मुख्य समाचार
प्रधानमन्त्रीले क्षमायाचना गरे संसद् चल्छ : कांग्रेस
प्रधानमन्त्रीले क्षमायाचना गरे संसद् चल्छ : कांग्रेस

। नेपाली कांग्रेसले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिको तथ्य खोजेको छ ।

तथ्य दिन नसके माफी माग्नुपर्ने आग्रह गरेको छ ।

‘उक्त अभिव्यक्ति पुष्टि गर्ने ठोस प्रमाण छन् भने जनतासमक्ष पेस गरिनुपर्छ । छैन भने उहाँले क्षमता याचना गर्नुपर्छ’ नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले भने ।

उनले राष्ट्रिय सभाको बैठकमा यस्तो बताएका हुन् । सभाको कामकारबाही अगाडि बढाउने विषयमा अवरोध गरेपछि सभाध्यक्ष नारायाण दाहालले बोल्न समय दिएका थिए ।

त्यसक्रममा कांग्रेसका तर्फबाट बोल्दै सांसद थापाले प्रधानमन्त्रीले तथ्यहीन विषय बोलेको भनेर आपत्ति जनाएका हुन् ।

गत आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

यस्तो अभिव्यक्तिको विरोध गर्दै कांग्रेसले क्षमा माग्न भनेको हो ।

प्रधानमन्त्रीले नेपाल र भारतको सीमाको विषयमा तेस्रो मुलुकको विषय समेत उठाएको भनेर समेत सांसद थापाले आपत्ति जनाए ।

साथै, प्रधनमन्त्रीकै कारण संसद् बन्धक भएको भनेर सरकारको ध्यानाकर्षण गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चोरीका मोबाइल किनबेच गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाको टोलीले ४२ थान मोबाइलसहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रौतहटको गौर नगरपालिका–६ का २० वर्षीय रवीन्द्र पासवान, काठमाडौं चाबहिल बस्ने २५ वर्षीय सुजन बस्नेत, धादिङको धुनिबेशी नगरपालिका–६ घर भएका ३३ वर्षीय जनक लामा र सप्तरीको धनगढी नगरपालिका–१ घर ...
। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका छन् । भारत भ्रमणमा रहेका सत्तारूढ रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा उनले यस्तो धारणा राखेका हुन् । उनले लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गरेका छन् । ‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने घोषणा गरेका छन् । राजधानी काठमाडौंमा आज आयोजित एक कार्यक्रम मार्फत ओलीले अप्ठ्यारो परिस्थितिमा नेतृत्व छोड्नेगरी अध्यक्ष नबनेको बताएका छन् । ‘गएको ३ पुसमा मलाई अध्यक्ष छान्नुभएको थियो । सजिलो सजिलो पर्यो भने अनुकुल बातावरण बन्यो भने प्रधानमन्त्री खान पाइने भयो भने कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भेटमा दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ । भेटमा मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका थिए । उनले लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गरेका छन् । ‘साझा ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आवेदन दिएपछि मात्रै पार्टीले सदस्यता दिएको जानकारी गराएका छन् । एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्ने क्रममा उनले पूर्वराष्ट्रपति भण्डारी २०३७ सालदेखि नै एमालेको सदस्य रहेको र बीचमा राष्ट्रपति भएको समयमा उनको सदस्यता निष्क्रिय रहेकोबारे स्पष्ट रहन आग्रह गरे । ‘विद्या ...