मुख्य समाचार
दैलेखमा एक व्यक्तिले आफ्नै छोराको हत्या
दैलेखमा एक व्यक्तिले आफ्नै छोराको हत्या

: दैलेखमा एक व्यक्तिले आफ्नै छोराको हत्या गरेका छन् । उनले धारिलो हतियार हँसिया प्रहार गरी छोराको हत्या गरेका हुन् । मंगलबार राति दैलेखको नारायण नगरपालिका–९ सालखर्क बस्ने ७० वर्षीय कबिराज थापाले आफ्नै छोराको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार मादक पदार्थ सेवन गरी सामान्य वाद–बिवादमा कविराजले आफ्नै छोरा ४५ वर्षीय यादब थापालाई हँसियाले शरीरको विभिन्न भागमा प्रहार गरेका थिए । धारिलो हतियारबाट घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल दैलेखमा ल्याईएको थियो ।

अस्पतालमा चेकजाँचका क्रममा डाक्टरले यादवको बाटोमा नै मृत्यु भएको घोषणा गरेका थिए । आफ्नै छोरालाई धारिलो हतियार प्रहार गर्ने कबिराज थापालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई घरबाटै हँसियासहित नियन्त्रणमा लिइएको छ । ती व्यक्तिलाई प्रहरीको हिरासत कक्षमा राखी अनुसन्धान थालिएको प्रहरी निरीक्षक पचभैयाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रहरीले एकै दिन चेक अनादार मुद्दामा फरार २६ अभियुक्त पक्राउ गरेको छ। फरार अभियुक्त पक्राउ गर्ने अभियानअन्तर्गत एकै दिन २६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए। पक्राउ परेकामध्ये २५ जना चेक अनादर मुद्दाका अभियुक्त रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटले जेठ १९ गते सञ्चालन ...
: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले २०८३ जेठ २० गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरेको जनाएको छ। समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम ...
। वैदेशिक रोजगार विभागले केयरगिभरको तालिम लिएका व्यक्तिहरूको विवरण माग गरेको छ । विभागले केयरगिभर तालिम प्रदायक संस्थाहरूसँग सुरुदेखि हालसम्म तालिम लिएका व्यक्तिहरूको विवरण ३ दिनभित्र उपलब्ध गराउन भनेको हो । विभाग, सीटीईभीटी, एनएभीटीमा दर्ता भएका तालिम प्रदायक संस्थासँग प्रारम्भदेखि हालसम्म केयरगिभर तालिम लिएका प्रशिक्षार्थीहरूको विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ । विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपति जनाएका छन् । नेकपा एमालेले आजदेखि आयोजना गरेको दुई दिने कार्यशालालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले राष्ट्रपति पौडेल रबरस्ट्याम्प बनेको आरोप लगाए । उनले राष्ट्रपतिले बडो जुक्तिका साथ लोकतन्त्र जोगाएको बताए पनि राष्ट्रपति रबरस्ट्याम्पको रुपमा प्रयोग भएको टिप्पणी गरेका ...
। राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाइचारा र सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय एकताको भावना विकास हुने बताएका छन् । उनले खेलका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा पनि महत्वपूर्ण योगदान पुग्ने बताए । राष्ट्रिय खेलकुद परिषदद्वारा बुधबार आयोजित १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिलेको युगमा खेलकुद केवल प्रतिस्पर्धा, पेसा, ...