मुख्य समाचार
नेपाल सुपर लिग (एनएसएल) फुटबलको चौथव सिजनका लागि विस्तार प्रक्रिया सुरु
नेपाल सुपर लिग (एनएसएल) फुटबलको चौथव सिजनका लागि विस्तार प्रक्रिया सुरु

। नेपाल सुपर लिग (एनएसएल) फुटबलको चौथव सिजनका लागि विस्तार प्रक्रिया सुरु गरेको छ । लिगले आगामी सिजनदेखि होम एन्ड अवे फर्म्याटमा प्रतियोगिता सञ्चालन गर्ने तयारीसँगै तीन नयाँ टोली थप्ने घोषणा गरेको हो ।

एनएसएलका अध्यक्ष श्रेयान्स कार्कीले जारी गरेको विज्ञप्तिका अनुसार ५ सेप्टेम्बर २०२६ देखि सुरु हुने चौथो सिजनमा हाल रहेका सात टोलीसँगै तीन नयाँ टोली थपेर प्रतियोगितालाई १० टोलीसम्म विस्तार गरिनेछ ।

लिगले व्यक्ति, कम्पनी, कन्सोर्टियम तथा फुटबलसँग सम्बन्धित संस्थाहरूलाई नयाँ क्लब सञ्चालनका लागि आवेदन दिन आह्वान गरेको छ । विस्तार योजनाअन्तर्गत विशेष गरी विराटनगर, धरान, वीरगञ्ज र सुर्खेत (कर्णाली) क्षेत्रबाट आवेदन आउन लिग इच्छुक रहेको जनाएको छ । यद्यपी अन्य क्षेत्रबाट आउने उत्कृष्ट प्रस्तावलाई पनि विचार गरिने बताइएको छ ।

यसअघि पहिलो सिजनमा विराटनगर सिटी एफसीले खेलेको थियो । त्यस्तै वीरगन्ज युनाइटेड एफसी दोस्रो सिजन मात्रै खेलेको थियो ।

एनएसएलले नयाँ टोलीको सहभागिताले देशभर व्यावसायिक फुटबलको विस्तार, स्थानीय समर्थकसँगको सम्बन्ध मजबुत बनाउने, क्लब विकास तथा व्यावसायिक वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

लिगले आवेदन प्रक्रिया, योग्यता मापदण्ड र सहभागितासम्बन्धी थप विवरण इच्छुक पक्षलाई उपलब्ध गराउने जनाएको छ ।

‘होम एन्ड अवे संरचनामा रूपान्तरण हुनु लिग र नेपाली फुटबलका लागि महत्वपूर्ण कदम हो । देशभर दिगो र समुदायमा आधारित फुटबल क्लब निर्माण गर्ने हाम्रो दृष्टिकोण साझा गर्ने नयाँ साझेदारलाई स्वागत गर्न हामी उत्साहित छौं’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम