मुख्य समाचार
कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी आक्रमण
कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी आक्रमण

। इरानको ड्रोन र मिसाइल आक्रमणबाट कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै मानिस घाइते भएका छन्। बुधबार कुवेतको सरकारी समाचार एजेन्सीले जनाएअनुसार आक्रमणलगत्तै उडानहरू रोकिएको छ भने विमानहरूलाई अन्य विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो।

कुवेत नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै रिपोर्टमा अन्तर्राष्ट्रिय विमानस्थलको ‘टी-१’ ‍भवनमा आक्रमण भएको जनाइएको छ। मिसाइल आक्रमणविरुद्ध गरिएको प्रतिरक्षा फायरिङबाट खस्न सक्ने भग्नावशेषबाट सावधान रहन नागरिकहरूलाई चेतावनी दिइएको छ।

कुवेतको सेनाले इरानी ड्रोनले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहार गर्दा भवनमा उल्लेखनीय क्षति पुगेको र केही मानिस घाइते भएको पुष्टि गरेको छ। बुधबार बिहानैदेखि हवाई यातायात बन्द गरिएको थियो।

कुवेतको रक्षा मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल साउद अब्दुलअजीज अल-ओतैबीले यस आक्रमणलाई इरानको आपराधिक आक्रमणको संज्ञा दिँदै घाइतेहरूको उपचार भइरहेको जानकारी दिएका छन्।

इरानमाथि पनि अमेरिकी हमला

यसैबीच, अमेरिकी सेनाले राति इरानमाथि आत्मरक्षाको लागि आक्रमण गरेको र पानीजहाज तथा खाडी देशहरूतर्फ प्रहार गरिएका ब्यालेस्टिक मिसाइल र ड्रोनहरू खसालेको बताएको छ।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार होर्मुज स्ट्रेटमा रहेको केश्म टापुमा गरिएको यो आक्रमण ‘इरानले मध्यपूर्वभरि गरेको आक्रमणको प्रयासको जवाफमा’ थियो।

सेन्टकमले केश्म टापुको आक्रमणले इरानी सेनाको ग्राउन्ड कन्ट्रोल स्टेसनलाई लक्षित गरेको र नागरिक जहाजहरूतर्फ प्रहार गरिएका ३ वटा आक्रमणकारी ड्रोन पनि खसालेको बताएको छ।

उता इरानले भने जवाफी कारबाही स्वरूप मिसाइल र ड्रोन प्रयोग गरेर क्षेत्रीय देशमा रहेका अमेरिकी अखडा र हेलिकप्टरहरूमा आक्रमण गरेको बताएको छ। सेन्टकमका अनुसार तेहरानले कुवेततर्फ दुईवटा र बहराइनतर्फ तीनवटा मिसाइल प्रहार गरेको थियो।

कुवेततर्फ प्रहार गरिएका दुई इरानी मिसाइलहरू बाटोमै खसेका वा टुक्रिएका थिए भने बहराइनतर्फ प्रहार गरिएका तीनवटा मिसाइललाई अमेरिका र बहराइनको वायु रक्षा बलले तत्कालै खसालेका थिए।

इरानी रिभोलुसनरी गार्ड्सले ‘होर्मुज जलसन्धिको सुरक्षामा खलल पुर्‍याउँदा आक्रामक अमेरिकी सेनाले भारी मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ।

तेल ट्याङ्करमा अमेरिकी मिसाइल प्रहार

यसअघि, सेन्टकमले वासिङ्टनले गत अप्रिल १३ देखि होर्मुज स्ट्रेटमा लगाएको नौसैनिक नाकाबन्दीको एक भागको रूपमा खार्ग टापु (इरान) तर्फ गइरहेको बोत्स्वानाको झन्डा फहराएको ‘एम/टी लेक्सी’ नामक रित्तो तेल ट्याङ्करलाई आक्रमण गरी निस्क्रिय बनाएको बताएको थियो।

चालक दलले २४ घण्टाको अवधिमा अमेरिकी सेनाको बारम्बार दिइएको चेतावनी र निर्देशनलाई बेवास्ता गरेपछि अमेरिकी विमानले उक्त जहाजको इन्जिन कोठामा ‘हेलफायर’ मिसाइल प्रहार गरेको थियो। सेन्टकमले मङ्गलबार ट्याङ्करमाथि आक्रमण भएको क्षण देखाउने भिडियो फुटेज पनि सार्वजनिक गरेको छ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम