन, नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएका ३९ वर्षीय गोवर्धन नेपाली, गोरखा पालुङटार नगरपालिका-६ घर भएका ३१ वर्षीय रोशन बाबु मल्ल, नुवाकोट विदुर नगरपालिका-१३ घर भएका ४४ वर्षीय उपेन्द्र तामाङ, सुनसरी इटहरी उपमहानगरपालिका-१ घर भएका ४५ वर्षीय उज्वल थापा मगर, बर्दिया बढैयाताल गाउँपालिका-९ घर भएका ३२ वर्षीय प्रकाश सिंखडा, लमजुङ दुधपोखरी गाउँपालिका-५ घर भएका २३ वर्षीया ज्योती गुरूङ र पाल्पा पूर्वखोला गाउँपालिका-३ घर भएका ४५ वर्षीय राजिव न्यौपाने पक्राउ परेका छन्।

पक्राउमध्ये राजेशले मौरिसस र सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना पीडितहरूबाट १ करोड ४१ लाख ५१ हजार रूपैयाँ, तिर्थमान र गोवर्धनले सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना पीडितहरूबाट १ करोड ४१ लाख ५१ हजार रूपैयाँ, रोशनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ, उपेन्द्रले मौरिसर पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, उज्वलले क्यानडा पठाइदिन्छ भन्दै १ जना पीडितबाट २ लाख ५७ हजार रूपैयाँ, प्रकाशले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, ज्योतीले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ र राजिवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउमध्ये राजेश, तिर्थमान र गोवर्धनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ र रोशन, उपेन्द्र, उज्वल, प्रकाश, ज्योती र राजिवलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाले नेपाल र भारतबीच विगतका अप्ठ्याराहरूलाई नाघेर नयाँ विकास कूटनीतिको युगलाई अगाडि बढाउने विषयमा गहन छलफल भएको बताएका छन् । बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि सामाजिक सञ्जाल एक्समा उनले यस्तो बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीसँग झन्डै एक घण्टा लामो फलदायी संवाद भएको उनले उल्लेख गरेका छन् । लामिछानेका ...
। कुश्मा नगरपालिका–२ स्थित अर्मादीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध २ प ३८०५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको ज्यान गएको छ । दुर्घटनामा मोटरसाइकल चालक जलजला गाउँपालिका–९ बनौ निवासी करिब ४० वर्षीय हिरा गर्बुजा ...
। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनबाट नौ, झापा र मोरङबाट चार/चार, भक्तपुर र नवलपरासीबाट तीन/तीन, काठमाडौँ र रुपन्देही दुई/दुई, तनहुँ, रसुवा, दाङ, सिन्धुली र सिरहाबाट एक/एक जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट अवैध लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको ...
। नेपाली कांग्रेसको सदस्यताको अद्यावधिक एकैदिनमा ६२ हजारले गरेका छन् । वैशाख १ गतेबाट सुरु भएको सदस्यताको अद्यावधिकमा हालसम्म एकैदिनमा अद्यावधिक हुने संख्यामा हिजो सर्वाधिक भएको जानकारी गराइएको छ । सदस्यता अद्यावधिकका लागि जेठ २१ को मध्यरातसम्म अवधि छ । कार्यवाहक मुख्य सचिव कृष्ण दुलालका अनुसार जेठ १९ गते (हिजो) एक दिनमा ६१ हजार ८२५ जनाले ...
। विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका पेजहरू हटाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गम्भीर भूल गरेको आरोप लगाएको छ । बुधबार संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त पार्टीका सांसद रमेशकुमार मल्लले संसदको पुँजीको रुपमा दर्ज भइसकेको आर्थिक विधेयकमा आफूखुशी गरेको भन्दै आपत्ति जनाए । वर्तमान सरकारले एक पछि अर्को ...