मुख्य समाचार
धनकुटामा एक युवक भरुवा बन्दुक सहित पक्राउ
धनकुटामा एक युवक भरुवा बन्दुक सहित पक्राउ

। धनकुटामा एक युवक भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।

धनकुटा नगरपालिका वडा नं. ९ खुलाल टोलबाट स्थानीय २३ वर्षीय विजय राईलाई एक नाले भरुवा बन्दुकमा छर्रा लोड गरी बोकी हिँडिरहेको अवस्थामा पक्राउ रिएको धनकुटा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहीबार अस्थायी प्रहरी पोष्ट बेलहाराबाट खटिएको प्रहरी टोलीले उनलाई फेला पारी नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका राईविरुद्ध हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए । पक्राउ परेका राई माथि जिल्ला अदालत धनकुटाबाट बिहीबार नै ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपति जनाएका छन् । नेकपा एमालेले आजदेखि आयोजना गरेको दुई दिने कार्यशालालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले राष्ट्रपति पौडेल रबरस्ट्याम्प बनेको आरोप लगाए । उनले राष्ट्रपतिले बडो जुक्तिका साथ लोकतन्त्र जोगाएको बताए पनि राष्ट्रपति रबरस्ट्याम्पको रुपमा प्रयोग भएको टिप्पणी गरेका ...
। राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाइचारा र सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय एकताको भावना विकास हुने बताएका छन् । उनले खेलका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा पनि महत्वपूर्ण योगदान पुग्ने बताए । राष्ट्रिय खेलकुद परिषदद्वारा बुधबार आयोजित १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिलेको युगमा खेलकुद केवल प्रतिस्पर्धा, पेसा, ...
: बाजुराको बुढीनन्दा नगरपालिका–६ कोटिलामा आपसी विवादका क्रममा एक युवकको हत्या भएको छ। स्थानीय १९ वर्षीय टेकेन्द्र रावतको ढुंगा प्रहारबाट ३२ वर्षीय निर रावतको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुधबार राति दुई पक्षबीच सामान्य विवाद हुँदा टेकेन्द्रले निरमाथि ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहारबाट गम्भीर घाइते भएका निरको घटनास्थलमै मृत्यु भएको प्रहरी ...
। रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा खहरे खोलाको भेलमा बगेर दुई बालकको ज्यान गएको छ । बुधबार साँझ विद्यालयबाट घर फर्कने क्रममा खोलाको भेलमा बगेर रातामाटाकै निमबहादुर खड्काका ७ वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका ६ वर्षीय छोरा समिर केसीको मृत्यु भएको हो । साँझ पौने ६ बजे घटनाबारे खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जिनावाङबाट प्रहरी ...
: नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस औपचारिक उत्सवका रूपमा सीमित नभई विभेद अन्त्यको सामूहिक प्रतिबद्धताको दिन बन्नुपर्ने बताएका छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस-२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले समाजमा विद्यमान जातीय विभेद र छुवाछूतका घटनाले कानुनी तथा संवैधानिक व्यवस्थामात्र पर्याप्त नरहेको ...